असार २१ । मौसम पूर्वानुमान महाशाखाको अनुुसार देशभर आंशिकदेखि सामान्य बदली रहने छ । हाल देशमा मनसुनी वायुको प्रभाव छ । देशका अधिकांश स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले बताए ।
त्यस्तै आज राति देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। महाशाखाका अनुसार प्रदेश १, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानहरुमा र मधेस प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही स्थानहरुमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।




















