साउन ४। भैरहवामा माइक्रो बस अनियन्त्रित भई दुर्घटना हुँदा ५ जना घाइते भएको छन् । घाइतेमा पर्ने बसका चालक, सहचालक र अन्य ३ जना यात्रु घाइते भएको छन् । घाइतेहरुको भैरहवा स्थित भिम अस्पतालमा उपचार भइरहेको प्रहरीले बताए। सुनौलीबाट बुटवलतर्फ जाँदै गरेको लु १ ख ३६६० नम्बरको माइक्रो बस सिद्धार्थनगर नगरपालिका–७ भैरहवाको भाटभटेनी नजिकै दुर्घटना भएको हो । घाइते सबैको अवस्था सामन्य रहेको प्रहरीले बताए ।




















