असार ३०, काठमाडौं ।धादिङमा दुबई पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ ।पक्राउ पर्नेमा धादिङको धुनिबेसी गाउँपालिका–९ घर भई हाल चाबहिल बस्ने २७ वर्षीय विकास थापा रहेका छन् ।
उनले दुबई (यू।ए।ई ) पठाइदिने भन्दै दुईजनाबाट ११ लाख रुपैयाँ ठगी गरेको अपराध अनुसन्धान कार्यालय प्रहरी उपरीक्षक एवं प्रवक्ता कृष्णप्रसाद कोइरालाले बताए ।उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले बसुन्धाराबाट पक्राउ गरेको हो ।
पक्राउ परेका उनीमाथि थप अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग बुद्धनगर पठाइएको प्रहरीले बताए ।




















