असार २८, काठमाडौं । बलात्कार गरेको आरोपमा एक जना टिपर चालक पक्राउ परेका छन् ।पक्राउ पर्नेमा १७ वर्षीय किशोरीलाई बलात्कार गरी फरार रहेको आरोपमा दोलखाको गौरीशंकर गाउँपालिका–८ घर भएका ज्ञानबहादुर नेपालीलाई प्रहरीले पक्राउ गरेको हो ।गत शुक्रबार दोलखाबाट(काठमाडौंतर्फ आउँदै गरेको टिपरमा चढेकी किशोरीलाई घर पुर्याइदिने भनी चन्द्रगिरि नगरपालिका –७ थानकोटमा पार्किङ गरेर चालक नेपालीले टिपरमै बलात्कार गरेको प्रहरीको दाबी छ ।किशोरीलाई बलात्कार गरी चालक टिपर छोडेर फरार भएको खबर पाउनसाथ खटिएको प्रहरी वृत्त थानकोटको टोलीले नेपालीलाई काठमाडौं महानगरपालिका –१४ कलंकीबाट पक्राउ गरेको हो ।
उनलाई जिल्ला अदालत काठमाडौंबाट ५ दिन म्याद थप गराई करणीसम्बन्धी कसुरमा थप अनुसन्धान सुरु गरिएको प्रहरीले बताए।




















