पत्रकार बसन्त पोखरेलको गयराति निधन भएको छ । लामो समयदेखि रुपन्देहीमा रहेर पत्रकारिता गर्दै आएका पोखरेलको बुटवलस्थित आफ्नै निवासमा निधन भएको हो ।
मोफसलको चर्चित एक स्थानिय पत्रिकामा स्थापना कालदेखि सम्पादकको भूमिका निर्वाह गर्दै हाल सम्पादक सल्लाहकार रहेका पोखरेलको ६८ वर्षको उमेरमा निधन भएको पारिवारिक स्रोतले जनाएको छ । पोखरेलका श्रीमती, दुई छोरा एक छोरी छन् ।
पोखरलेको निधनले पत्रकारितामा नै ठूलो क्षति पुगेको भन्दै नेपाल पत्रकार महासंघ रुपन्देहीका सभापति रामराज पोखरेल लगाएतले दुःख व्यक्त गरेका छन् ।




















