प्रकाश गौतम
साउन २५
तिलोत्तमामा
देशकै सबै भन्दा ठुलो दुग्ध प्रशोधन केन्द्र लुम्विनी विशिष्टीकृत सहकारी संघको दुग्ध प्रशोधन तथा उत्पादन भवनको आज एक कार्यक्रमका विच शिलन्यास भएको छ ।
तिलोत्तमाको पश्चिम पौनेमा करिव ३ विगाह क्षेत्रफलमा ७० करोडको लगानीमा भवन बन्न लागेको हो । भवनको शिलन्यास गर्दै प्रमुख अथिती तिलोत्तमाका प्रमुख रामकृष्ण खांडले सरकारले सहकारीको महत्वलाई बुझ्न नसकेको र सहकारीले मुलुकको आर्थिक स्थीतिमा सुधार ल्याउन सक्छ भन्नेमा विश्वस्त नरहेकोले सहकारीहरुमा ढुक्कले लगानी गर्र्ने वातावरण बन्न नसकेको दावी गर्नुभयो ।
उपप्रमुख जागेश्वरदेवी चौधरीले किसान र उपभोक्ता विचमा हुने मुल्य समायोजनका लागि पनि नगरले यस्तो परियोजनाको योजना बनाएको उल्लेख गर्नुभयो । उहांले अव विचौलिया हावी हुने प्रवृत्तिको अन्त्यका लागि यो सहकारीले काम गर्नुपर्नेमा जोड दिदै सहकारीहरुलाई नडराई लगानी गर्न आग्रह गर्नुभयो ।
कार्यक्रममा बोल्दै प्रदेश सहकारी बोडका उपाध्यक्ष टिकाराम पोख्रेलले सहकारी समुदायका लागी भए पनी सरकार सहकारीका लागी हुन नसकेको बताउनु भयो ।
लुम्विनी विशिष्टीकृत सहकारी संघका अध्यक्ष डा. खगराज शर्माले परियोजनाको बिषयमा प्रकाश पार्नु भएको थियो कार्यक्रममा राष्ट्यि सहकारी महासघंका संन्चालक भीम तुलाचन ,राममणी बहुमुखी क्याम्पसका अध्यक्ष रोमणिप्रसाद पाठक ,डिल प्रसाद पराजुली, लगायतले मन्तव्य राख्नुभएको थियो ।
सस्थाका अध्यक्ष डा. खगराज शर्मा अध्यक्षता, उपाध्यक्ष ज्ञानु पौडेलको स्वागत र कोषाध्यक्ष खेम गौतमको सन्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।




















