ताजा अपडेट

समय, प्रविधि र नयाँ पुस्ताको सोच अनुसार एमाले रूपान्तरण हुनुपर्छ : उपाध्यक्ष विष्ट

ठाकुरापुरमा बृहत् देउसीभैलो तथा सांस्कृतिक साँझ हुँदै

सामाजिक सेवामा रुपक गुप्ताको पहल, ११७ विद्यार्थीले पाए शैक्षिक झोला

साना किसान मोतिपुरद्वारा अवकाश प्राप्त कर्मचारीलाई सम्मानसहित विदाइ

नथाक्ने पाइला, नझुक्ने जीवन (कविता)

बाणगंगा ९ का सामुदायिक वनमा भरुवा बन्दुक लुकाउने क्रम रोकिएन, थप ४ नाल बरामद

सडक दुर्घटनाबाट तिलोत्तमाका एक पत्रकारको मृत्यु ।

एनपीएल आजदेखि, उद्‌घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै

आनी छोइङको नियुक्तिविरुद्ध माइतीघरमा प्रदर्शन

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

एमालेको घोषणापत्र : पहिले र अहिलेमा कति फरक ?

लुम्बिनी दर्पण २०७९ कार्तिक १५, मंगलवार २२:०७

नेकपा एमालेले आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनलाई लक्षित गर्दै मंगलबार घोषणापत्र सार्वजनिक गरेको छ । २०७४ को निर्वाचनमा एमाले र नेकपा माओवादी केन्द्रले ‘वाम गठबन्धन’ बनाएर साझा घोषणापत्र ल्याएका थिए । अहिले एमालेले ल्याएको घोषणापत्र र अघिल्लो निर्वाचनमा एमालेसहितको वाम गठबन्धनले ल्याएको घोषणापत्रमा तुलनात्मक भिन्नता के छ भन्नेबारे चासो हुनु स्वाभाविक हो ।

प्रतिव्यक्ति आयको लक्ष्य घट्यो

२०७४ को निर्वाचनमा एमाले र माओवादी केन्द्रले ल्याएको संयुक्त घोषणापत्रमा १० वर्षभित्र प्रतिव्यक्ति आय ५ हजार अमेरिकी डलर पुर्‍याउने उल्लेख थियो तर अहिले एमालेले प्रतिव्यक्ति आय २४ सय अमेरिकी डलर पुर्‍याउने लक्ष्य घोषणापत्रमा समेटेको छ ।

‘आगामी पाँच वर्षभित्र नेपाललाई विकासशील राष्ट्रको पंक्तिमा पुर्‍याइने छ । १० वर्षभित्र प्रतिव्यक्ति आय कम्तीमा ५ हजार अमेरिकी डलर पुग्ने गरी आर्थिक वृद्धिलाई १० प्रतिशतभन्दा माथि पुर्‍याउने राष्ट्रिय अर्थतन्त्र निर्माण गरिनेछ,’ २०७४ को निर्वाचनमा एमाले र माओवादी केन्द्रको संयुक्त घोषणापत्रमा भनिएको थियो ।

आम निर्वाचन २०७९ का लागि एमालेले ल्याएको घोषणपत्रमा नेपालीको औसत प्रतिव्यक्ति आय २४०० अमेरिकी डलर पुर्‍याउने उल्लेख छ । यस्तै पाँच वर्षभित्र कुल गार्हस्थ उत्पादन एक सय खर्ब पुर्‍याउने प्रतिबद्धता पनि एमालेले घोषणापत्रमा गरेको छ ।

फेरि पनि माछा, मासु, दुध, अण्डामा आत्मनिर्भरताको नारा

नेकपा एमालेसहितको वाम गठबन्धनले २०७४ को निर्वाचनकै लागि ल्याएको घोषणापत्रमा माछा, मासु, दुध, अण्डामा मुलुकलाई आत्मनिर्भर बनाउने प्रतिबद्धता जनाइएको थियो । एमालेले अहिले फेरि तिनै वस्तुमा मुलुकलाई आत्मनिर्भर बनाउने प्रतिबद्धता जाहेर गर्दै घोषणापत्र ल्याएको छ ।

