असार ३०, विराटनगर । विराटनगरमा नाङ्लो रेष्टुरेन्टमा आगलागी भएको छ । विराटनगरको तीनपैनी चोकमा रहेको रेष्टुरेन्टमा दिउँसो आगलागी भएको हो ।आगलागी भएको कारणले रेष्टुरेन्ट जलेर पूर्णरूपमा नष्ट भएको प्रहरीले बताए। आगोले रेस्टुरेन्ट नजिक रहेको प्रतिनिधि सभा सदस्य मोति दुगडको घरमासमेत सामान्य क्षति पुगेको छ ।
आगो नियन्त्रणमा आए पनि क्षतिको विवरण आइनसकेको जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी राजन कार्कीले बताए ।




















