सागर के.सी बुटवल
साउन ७ बुटवल ।बुटवल र तिलोत्तमाको योगिकुटीमा कार दुर्घटना भएको हो । विहान ४ बजेको सयममा बुटवलबाट भैरहवा तर्फ जाँदै गरेको बाग्मती प्रदेश ०१–०२५ च ३५४३ नम्बरको कार तीब्र गतीका कारण उछिटिएर डिभाईडरको तारजाली सहित वैद्युतको पोल ढलाएको र गाडी अर्को दिशाको सडकको १०० मिटर पर पुगी डिभाईडरमा पुगेर ठोकिएर रोकिएको थियो ।
उक्त दुर्घटनामा बुटवल ११ कालिकानगरस्थित बस्ने बर्ष २७ को चालक प्रविन क्षेत्री र सोही स्थानका बर्ष २४ को सचीन घिमिरे गम्भीर घाईते भएका छन् ।समयमै गाडीको एयरब्याग खुल्दा ठूलो क्षती हुन नपाएको प्रहरीले जनाएको छ । घाईतेहरुको बुटवलस्थित चौराहा हस्पिटल प्राली मा उपचार भईरहेको छ ।




















