ताजा अपडेट

एनपीएल आजदेखि, उद्‌घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै

आनी छोइङको नियुक्तिविरुद्ध माइतीघरमा प्रदर्शन

अम्बिकादेवी पौडेलको आत्मकथा ‘सङ्कल्पको मेरो यात्रा’ विमोचन

मनकामना सामुदायिक वनको १९ औं साधारण सभा : सुशासन, पारदर्शिता र जवाफदेहीता प्राथमिकतामा

परदेशको दशैं : परिवारको याद, मनभरि पीडा र आँखाभरि आशा 

राजापानी सामुदायिक वनको २३ औँ साधारण सभा सम्पन्न, पर्यापर्यटन प्राथमिकतामा

दर्शन सहकारीको १९ औँ बार्षिक साधारण सभा सम्पन्न : ज्येष्ठ सदस्य, असल ऋणी र बचतकर्ता सम्मानित

कपिलवस्तुको गौडीचोकमा एक पुरुष मृत फेला

दशैं मनाउन काठमाडौं उपत्यका छाड्ने यात्रुको चाप बढ्यो

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

कपिलबस्तुमा बहालवाला मन्त्रीसहित ६ पूर्वमन्त्री चुनावी मैदानमा

लुम्बिनी दर्पण २०७९ कार्तिक १७, बिहीबार १३:१८
[sharethis-inline-buttons]

लुदअ,

आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनमा कपिलबस्तुका तीनवटै निर्वाचन क्षेत्रमा बिरासत जोगाउने कसरतमा उम्मेद्वार कस्सिएका छन् । यहाँ मुख्यत: बाम–लोकतान्त्रिक गठबन्धनका उम्मेद्वार र नेकपा एमालेका उम्मेद्वारबीचमै प्रतिस्पर्धा हुने देखिएको छ । यद्यपि कपिलबस्तुमा मधेशवादी दलहरुको समेत राम्रो प्रभाव भने देखिन्छ ।

यहाँको रोचक के छ ? भने, आम निर्वाचन २०७९ मा जिल्लाका तीनवटै निर्वाचन क्षेत्रमा गरि प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्यमा एक जना बहालवाला मन्त्री सहित ६ जना पूर्वमन्त्री चुनावी मैदानमा छन् । कपिलवस्तुको क्षेत्र नम्बर १ मा सत्ता गठबन्धनबाट माओवादी केन्द्रका केन्द्रिय सचिव चक्रपाणी खनाल (बलदेव) र नेकपा एमालेका केन्द्रिय सदस्य एवं कपिलबस्तु इन्चार्ज बलराम अधिकारी चुनावी मैदानमा छन् ।

२०७० सालदेखिका सहयात्रीहरु हाल आएर आमने–सामने भएका हुन् । अधिकारी २०७० मा संविधानसभा सदस्य भएका थिए । खनालले २०७४ सालको निर्वाचनमा कांग्रेस नेता दीपकुमार उपाध्यायलाई पराजित गरेका थिए । अघिल्लो चुनावमा प्रतिस्पर्धी रहेका खनाल र उपाध्याय यो चुनावमा भने सहयोगी बनेर एमालेसँग लड्नुपर्ने अवस्थामा छन् ।

२०७४ असोज ३१ गते गठित केपी शर्मा ओली नेतृत्वमा बाम गठबन्धनको बहुमत सरकारको संघीय कृषि, भूमि ब्यबस्था तथा सहकारी मन्त्रीमा कपिलबस्तु–१ का उम्मेद्वार ‘बलदेव’ चयन भएका थिए । कृषिमन्त्रीत्व समयलाई जिल्लाको बिकासमा सक्रिय सहभागिता जनाएका उनै बलदेवले अहिले निर्वाचन सहजै जित्ने बिश्वास ब्यक्त गर्छन् ।

यस्तै कपिलबस्तु–१ (ख) का सत्ता गठबन्धनको तर्फबाट नेपाली काँग्रेसबाट सहसराम यादवको उम्मेद्वारी छ । प्रदेशसभा सदस्यका उम्मेद्वार यादव हाल बहालवाला भौतिक पूर्वाधार तथा सहकारी मन्त्री हुन् । लुम्बिनी प्रदेश सरकारको कुलप्रसाद केसी मुख्यमन्त्रीत्व कालमा यादव जनता समाजवादी पार्टी (जसपा)को तर्फबाट मन्त्री बनेका थिए । आमनिर्वाचन २०७९ मा यादव जसपा परित्याग गर्दै सत्ता गठबन्धनमा प्रवेश गरी रुख चुनाव चिन्ह लिई चुनावी मैदानमा छन् ।

