ताजा अपडेट

रसुवा बाढी : नेपाली सेनाद्वारा १२ जनाको उद्धार

रसुवा बाढीः पृथ्वी राजमार्ग र पासाङल्हामु राजमार्गमा सार्वजनिक सवारीसाधन सञ्चालनमा रोक

पूर्णचन्द्र–सम्झनाको तीज कोशेली ‘कम्मर मरक्कै’ ( भिडियो सहित)

विजयनगरमा एमालेका दुई नेता रास्वपामा

भजन संस्कृतिको संरक्षण र संस्थागत विकासमा जोड, प्रतिष्ठान कपिलवस्तुको दोस्रो पूर्ण बैठक सम्पन्न

भविष्यको खोजीमा मेरो यात्रा

पोखरा हुँदै मुस्ताङतर्फ लागे प्रधानमन्त्री बालेन

नोटबन्दी गर्ने सरकारको कुनै योजना छैन : अर्थमन्त्री वाग्ले

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

अपडेट : म्याग्दी पहिरोमा परि ज्यान गुमाउनेको सङ्ख्या २७ पुग्यो

लुम्बिनी दर्पण २०७७ असार २७, शनिबार १५:१३
[sharethis-inline-buttons]

लुदअ असार २७, म्याग्दी
पश्चिम म्याग्दीको धवलागिरि गाउँपालिका ६ को मराङ, मालिका गाउँपालिका ७ को बिम र रघुगङ्गा गाउँपालिका ६ को ठाडाखानीमा शुक्रबार गएको पहिरोमा पुरिएर ज्यान गुमाउनेको सङ्ख्या २७ पुगेको छ ।

धवलागिरिको मराङका सुकना लामगादे, आशिस लामगादे, आयुष लामगादे, आयुसा लामगादे, रेश्मा सुनार, मन सुनार, कमला श्रीपाली, सुरक्षा श्रीपाली, सुरज श्रीपाली, १८ वर्षीय प्रकाश केसीको शव भेटिएको म्याग्दीका प्रहरी नायब उपरीक्षक किरणजंग कुँवरले जानकारी दिनुभयो ।

यसैगरी ३३ वर्षीया हिरामति जुग्जाली, ७ वर्षीया करिश्मा जुग्जाली, ५ वर्षीया कन्चन जुग्जाली, ५५ वर्षीया गौशरा जुग्जाली, २० वर्षीया दिमा जुग्जाली, उहाँको ४ वर्षीया छोरी दिप्ती जुग्जाली र १ वर्षीय छोरा दिवान जुग्जालीको पनि शव भेटिएको उहाँले बताउनुभयो ।

त्यस्तै मालिकाको बिमका ४० वर्षीय विष्णु पौडेल, ४ वर्षीया इच्छा पौडेल, गौदेवी नेपाली, विशेष नेपाली, विरबहादुर नेपाली, उहाँको ३ महिनाको छोरी निशा नेपाली, विष्णु नेपाली र सन्दिप नेपालीको शवे भेटिएको प्रहरीले जनाएको ५ ।

रघुगङ्गाको ठाडाखानीका ५० वर्षीय नलीमान छन्त्यालको खोलाले बगाउँदा मृत अवस्थामा शव भेटिएको उहाँले बताउनुभयो ।

मराङको पहिरोमा घाइते भएका १२ जनाको उद्धार गरी उपचारको लागि अस्पताल लगिएको छ । पहिरोमा गम्भीर घाइते मराङका २२ वर्षीया मन्जिता श्रीपाली, ८ वर्षीय सफल श्रीपाली र मालिका गाउँपालिका ७ को बिमका ४० वर्षीय पूर्ण परियारलाई बेनी अस्पतालमा प्राथमिक उपचार गरी थप उपचारको लागि पोखरा रिफर गरिएको हो ।

मालिका गाउँपालिका ६ को दरबाङका बालसिंह रोकालाई भने थप उपचारको लागि नेपाल मेडिसिटी हस्पिटल काठमाण्डौ रिफर गरिएको प्रहरीले जनाएको छ ।

त्यसैगरी मराङकै ८७ वर्षीया गौमती सुनार र ६३ वर्षीया सतदेवी बिटालुलाई पनि बेनी अस्पतालबाट पोखरा रिफर गरिएको अस्पतालले जनाएको छ । मराङका ४३ वर्षीय धनबहादुर जुग्जाली, ३५ वर्षीय कुशल पुन, २२ वर्षीय दिपक श्रीपाली, १६ वर्षीय बिर्सना जुग्जाली, १२ वर्षीय अंकित जुग्जाली र ७२ वर्षीय हरिबहादुर बिटालु भने बेनी अस्पतालमा उपचार गरी घर फर्किएका छन् ।

