हरि आचार्य, कपिलवस्तु
सामुदायिक क्याम्पसहरुमा भएको शुल्क बृद्धिको विरोध गर्दै स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) बाणगंगा बहुमुखी क्याम्पसले ज्ञापन पत्र बुझाएको छ । शुल्क वृद्धि हटाउन माग गर्दै स्ववियुले बाणगंगा बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख डि.बि. रेश्मी मार्फत पब्लिक क्याम्पस संघ कपिलवस्तुलाइ स्ववियु सभापति माधव पौडेल सहित विद्यार्थीको टोलिले ज्ञापन पत्र बुझाएको हो ।
ज्ञापन पत्रमा विद्यार्थीहरुबाट शूल्क उठाएर मात्र सामुदायिक क्याम्पस चलाउनुपर्छ भन्ने मान्यता त्याग्नुपर्ने कुरामा जोड दिंदै स्ववियु बाणगंगा बहुमुखी क्याम्पसले विषम परिस्थितीमा विद्यार्थीसँग चर्को शुल्क नलिन माग गरिएको छ ।
विद्यार्थीका रचनात्मक आन्दोलनलाई बेवास्ता गरी विद्यार्थीको ढाड सेक्ने गरी गरिएको शुल्क वृद्धिलाई खारेज गर्नुपर्ने र विद्यार्थीहरुलाई पठनपाठनमा अझै सेवासुविधा थप गर्नुपर्ने समेत ज्ञापन पत्रमा उल्लेख छ ।
ज्ञापन पत्र बुझ्दै क्याम्पस प्रमुख रेश्मीले ज्ञापन पत्रको अध्ययन गरि पब्लिक क्याम्पस संघमा पु-याउने बताउनुभयो ।




