‘दुई वर्षभित्र नेपाललाई आधारभूत खाद्यान्न, माछा, मासु, अण्डा र दुधमा आत्मनिर्भर बनाइने छ । पाँच वर्षभित्र खाद्यान्न निर्यात गर्ने अवस्थामा पुर्‍याइने छ,’ २०७४ को घोषणापत्रमा भनिएको थियो ।

अहिले एमालेले ल्याएको घोषणापत्रमा भनिएको छ, ‘कृषि क्षेत्रको लगानीलाई दोब्बर बनाइने छ । प्रमुख खाद्य बालीहरु धान, मकै, गहुँ, फापर, तरकारी र फलफूल तथा दुध, अण्डा, मासु, माछा र पशुपन्छीका उत्पादनमा नेपाललाई आत्मनिर्भर बनाइने छ ।’

रासायनिक मलको एजेण्डा पनि उही

२०७४ कै घोषणापत्रमा ‘कृषि उत्पादनमा आवश्यक रासायनिक र प्राङ्गारिक मल देशभित्रै उत्पादन गरिने छ’ भनिएको थियो । एमालेले मंगलबार सार्वजनिक गरेको घोषणापत्रमा पनि पाँच वर्षभित्र रासायनिक मल कारखाना स्थापना गरिने भनिएको छ ।

सिंचाई

२०७४ को घोषणापत्रमा ‘पाँच वर्षमा सम्पूर्ण सिंचाईयोग्य कृषि भूमिमा आधुनिक सिंचाई प्रणाली लागू गरिनेछ’ भनिएको थियो । अहिले एमालेले ल्याएको घोषणापत्रमा पनि ‘सबै कृषियोग्य भूमिमा सिंचाई सुविधा पुर्‍याइने छ’ भनिएको छ ।

यस अतिरिक्त एमालेले ताल, पोखरी र भूमिको सतहमा पानीको स्तर तल जान नदिने तथा नयाँ प्रविधिमा आधारित सिंचाई प्रणाली समेतको अधिकाधिक उपयोग गरिने घोषणापत्रमा उल्लेख गरेको छ ।

यातायात

२०७४ को घोषणापत्रमा ‘काठमाडौं–तराई द्रुत मार्ग चार वर्षभित्र निर्माण गरिने छ’ भनिएको थियो । यद्यपि, सो द्रुतमार्ग अझै निर्माण सम्पन्न हुन सकेको छैन ।

अहिले एमालेले ल्याएको घोषणापत्रमा द्रुत मार्गको विषय उल्लेख नगरिए पनि ‘निर्माणाधीन राष्ट्रिय राजमार्ग, रणनीतिक महत्वका सबै राजमार्ग र आर्थिक समृद्धिको केन्द्र जोड्ने सडकको निर्माण कार्य आगामी पाँच वर्षभित्र सम्पन्न गरिने छ’ भनिएको छ ।

पूर्व–पश्चिम राजमार्ग, रणनीतिक राजमार्ग, उत्तर–दक्षिणका कोरिडोर राजमार्गलाई विकास तथा विस्तार गर्ने कार्य आगामी पाँच वर्षभित्र सम्पन्न गर्ने प्रतिबद्धता एमालेले घोषणापत्रमा व्यक्त गरेको छ ।

यस्तै, अघिल्लो निर्वाचनमा ल्याइएको घोषणापत्रमा ‘आगामी पाँच वर्षभित्र पूर्व–पश्चिम राजमार्गको समानान्तर तीव्र गतिका विद्युतीय रेल सञ्चालन गरिने छ’ भनिएको थियो ।

