लुदस, जितपुर
लुम्बिनी दर्पण साप्ताहिकले आफ्नो स्थापना कालको ५ वर्ष पुरा गरेको छ । कपिलबस्तु जिल्लाको उत्तरपूर्वी क्षेत्र बाणगंगा नगरपालिका वार्ड नं ४ जितपुरमा कार्यालय स्थापना गरि २०७४ बाट शुरुवात देखि नै रंगिन क्लेवरमा प्रकाशित हुदै आएको पत्रिकाले आज एक कार्यक्रमका विच छैठौ वार्षिक उत्सव तथा सम्मान कार्यक्रम संम्पन्न गरेको हो ।
कपिलवस्तुको ४ नं मा रहेको पिस हिमालयन रिर्सोटमा आयोजित कार्यक्रममा बोल्दै प्रमुख अतिथि एवं बाणगंगा नगरपालिकाकी उपमेयर रिता कुमारी चौधरीले लुम्बिनी दर्पण समाचार मुलक प्रस्तुति सामाजिक न्याय र रुपान्तरणका क्षेत्रमा अब्बल भएको भन्दै आगामी दिनमा अझ उत्कृष्ट कार्य गनुपर्नेमा जोड दिनुभएको थियो । विशिष्ट अतिथि प्रेस काउन्सिल नेपाल अनुगमन शाखा का कुशल अर्यालले पत्रिका स्तरिय भएको जनाउदै पछिल्लो समय न्यू मिडियामा आएको परिवर्तन ले मुलधारका मिडियाहरु आझेलमा पर्ने दिन आउन थालेको भन्दै यसको जर्गेर्ना स्थानिय तह र राज्यले गर्नुपर्ने बताउनुभएको थियो । पछिल्लो समय युटुव र अनलाईनहरुमा विकृति मौलाउदै गएको र दैनिकजसो प्रेस काउन्सिलमा उजुरीको संख्या समेत बढ्ेको बताउदै अर्यालले सत्य तथ्य मर्यादित पत्रकारिता सधैव टिकाउ हुने हुदा सदैव सचेत रहेर सन्तुलित समाचार प्रवाह गर्नुपर्ने बताउनुभएको थियो ।
कार्यक्रममा पत्रिकाका रुपन्देहि व्यूरो प्रमुख प्रकाश गौतमले पत्रिकाको अवसर र चुनौतिका बारे प्रकाश पार्नुभएको थियो । अतिथि एवं सहयोगी संस्थाका तर्फबाट साना किसान कृषि सहकारी संस्था निग्लिहवाका प्रबन्धक बसन्त मुराउले पत्रकारहरु सत्य तथ्य र यथार्थ परक हुनुपर्ने जनाउदै पत्रिकाको सफलताको शुभकामना व्यक्त गर्नुभएको थियो ।

कार्यक्रमको अवसर पारेर विभिन्न कर्मचारी , वितरक प्रमुख , विभिन्न संघ संस्थाहरुलाई सम्मान समेत गरिएको थियो भने कर्मचारी तथा विभिन्न क्षेत्रबाट सहयोग पुर्याउने व्यक्तित्वहरु संवाददाता वितरकहरुलाई संचार सामाग्री सुरक्षार्थ व्याग वितरण गरिएको थियो । कार्यक्रममा ५ वर्षे अवधिभर पत्रिकाले गरेको उत्कृष्ट कार्यहरुको भिडियो डकुमेन्ट्रि समेत प्रस्तुत गरिएको थियो । शान्तिका अग्रदूत भगवान गौतम वुद्धको गृहनगर कपिलवस्तु लगाएत लुम्बिनी प्रदेशका सबै नागरिकको आधारभूत अधिकारको बिषयलाई स्थापित गर्दै सामाजिक रुपान्तरणको क्षेत्रमा सदैव कृयाशिल रहने यो पत्रिका समाचार, कार्यक्रम , सामुदायिक सुचना तथा व्यवसायिक विज्ञापन प्रकाशन गर्दै आएको छ ।
पछिल्लो समय कोभिड महामारीबाट अन्य क्षेत्र जस्तै मिडिया जगत समेत आक्रान्त छ । तर जस्तो सुकै कठीनाई , चुनौति पार गर्दै , सत्यतथ्य , निश्पक्ष समाचार मनोरञ्जन, अन्र्तरवार्ता लगाएत विभिन्न खोजमुलक सामाग्रीहरु प्रस्तुत गर्दै आईरहेको यो पत्रिका लोकतन्त्र र विधिको शासनको पथमा निरन्तर अविचलित र अविराम यात्रामा छ । कोभिड महामारीमा विपन्न वर्गलाई राहत , गरिव, वेसाहरा आवाज विहिनको साहरा बन्दै
निश्पक्ष निडर र स्वतन्त्र पत्रकार , समाचार मुलक सामाग्री र विचार प्रवाह गरेकै कारण लुम्बिनी दर्पण पत्रिका नेपाली संचार जगतमा मुल धारको रुपमा स्थापित भएको र यस अवधिमा जिम्मेवार पत्रकारिताको उदाहरण प्रस्तुत गर्दै मुलुकको समसामयिक राजनैतिक आर्थिक सामाजिक सांस्कृतिक लगाएत विभिन्न क्षेत्रमा समाचार विचार आदी पस्कदै आएको पत्रिकाका प्रकाशक मोहन बेल्वासेले बताउनुभएको थियो ।
रुपन्देहीको मणिग्राममा कर्पोरेट कार्यालय स्थापना गरि पत्रिका र अनलाइनलाई थप व्यवस्थित र परिस्कृत गर्दै लगिएको अवस्थामा छैठौ बार्षिक उत्सवको अवसरमा रुपन्देही कर्पोरेट कार्यालय साथै मिडियालाई जिवन्त दिन संचालन क्षेत्र समाचार, विचार विज्ञापन तथा महत्वपुणर् सहयोग पु/याउने नगरपालिका वडा कार्यालय एवं सल्लाह सुझाव दिनुहुने सम्पुणर् प्रति धन्यबाद समेत ज्ञापन गरिएको थियो ।




















