पूर्व-पश्चिम राजमार्ग अन्तर्गत बुटवल-१२ नायाँगाउँको सडक किनारमा मृत भेटिएका युवक संजय खत्री रहेको पुष्टी भएको छ ।
मोटरसाईकलसँगै बुटवल-११ कालिकानगरका २८ वर्षीय संजय खत्री दुर्घटनाग्रस्त अवस्थामा मँगलबार विहान मृत अवस्थामा भेटिएको प्रहरीले जानकारी दिएको छ ।सडक छेउमा लु ३६ प ४७४२ नम्बरको बुलेट मोटरसाइकलसँगै खत्री मृत अवस्थामा देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।
शवलाई थप अनुसन्धान तथा पोस्टमार्टमका लागि लुम्बिनी प्रादेशिक अस्पतालमा ल्याइएको छ ।



प्रकाशित : २०७९ श्रावण ३१, मंगलवार १०:१४

















