लुदअ, कपिलवस्तु
साउन महिनाको पहिलो सोमबार आज कपिलवस्तुको विभिन्न क्षेत्रमा रहेका शिव मन्दिरहरुमा भक्तजनहरुको घुईचो लागेको छ । खाँसगरि श्रावण महिनामा शिवको पुजाआजा,तथा बत्र बस्दा पुत्र लाभ हुने, रोग व्याधी नलाग्ने, प्राकृतिक प्रकोपले नछुने, विवाहित महिलाहरुको पतीको आयु बढ्ने लगाएका मनोकांक्षा धार्मिक किंमदन्ति रहेको छ ।
श्रावण महिनामा देशका विभिन्न शिव मन्दिरहरुमा मेला समेत लाग्ने गर्दछ । जसअनुसार कपिलवस्तुमा लक्ष्मणघाट, रामघाट, तौलेश्वरनाथ लगाएतका शिव मन्दिरहरुमा गुरु पुणर्िमा देखि ऋषि तर्पणीसम्म बोलबम मेला लाग्ने गर्दछ । यि स्थानहरुमा खाँसगरि सोमवार भिडभाड हुने गर्दछ । बोलवम मेला भर्नका लागि यी स्थानमा कपिलवस्तुका साथै रुपन्देही,दाड्ड, अर्घाखाँची लगाएत छिमेकि मुलुक भारतका नजिकका स्थानबाट भक्तजनहरु आउने र जल चढाउने गरेको लक्ष्मणघाट बोलवम सेवा समितिका अध्यक्ष रण बहादुर काउचाले बताए । खाँसगरि आईतवार र सोमवार बढी भिड लाग्ने गर्दछ । आईतबार साझ भक्तजनहरु आउने र रातभर भजनकृतन सहित नाचगाँन गरि सोमबार विहान समिपमा रहेको बाणगंगा नदिमा स्नान गरि जल संकल्प गरेर बोलबम, बोलबम नारा सहित पर्रोहा स्थित पर्मेश्वर मन्दिरमा चल चढाउने प्रचलन रहेको बताईएको छ ।
लक्ष्मणघाटमा रामसिता मन्दिर, राधाकृष्ण मन्दिर, शिव मन्दिर, मनकामना ,सुपा देउराली लगाएतका मठ मन्दिर रहेका छन् । दुर्गा मन्दिरको आज उद्घाटन समेत भएको छ ।




















