आषाढ २८ ।आज देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। हाल देशमा मनसुनी वायुको प्रभाव रहेको छ । देशका पहाडी भू–भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले बताए । महाशाखाका अनुसार लुम्बिनी प्रदेश, सुदूरपश्चिम प्रदेश, प्रदेश नं।१, गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । ।
त्यस्तै आज राति देशभर आंशिकदेखि सामान्य बदली रही देशका थोरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले बताए ।




