कपिलवस्तु–२ मा सत्ता गठबन्धनबाट कांग्रेसका सुरेन्द्रराज आचार्य र नेकपा एमालेबाट बृजेशकुमार गुप्ता प्रतिस्पर्धामा छन् । अघिल्लो निर्वाचनमा पराजय भोगेका आचार्य यसपटक सत्ता गठबन्धनको सहयोगका कारण बलिया उम्मेदवार मानिन्छन् । यहाँ मुलत: तीनजना पूर्वमन्त्रीहरु आचार्य, गुप्तासंगै लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)बाट अकवल अहमद शाह पनि उम्मेदवार छन् । आचार्य पूर्वसिचाइँ राज्यमन्त्री, गुप्ता पूर्वकानुन तथा न्यायमन्त्री र शाह पूर्व कृषि तथा सहकारी मन्त्री हुन् ।

०७० सालको निर्वाचनमा संबिधान सभा सदस्यमा निर्वाचित आचार्य सिँचाइ राज्यमन्त्री भएका थिए । ०७३ श्रावण २० मा तत्कालिन प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) को मन्त्रीमण्डलमा आचार्य सिंचाई राज्यमन्त्री भएका थिए ।

०७४ सालमा स्वतन्त्र भन्दै सूर्य चिह्नबाट लडेका वृजेश गुप्ता अहिले एमालेबाट उम्मेदवार बनेका छन् । २०५६ सालमा राप्रपाबाट राजनीति शुरु गरेका गुप्ता चारपटक सांसद निर्वाचित भइसकेका छन् । २०६४ र २०७० का दुई संविधानसभा निर्वाचन गुप्ताले तराई मधेश लोकतान्त्रिक पार्टी (तमलोपा)बाट जिते । एमालेका साथमा हृदयेश त्रिपाठीको स्वतन्त्र समूहबाट २०७४ सालमा पनि गुप्ता निर्वाचित भएका थिए । हरेक पटकको निर्वाचनमा पार्टी फेर्दै चुनाव लड्दै आएका पूर्वमन्त्री गुप्ता योपटक एमालेबाट यही क्षेत्रमा उम्मेदवार छन् ।

यस्तै पुराना कम्युनिस्ट नेताको रूपमा परिचय बनाएका अकवल अहमद शाह लोकतान्त्रिक समाजवादी पार्टीबाट कपिलबस्तु–२ प्रतिनिधिसभा सदस्यमा उम्मेदवार छन् । शाह कृषि तथा सहकारीमन्त्री समेत भइसकेका व्यक्ति हुन् । नेपाल कम्युनिष्ट पार्टी (मानन्धर समुह) हुँदै, एमाले, राप्रपा, तमलोपा हुँदै हाल लोसपाबाट उम्मेदवार बनेका शाह पनि कडा प्रतिस्पर्धामा रहेका छन् ।

डा.बाबुराम भट्टराई प्रधानमन्त्री हुँदा कृषि तथा सहकारीमन्त्री बनेर छोटो कार्यकाल (२५ दिन) पुरा गरेका शाह गत निर्वाचनमा समानुपातिकबाट संविधानसभा सदस्य भएका थिए ।

यस्तै, कपिलबस्तु–२ (ख) मा प्रदेशसभा सदस्यमा एमालेका धर्मबहादुर लाल श्रीवास्तवको उम्मेद्वारी छ । उनी लुम्बिनी प्रदेशमा शंकर पोख्रेलको सरकारमा तेस्रो मन्त्रिपरिषद् बिस्तारमा श्रीवास्तव मन्त्री बनेका थिए । नेकपा बिभाजनपछि माओवादीले समर्थन फिर्ता लिएपछि पुर्नगठित मन्त्रीमण्डलमा उनी शिक्षा तथा सामाजिक बिकास मन्त्री भएका थिए । मधेसवादी दलमा आवद्ध रहेर राजनीति सुरु गरेका श्रीवास्तव ०७४ सालमा बृजेश गुप्तासँगै सुर्य चुनाव चिन्ह लिएर निर्वाचित भएका थिए ।

