साउन ६, गुल्मी ।स्थनिया सरकारले ल्याएको एकघर(एकधारा भन्ने अभियानको काम गाउँघरमा सुरु भईरहेको छ ।गुल्मीको रुरुक्षेत्र गाउँपालिका वडा नं.– १ को रातामाटा भन्ने ठाउँमा ३८ घर छन । धेरै लामो समय पानीको कारणले यहाँका बासिन्दालाई स्वच्छ पिउने पानी उपलब्ध मात्र होईन, घरघरमा पानी पुर्याउने काममा यहाँका सामाजिक अभियन्ता लागेका हुन् ।पिउने पानी मानवका लागि पहिलो आधारभुत आवश्यकता हो । यतिबेला स्थानीय, प्रदेश र केन्द्र सरकार जनतालाई कसरी घरघरमा पानी पुर्याउन सकिन्छ भनेर लागेको छ ।
करिब पाँचकिलोमिटर टाढाबाट भेडाबारी नाम गरेको ठाउँबाट यस क्षेत्रका लागि खानेपानी ल्याईएको स्थानियहरुको भनाई छ । पानीको मुल टाढा भएको कारणले पिउने पानीको मुल दिगो हुनुपर्ने भएकाले पनि यस क्षेत्रमा २ को भेँडाबारीबाट राजेन्द्र राणाले पानी रातामाटा ल्याएका हुन् ।रातामाटा भन्ने ठाउँमा दलित बस्तिको लागि खानेपानी योजनाको लागत करिब पचासलाख रहेको छ । आठ हजार र पाँच हजार लिटर क्षमताका दुईवटा रिजर्भ ट्याँकी निर्माण गरि घरघरमा पानी पुर्याईएको छ । रातामाटामा रहेको अटिजम पाठशाला, बन कार्यालय, रुरु सँस्कृत विध्यापिठ र रातामाटामा निर्माणधिन पालिका स्तरिय अस्पतालले समेत पानीका धारा ल्याएका छन् ।
रातामाटा वस्ति खानेपानी आयोजनाले सक्दो सस्तोमा पानीका धारा जडान गर्ने सोँचका आधारमा पानीका धारा राख्ने स्थानीय उपभोक्तासँग मात्र दुई हजार पाँचसय रुपैया उठाएको छ । सोहि पैसाले धारा जडानको गरि काम गरिएको छ । मिटर, गेडबल, धारा, पाईपसँगै पक्कि ढलान खम्बासहितको न्युनतम मूल्यमा धारा जडान गरिएको हो ।स्थनियासगँ दशबीस हजार उठाएर पानी पु¥याएको प्रमाण रहेको छ यहाँको उपभोक्ताहरुले सस्तोमा धारा जडान गर्न पाउँदा धेरै खुसीको महशुस गरेको छन ।खानेपानी आयोजनाका सचिव समेत रहेका राजेन्द्र राणाको अनुसार पिउने पानीको मर्मत सम्भारका लागि एक जना कर्मचारी राख्न केही रकम आवस्यक पर्ने हुन्छ । प्रत्येक उपभोक्ताबाट वार्षिक एक हजार मात्र शुल्क लिने तयारी गरेका छन् ।
हामीलाई धेरै समय देखि पिउने पानीको समस्या थियो तर अहिले समस्य समाधान भएको छ । रातामाटाका अगुवा कृषक महेन्द्र राणाले बताए ।




