यसै अवधिमा रसुवागढी–काठमाडौं–पोखरा, लुम्बिनी विद्युतीय रेलमार्ग निर्माण गर्ने र आगामी पाँच वर्षमा राजधानी उपत्यकाका चक्रपथहरुमा आवश्यक गतिको रेल सञ्चालन गरिने योजना अघि सारिएको थियो ।

अहिले एमालेले ल्याएको घोषणापत्रमा ‘निर्माणाधीन पूर्व–पश्चिम विद्युतीय रेलमार्गको बर्दिवास–निजगढ खण्डको निर्माण कार्य सम्पन्न गरी रेल सञ्चालन गरिने छ’ भनिएको छ ।

‘निजगढ–बुटवल खण्डको निर्माण कार्य अघि बढाइने छ, बाँकी भागको जग्गा अधिग्रहण कार्य गरिने छ । रसुवागढी–काठमाडौं रेलमार्ग र वीरगञ्ज–काठमाडौं रेलमार्ग निर्माणको प्रक्रिया सुरु गरिने छ । सबै महानगर, काठमाडौं उपत्यकामा मेट्रो रेल, सहरी केवलकार एवं पडवेजस्ता आधुनिक परिवहन सेवा सञ्चालनका लागि आवश्यक अध्ययन गरी कार्यान्वयन गरिने छ,’ एमालेले अहिले ल्याएको घोषणापत्रमा भनिएको छ ।

प्रेस स्वतन्त्रता

२०७४ को निर्वाचनमा पूर्ण प्रेस स्वतन्त्रतामा प्रतिबद्धता जनाएको एमालेले अहिले भने पूर्ण प्रेस स्वतन्त्रतालाई छुट्टै परिभाषासहित व्याख्या गरेको छ ।

‘पूर्ण प्रेस स्वतन्त्रतासहितको लोकतन्त्र लागू गरिने छ । आम सञ्चारमाध्यमलाई निष्पक्ष, व्यावसायिक, उत्तरदायी र जिम्मेवार उद्योगका रुपमा विकास गरिने छ । मिडियामा प्रत्यक्ष वा परोक्ष रुपमा विदेशी लगानी निषेध गरिनेछ,’ २०७४ को घोषणापत्रमा भनिएको थियो ।

अहिले एमालेले ल्याएको घोषणापत्रमा भनिएको छ, ‘सञ्चार जगतलाई गरिमामय बनाइने छ, सञ्चारकर्मीको हक हितको संरक्षण गरिने छ । मिडियामा प्रत्यक्ष वा परोक्ष रुपमा हुने विदेशी लगानी निषेध गरिने छ । राष्ट्र, लोकतन्त्र, शान्ति, विकास र सामाजिक सद्भावप्रति जिम्मेवारीसहितको पूर्ण प्रेस स्वतन्त्रता कायम गरिने छ ।’

एमालेले राष्ट्रियता, राष्ट्रिय एकता तथा राष्ट्रिय हित विपरीतका समाचार, मिथ्या एवं द्वेषपूर्ण सूचनाद्वारा जनताको सुसूचित हुने हकलाई कुष्ठित गर्ने कार्यलाई हतोत्साहित गरिने पनि घोषणापत्रमा उल्लेख गरेको छ ।

काठमाडौंमा विद्युतीय वाहन

‘पहिलो वर्षबाट सुरु गरेर दोस्रो वर्षमा सम्पन्न हुने गरी काठमाडौंमा पेट्रोलियम वाहनहरुलाई विद्युतीय वाहनबाट प्रतिस्थापन गरिने छ,’ २०७४ को घोषणापत्रमा भनिएको थियो ।

दुई वर्षमै पूरा गर्ने भनिएको उक्त लक्ष्य एमाले अध्यक्ष केपी शर्मा ओलीले ४१ महिना सरकारको नेतृत्व गर्दा पनि पूरा गरेनन् ।

सो एजेण्डालाई अहिले फेरि एमालेले आफ्नो घोषणापत्रमा समेट्दै भनेको छ, ‘काठमाडौं उपत्यकाको ट्राफिक जामलाई ध्यानमा राखी फ्लाइओभर लगायत आवश्यक संरचना निर्माण गरिने छ । पेट्रोलियम वाहनलाई विद्युतीय वाहनबाट प्रतिस्थापन गरिने छ ।’

