प्रकाश गौतम
भदौ १२
रुपन्देहीको तिलोत्तमा नगरपालीकामा अब्बल ११ उद्यमि घोषणा तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ । नगरका बिभिन्न स्थानमा उद्यम गरेका ८५ जना बाट सम्भावित २० उद्यमि हुदै ११ उद्यमिको घोषणा गरिएको हो ।
तिलोत्तमा नगरपालीका सगंको सहकार्यमा दायीत्व परियोजना अन्तरगत नगर प्रमुख दायित्व ग्रामिण उद्यम कार्यक्रम अन्तरगत उद्यमि घोषणा तथा सम्मान कार्यक्रम सम्पन्न गरिएको हो । कार्यक्रममा बोल्दै तिलोत्तमा नगरपालीकाका प्रमुख रामकृष्ण खाणले तिलोत्तमा नगरपालीकालाई उद्यमि नगर बनाउनृ गरि निति तथा कार्यक्रम सार्बजनिक गरिएको बताउनु भयो ।
उहाले नगरका हरेक युवाहरुलाई काम गर्ने वातावरण श्रृजना गर्ने र देशमै केही गर्न सकिन्छ भन्ने भावनाको बिकाश गर्ने दावि गर्नु भयो । कार्यक्रममा बोल्दै तिलोत्तमा नगरकी उप प्रमुख जागेश्वरी चौधरीले अनुदानले मात्र ब्यतmी उद्यमि बन्न नसक्ने दाबि गर्नु भयो । उपप्रमुख चौधरीले मन लगाएर काम गरे समाजमा उदाहरण बन्न सकिने बताउदै तिलोत्तमाको यो कार्यक्रम देशकै नमुना भएको बताउनु भयो । कार्यक्रममा तिलोत्तमा वडा न १ का अध्यक्ष फर्सुराम गिरिले काम गर्ने ब्यतmी सफल हुने बताउनु भयो । नेपाल बैक लि मणिग्रामका प्रमुख शिव सुन्दरले तिलोत्तमा नगर तथा दायित्व सगं सहकार्य गरि बिना धितो ॠण प्रवाह गरेको बताउनु भयो ।
साथै साहि कार्यक्रममा तिलोत्तमा नगरपालीकामा अब्बल ११ उद्यमि घोषणा गरिएको छ । जस अन्तरगत तिलोत्तमा १३ की सरस्वती बन्जाडे , तिलोत्तमा ९ का बलाराम काफ्ले , तिलोत्तमा ८ का नर ब आले , तिलोत्तमा ७ का भगवति बस्याल , तिलोत्तमा १६ की राहित शिं आले ,तिलोत्तमा १४ कि मिनु थापा , तिलोत्तमा ६ की चन्दा घिमिरे , तिलोत्तमा १४ दुर्गा भन्डारी , तिलोत्तमा ११ की बिना कुमारी पुन चयन हुनु भएको छ ।
कार्यक्रम दायीत्व परियोजना कमल थापाको सन्चालनमा सम्पन्न भएको थियो ।




















