साउन २ गते ।रुपन्देहीको शुद्धोधन –५ मानपकडीमा साना किसान कार्यलयको शिल्यन्स कार्यक्रम भएको छ । लुम्विनी प्रदेश ५को मननिय संसदबाट तुल्सी प्रसाद चौधरीको प्रमुख अतिथि र शुद्धोधन गाउँपालिकाको उपाध्यक्ष शन्तादेवी ज्ञावली विशष्ट अथितिद्धारा शिल्यन्सको उद्घाटन गर्नु भएको हो । कार्यक्रममा मधावलीय साना किसानको प्रबन्धक नरायण प्रसाद अर्याल , आनन्द वनको प्रबन्धक चन्द्रमाणी न्यौपने, साना किसान विकास लघु वित्तय संस्था लि. बु. का प्रबन्धक गणेश प्रसाद भट्टराई ,निवार्तन अध्यक्ष पुन्नेराम गौतम उपस्थितिमा कार्यक्रम गरिएको थियो ।शिल्यन्स कार्यक्रम यसै संस्थाको राम कुमारी चौधरीको अध्यक्षतामा कार्यक्रम सम्पन्न गरिएको थियो ।




















