श्रावण १४ ।
प्युठानमा जिप दुर्घटनामा परेको छ। शनिवार दिउँसो स्वर्गद्वारी नगरपालिका–४ भ्यागुते भन्ने ठाउँमा स्वर्गद्वारीबाट भिङरीतर्फ गइरहेको लु ३ च ३५३ नम्बरको जिप दुर्घटनामा परेको छ ।
उक्त जिप दुर्घटनमा परी रुपन्देहीकी ३२ वर्षीया गुडिया ठाकुरको घटनास्थलमा मृत्यु भएको छ भने १४ जना घाइते भएको प्रहरी जनाएको छ ।
दुर्घटनामा परी घाइते भएका १४ जनामध्ये ९ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । घाईतेहरुलाई उपचारका लागि बुटवल रिफर गरिएको छ।
स्वर्गद्वारी मन्दिर दर्शन गरेर फर्कने क्रममा जीप दुर्घटनामा भएको थियो । रुपन्देहीको सिद्धार्थ नगरपालिका र मायांदेवी गाउंपालिकाका १७ जना मिलेर जिप रिजर्भ गरी स्वर्गद्वारी मन्दिर दर्शन गर्न गएको प्रहरीले बताएको छ ।




















