तिलोत्तमा साउन ३ ।
प्रगतीशील महिला बिकाश बहुउदेश्य सहकारी संस्था तिलोत्तमा १० रुपन्देहीको आयोजनामा आज बाट १ हप्ते उद्घोषण तालीम सुरु भएको छ ।
संस्थाका अध्यक्ष सिता न्यौपाने उपाध्यायको अध्यक्षतामा आज बाट तालीमको सुरुवात भएको हो । कायक्रममा बोल्दै तिलोत्तमा नगरपालिका वडा न ११ का जनप्रतिनिधि लक्ष्मी गजमेरले तालीमको माध्यम बाट आफ्ना आवाजहरु बाहीर निकाल्नु पर्ने बताउनु भयो । उहांले अधिकार र नेतृत्वका लागी तालीम फलदायी बन्ने बिश्वास ब्यक्त गर्नु भयो ।
कार्यक्रममा बोल्दै प्रगतीशील महिला बिकाश बहुउदेश्य सहकारी संस्था लेखा संयोजक गोपी पान्डेले तालीमले ब्यबाहार परिर्बतन गर्ने भन्दै तालीम पस्चात बिभिन्न सघं संस्थामा नेतृत्व लिन सहभागीलाई आग्रह गर्नु भयो । तालिममा संस्थाका सन्चालक समिति सदस्य , बिभिन्न उप समितिका गरि २७ जनाको सहभागीता रहेको छ । संस्थाका ब्यबस्थापक जमुना गिरिको सन्चालनमा सुरु भएको तालिममा लुम्बिनी मिडिया हवका प्रमुख प्रकाश गौतमले तालिम दिनु हुने छ ।




















