लुदस,
बाणगंगा नगरमा प्रमुख प्रशासकिय अधिकृत नटिक्ने आरोप लागिरहेको बेला पछिल्लो समय सेवाग्राहीमा लोकप्रिय बनेका हाकिम टेकराज पंन्थीको सरुवाले पुन टिका टिप्पणी शुरु भएको छ ।
नगरमा ५ वर्षमा ६ प्रमुख प्रशासकीय हरु सरुवा भएका छन् । पंन्थी बाणगंगामा सरुवा भएर आउदा नै पत्रकारहरुले प्रमुख प्रशासकीय नटिक्ने विषयमा कुरा गर्दा यहाँको परिवेश आफुले बुझेको र सुधार गर्ने बताएका थिए । अहिले नगरमा सुधारको प्रयास गर्दा आफुमाथि केही जिम्मेवार व्यक्तिले बुटवल आउदा जाँदाको ईन्धनको अव्यवहारिक आरोप लगाउने गरेको कुराकानीको क्रममा बताए ।
उनले भने “ नेपाल सरकारले तोकेको भन्दा कम सेवा लिएको छु बाणगंगामा केही नमुना कामको शुरुवात गर्ने उदेश्य थियो केही गरौ भनेरै आएको थिए हुन् त अव उप महानगरमा हुनु मेरोलागि अझ महत्वपुर्ण कुरो हो तर विडम्बना पछिल्लो त्यहाँ बस्ने काम गर्ने बातावरण नभएको उनले दु ः खेसो व्यक्त गरे । यस अगाडीका प्रमुख प्रशासकीय अधिकृतहरुले केही जनप्रतिनिधिहरुको स्वार्थ केन्द्रित हुन नसक्दा सरुवा हुन परेको बताउदै आएका थिए । बाणगंगा नगरपालिकामा कर्मचारीको एक टोलीपनी आफु अनुकुलका प्रमुख प्रशासकीय नआए असहयोगको भावना राखेर जनप्रतिनिधिहरुसँग साँठगाठ गरि सरुवाका लागि अनेकन प्रयास गर्ने गरेको पनी पुर्व प्रशासकियहरुको गुनासो रहेको छ । कर्मचारी सरुवा स्वभाविक प्रक्रिया भएपनी बाणगंगामा हुने अस्वभाविक प्रक्रियाले नगरमा मात्र होईन् जिल्लामै चर्चा परिचर्चा हुने गरेको छ ।
को कति समय टिके





















