कपिलवस्तु ।।
जंगली जनावारबाट अन्न बाली बचाउनको लागि थपेको पासोमा परेको चितुवाको वन कार्यालय कपिलवस्तुबाट उद्धार गरेको छ । कपिलवस्तु नगरपालिकाको तिलौरी गाउँ नजिकै बाणगागा नदी किनारमा २९ गते गए राती एक चितुवा पासोमा फसेको थियो । बिहानको समयमा स्थानिय मान्छेहरुले जंगली जनावारको अवाज सुनेर जाँदा चितुवा पासोमा फसेको देखेर जिल्ला बन कार्यालय कपिलवस्तु , ईलाका बन कार्यालय चेतरादेई र तिलौराकोट साझेदारी वनका कर्मचारीहरुलाई खबर गरेका थिय । स्थानियहरुको पनि सहयोगमा चितुवालाई उद्धार गरिएको हो ।
लम्बाई ७८ इन्च र उचाई ३१ ईन्च भएको उक्त चितुवालाई उद्धार गरि तिलौराकोट साझेदारी बन छोडिएको कुरा सहायक वन अधिकृत मदन मोहन स्याण्डियलले बताउनु भएको छ । उक्त चितुवा संगै ४ वटा बच्चा सहित आर्को पनि चितुवा चेतरादेई देखी उत्तरको जंगलमा रहेको कुरा साझेदारी बनका हेरालुहरुको भनाई रहेको छ । जंगलको हैसियत राम्रो, घना हुँदै जाँदा जंगल भित्र जैबिक बिबिधता बढेको कुरा तिलौराकोट साझेदारी वन उपभोक्ता समितिका अध्यक्ष जय प्रकाश पाण्डेयले बताउनु भएको छ ।
बिगत ५ बर्ष देखी यस्ता जंगली जनावरहरुको संख्यामा बृद्धि भएको र जंगल नजिकका किसानहरुलाई सास्ती भएको कुरा किसानहरुले बताएका छन् । बर्ष दिन खानाको लागी तयार भएको धान बाली जंगली जनावरहरुले हानी पुर्याउँदा रात भरी खेतमै सुत्नु पर्ने एक किसान कबलाश भरले बताए । उहाँको अनुसार किसान र जंगली जनावर दुबैको सुरक्षाको लागी बन कार्यालय तथा साझेदारी बनले किसानको बाली हुने क्षेत्रमा जालीदार तारबारको ब्यवस्था गर्नु पर्ने बताए ।



