कपिलबस्तु–३ मा ईश्वर दयाल मिश्र पनि प्रतिनिधि सभा सदस्यका उम्मेद्वार बनेका छन् । तत्कालिन प्रधानमन्त्री डा. बाबुराम भट्टराईको मन्त्रीमण्डलमा भौतिक योजना तथा निर्माण राज्यमन्त्री बनेका मिश्रले आफ्नो निर्वाचन क्षेत्रमा आफ्नो जीत निश्चित भएको दाबी गर्दछन् । हृदयेश त्रिपाठी नेतृत्वको जनता प्रगतिशील पार्टी नेपालका महासचिव समेत रहेका मिश्रले आफु राज्यमन्त्री हुँदा जिल्लाको बिकासमा राम्रो काम गरेको दाबी सहित निर्वाचनमा होमिएका छन् ।

दल अदलबदल गर्दै राजनीतिमा टिकेका कपिलबस्तुका आंशिक उम्मेद्वारले आफ्नो साख जोगाउन सक्लान् ? नसक्लान् त्यस्को लागी ४ मंसिर कुर्नुपर्ने छ ।


प्रकाशित : २०७९ कार्तिक १७, बिहीबार १३:१८

लुम्बिनी दर्पण

लेखकबाट थप

  • अम्बिकादेवी पौडेलको आत्मकथा ‘सङ्कल्पको मेरो यात्रा’ विमोचन
  • मन्त्री घिमिरेद्वारा मुसीवान मोटरेबल पुल उद्घाटन, पहाड–तराई यात्रा सहज बन्दै
  • शुद्धोधन–६ मा जसपाको वडा भेला, सयभन्दा बढी कार्यकर्ता पार्टी प्रवेश
  • महोत्सव तयारीबारे पत्रकार सम्मेलन , बाणगंगामा एउटै साझा महोत्सव बनाउन पत्रकारहरूको जोड
  • दोस्रो कपिलवस्तु व्यापार मेलाको तयारी तीव्र, पत्रकार सम्मेलनमार्फत जानकारी गरिँदै
प्रतिक्रिया

यो पनि पढौँ

बाणगङ्गाका नयाँ प्रमुख प्रशासकीय अधिकृत पाण्डेले सम्हाले जिम्मेवारी

पराजित भए पनि पार्टी र जनताको सेवामा निरन्तर सक्रिय रहनेछु : सुनिल शर्मा

मनिषा खनालको अभिनयमा ‘ए म त परदेशी’ सार्वजनिक, दसैँमा घर सम्झिने परदेशी नेपालीको भावनात्मक कथा (भिडियोसहित)

राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान कपिलवस्तुलाई ‘उत्कृष्ट जिल्ला नेतृत्व–२०८३’ बाट सम्मान

प्रधानसेनापति सिग्देलले गरे बेलायती सेनाका प्रमुखसँग भेट

मुगुमा पहिरोले बोलेरो जीप पुरियो, मानवीय क्षति भएन

पशुपति मन्दिर प्रवेशको भिडियो प्रकरणमा दम्पती पक्राउ

नेपाली सेनाका ३२ जिल्लाका ब्यारेकमा अब डीडीसीका दुग्धजन्य पदार्थ

३५ वर्षमुनिको कोटामा गौरव भण्डारीको कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी

वर्षाका कारण कांग्रेसको बन्द सत्र प्रभावित

एमालेले बोलायो स्थायी कमिटी, वरिष्ठ नेताका रुपमा विद्या भण्डारी सहभागी हुँदै

देशभर एउटै ग्यास सिलिन्डर लागू गर्ने सरकारको तयारी

भर्खरै

  • एनपीएल आजदेखि, उद्‌घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै

  • आनी छोइङको नियुक्तिविरुद्ध माइतीघरमा प्रदर्शन

  • अम्बिकादेवी पौडेलको आत्मकथा ‘सङ्कल्पको मेरो यात्रा’ विमोचन

  • मनकामना सामुदायिक वनको १९ औं साधारण सभा : सुशासन, पारदर्शिता र जवाफदेहीता प्राथमिकतामा

  • परदेशको दशैं : परिवारको याद, मनभरि पीडा र आँखाभरि आशा 

  • राजापानी सामुदायिक वनको २३ औँ साधारण सभा सम्पन्न, पर्यापर्यटन प्राथमिकतामा

  • दर्शन सहकारीको १९ औँ बार्षिक साधारण सभा सम्पन्न : ज्येष्ठ सदस्य, असल ऋणी र बचतकर्ता सम्मानित

  • कपिलवस्तुको गौडीचोकमा एक पुरुष मृत फेला

  • दशैं मनाउन काठमाडौं उपत्यका छाड्ने यात्रुको चाप बढ्यो

  • नवरात्रको तेस्रो दिन : चन्द्रघण्टा देवीको विशेष पूजा आराधना गरिँदै


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
कार्यकारी निर्देशक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech