असार ३२ गते ।श्ुाद्धोधनमा किशोर किशोरीहरुको लागि शिक्षा सम्बन्धि उप्रेरण तालिम सम्पन्न भएको छ । रुपन्देहीको शुद्धोधन गाउपालिका वडा नं. २ भुजैली तालिम सम्पन्न भएको छ । शुद्धोधन साथी सञ्जालको आयोजनामा र सुनगाभा सामुदायिक विकास केन्द्रको सहयोगमा सञ्चालन गरिएको हो । प्रशिक्षक जोहरी निशा , विजयलक्ष्मी थारु र सृजना थारुले तालिम दिनुभएको हो । कार्यक्रममा यसै सञ्जालको अध्यक्ष सुनिता हरिजन बोल्दै किशोर किशोरीहरुको विद्यायल छोडने दर बढी रहेको कारणले यसलाई अन्त्यका लागि तालिम आयोजना गरिएको हो ।किशोर किशोरीहरुलाई शिक्षाको महत्व र आवश्याकताको बुझई समुदायमा भएका अरु व्यक्तिहरुलाई ज्ञान ,र शिक्षा प्रति गलत धारणलाई अन्त्य गर्न कार्यक्रम गरिएको हो । सो कार्यक्रममा ३० जना किशोर किशोरीहरुको उपस्थिति रहेका थिए ।




