मराङ र बिममा आएको पहिरोमा परेकामध्ये तीन जना जीवितै सम्पर्कमा आएको भए पनि अझै चार जना बेपत्ता भएका छन् । ५१ वर्षीया जनिमा केसी, १६ वर्षीय सविन पुन, मालिका गाउँपालिका ७ बिमका एलिसा केसी र मालिका गाउँपालिका ६ दरबाङका ४१ वर्षीय गीता रोका नभेटिएको प्रहरीले जनाएको छ ।

पहिरोमा परेर घाइते भएका सबैको प्रभु एअरको हेलिकप्टर र नेपाली सेनाको एमआई–१७ हेलिकप्टरमार्फत उद्धार गरी उपचारको लागि बेनी अस्पतालमा ल्याइएको थियो । घाइतेहरुको टाउको, मेरुदण्ड, हातखुट्टा र शरीरका विभिन्न भागमा चोटपटक लागेको उपचारमा संलग्न चिकित्सहरुले बताएका छन् ।

घटनास्थलमा म्याग्दीका प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकाल र प्रजिअ कुँवरको नेतृत्वमा नेपाली सेना र नेपाल प्रहरीको टोलीले स्थानीयको सहयोगमा बेपत्ता भएकाको खोज कार्य गरिरहेको छ ।


प्रकाशित : २०७७ असार २७, शनिबार १५:१३

लुम्बिनी दर्पण

लेखकबाट थप

  • लुम्बिनी सरकार निर्माणका लागि मोहनविक्रम सिंहसँग ओली र प्रचण्डको दुई बुँदे सहमति
  • वन संरक्षणमा उत्कृष्ट कामको कदर, कपिलवस्तुका कोइलीचौर र मायादेवी पुरस्कृत
  • प्रभाकर माविको प्रशासनिक कक्षमा तालाबन्दी, सामाजिक सञ्जालमा अनियमितताको तरङ्ग
  • वृक्षारोपण गरि मनाईयो सामुदायिक वन दिवस
  • तीजको रौनक बढाउन आयो नयाँ गीत ‘मेरो बिहे भा छैन, म पोइला गा छैन’
प्रतिक्रिया

यो पनि पढौँ

लुम्बिनी प्रदेशको ५२ बुँदे बजेट मार्गदर्शन : असारमा तालिम–गोष्ठी रोक, बजेट अनुशासन उल्लङ्घन गर्नेलाई कारबाही

लुम्बिनीमा कांग्रेसका मन्त्रीले राजीनामा दिँदै

धान उत्पादन बढाउन र कृषि आत्मनिर्भरताका लागि प्रदेश सरकार प्रतिबद्ध : मुख्यमन्त्री आचार्य

लुम्बिनी प्रदेश सभा बैठक स्थगित,मंगलबार दिउँसो ३ बजे बस्ने

लुम्बिनी प्रदेशका नवनियुक्त ५ मन्त्रीले लिए सपथ

आइतबारको बिदा हटाउने तयारीमा कोसी सरकार

वन तथा वातावरण संरक्षण साझा दायित्व : मुख्यमन्त्री आचार्य

रोल्पामा जीप दुर्घटना हुदा तीन जनाको मृत्यु

लुम्बिनीमा एमालेका चार मन्त्रीले दिए राजीनामा

मुख्यमन्त्री आचार्य र बेलायती मन्त्री मल्होत्राबीच भेटवार्ता

लुम्बिनी प्रदेश सभा बैठक बस्दै, बजेटका सिद्धान्त र प्राथमिकता पेश हुने

बाणगंगा वेलफेयरको सामाजिक अभियानमा सक्रिय भूमिका निभाएका पौडेल सम्मानित

भर्खरै

  • रसुवा बाढी : नेपाली सेनाद्वारा १२ जनाको उद्धार

  • रसुवा बाढीः पृथ्वी राजमार्ग र पासाङल्हामु राजमार्गमा सार्वजनिक सवारीसाधन सञ्चालनमा रोक


  • पूर्णचन्द्र–सम्झनाको तीज कोशेली ‘कम्मर मरक्कै’ ( भिडियो सहित)

  • विजयनगरमा एमालेका दुई नेता रास्वपामा

  • भजन संस्कृतिको संरक्षण र संस्थागत विकासमा जोड, प्रतिष्ठान कपिलवस्तुको दोस्रो पूर्ण बैठक सम्पन्न

  • भविष्यको खोजीमा मेरो यात्रा

  • पोखरा हुँदै मुस्ताङतर्फ लागे प्रधानमन्त्री बालेन

  • नोटबन्दी गर्ने सरकारको कुनै योजना छैन : अर्थमन्त्री वाग्ले

  • बाणगंगा राईडर्स क्लवले असोज १० गते दोस्रो बाणगंगा साइकल यात्रा–२०८३ आयोजना गर्ने


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
कार्यकारी निर्देशक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech