साउन ८ गते २०७९। रुपन्देहीको तिलोत्तमास्थित एक कल सेन्टरमा छापा मर्दा १५० कर्मचारीलाई प्रहरीले पक्राउ गरेको छ । तिलोत्तमा नगरपालिकाको वडा नं २ जानकीनगर स्थित चार तले घरमा तीन वटा फ्ल्याट भाडामा लिई सञ्चालनमा रहेको ब्ल्यू स्काइ बिजनेस सोल्युशन प्रा.लि. मा प्रहरीले छापा मारेको हो। सो कल सेन्टर चिनिया र भारतीय नागरिक समेतको लगानीमा खोलीएको हो । उक्त कल सेन्टरले ठगी कार्यालयबाट सर्वसाधारणको मोबाईलमा ह्वाट्सप र फेसबुकमा अश्लील म्यासेज पठाउने तथा चिट्ठा पर्यो भन्दै ठगी गर्ने गरेको प्रारम्भिक अनुसन्धानका क्रममा प्राप्त भएको ईलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायव उपरीक्षक ठग बहादुर केसीले बताए ।
उक्त सेन्टरमा सर्वसाधारणलाई ब्ल्याकमेलिङ गरेको आरोपमा प्रहरीले छापा मारेको हो ।



