 


प्रकाशित : २०७९ कार्तिक १५, मंगलवार २२:०७

लुम्बिनी दर्पण

लेखकबाट थप

  • ठाकुरापुरमा बृहत् देउसीभैलो तथा सांस्कृतिक साँझ हुँदै
  • साना किसान मोतिपुरद्वारा अवकाश प्राप्त कर्मचारीलाई सम्मानसहित विदाइ
  • अम्बिकादेवी पौडेलको आत्मकथा ‘सङ्कल्पको मेरो यात्रा’ विमोचन
  • मन्त्री घिमिरेद्वारा मुसीवान मोटरेबल पुल उद्घाटन, पहाड–तराई यात्रा सहज बन्दै
  • शुद्धोधन–६ मा जसपाको वडा भेला, सयभन्दा बढी कार्यकर्ता पार्टी प्रवेश
प्रतिक्रिया

यो पनि पढौँ

समय, प्रविधि र नयाँ पुस्ताको सोच अनुसार एमाले रूपान्तरण हुनुपर्छ : उपाध्यक्ष विष्ट

साना किसान मोतिपुरद्वारा अवकाश प्राप्त कर्मचारीलाई सम्मानसहित विदाइ

बाणगंगा ९ का सामुदायिक वनमा भरुवा बन्दुक लुकाउने क्रम रोकिएन, थप ४ नाल बरामद

सडक दुर्घटनाबाट तिलोत्तमाका एक पत्रकारको मृत्यु ।

एनपीएल आजदेखि, उद्‌घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै

आनी छोइङको नियुक्तिविरुद्ध माइतीघरमा प्रदर्शन

अम्बिकादेवी पौडेलको आत्मकथा ‘सङ्कल्पको मेरो यात्रा’ विमोचन

मनकामना सामुदायिक वनको १९ औं साधारण सभा : सुशासन, पारदर्शिता र जवाफदेहीता प्राथमिकतामा

राजापानी सामुदायिक वनको २३ औँ साधारण सभा सम्पन्न, पर्यापर्यटन प्राथमिकतामा

दर्शन सहकारीको १९ औँ बार्षिक साधारण सभा सम्पन्न : ज्येष्ठ सदस्य, असल ऋणी र बचतकर्ता सम्मानित

कपिलवस्तुको गौडीचोकमा एक पुरुष मृत फेला

दशैं मनाउन काठमाडौं उपत्यका छाड्ने यात्रुको चाप बढ्यो

भर्खरै

  • समय, प्रविधि र नयाँ पुस्ताको सोच अनुसार एमाले रूपान्तरण हुनुपर्छ : उपाध्यक्ष विष्ट

  • ठाकुरापुरमा बृहत् देउसीभैलो तथा सांस्कृतिक साँझ हुँदै

  • सामाजिक सेवामा रुपक गुप्ताको पहल, ११७ विद्यार्थीले पाए शैक्षिक झोला

  • साना किसान मोतिपुरद्वारा अवकाश प्राप्त कर्मचारीलाई सम्मानसहित विदाइ

  • नथाक्ने पाइला, नझुक्ने जीवन (कविता)

  • बाणगंगा ९ का सामुदायिक वनमा भरुवा बन्दुक लुकाउने क्रम रोकिएन, थप ४ नाल बरामद

  • सडक दुर्घटनाबाट तिलोत्तमाका एक पत्रकारको मृत्यु ।

  • एनपीएल आजदेखि, उद्‌घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै

  • आनी छोइङको नियुक्तिविरुद्ध माइतीघरमा प्रदर्शन

  • अम्बिकादेवी पौडेलको आत्मकथा ‘सङ्कल्पको मेरो यात्रा’ विमोचन


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
कार्यकारी निर्देशक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech