ताजा अपडेट

समय, प्रविधि र नयाँ पुस्ताको सोच अनुसार एमाले रूपान्तरण हुनुपर्छ : उपाध्यक्ष विष्ट

ठाकुरापुरमा बृहत् देउसीभैलो तथा सांस्कृतिक साँझ हुँदै

सामाजिक सेवामा रुपक गुप्ताको पहल, ११७ विद्यार्थीले पाए शैक्षिक झोला

साना किसान मोतिपुरद्वारा अवकाश प्राप्त कर्मचारीलाई सम्मानसहित विदाइ

नथाक्ने पाइला, नझुक्ने जीवन (कविता)

बाणगंगा ९ का सामुदायिक वनमा भरुवा बन्दुक लुकाउने क्रम रोकिएन, थप ४ नाल बरामद

सडक दुर्घटनाबाट तिलोत्तमाका एक पत्रकारको मृत्यु ।

एनपीएल आजदेखि, उद्‌घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै

आनी छोइङको नियुक्तिविरुद्ध माइतीघरमा प्रदर्शन

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

भद्र विद्यालयको अभद्र निणर्य, शिक्षा सरोकारवालाकै सहमती

लुम्बिनी दर्पण २०७९ फाल्गुन १८, बिहीबार १८:१८

लुदस, जितपुर
कपिलवस्तुका दक्षिणी क्षेत्रमा विद्यालय व्यवस्थापन समितिका पदाधिकारी चयन प्रकृयामा शिक्षा नियमावली को वर्खिलाप गर्ने गरेको पाईएको छ । व्यवस्थापन समितिमा उमेद्वार बन्नेको संख्या बढी हुन थालेपछी नियमावलीको धज्जी उडाएको बुझिएको हो । आफै नियम बनाएर शिक्षालाई सर्वसुलभ र सवैको पहुँचमा पुर्‍याउने उदेश्यले सरकारले सरकारी विद्यालयमा नि ः शुल्क शिक्षा अभियान चलाएपनी त्यो प्रभावकारी बनाउन नगरपालिकाहरुको जोडबल रहेकै बेला कपिलवस्तुको एक सरकारी विद्यालयले पहुँच र पैसावाला लाई व्यवस्थापन समितिमा ल्याउन शिक्षा नियमावली को धज्जी उडाउने गरि सुचना प्रकाशित गरेको हो । जिल्लाको महाराजगन्ज, नगरपालिकामा रहेको भद्र माध्यमिक विद्यालय पड्रियाले नियमावली विपरित व्यवस्थापन समिति गठन प्रकृया अगाडी बढाएको हो । विद्यालयले प्रति उमेद्वार १५ हजार रुपैया फिर्ता नहुनेगरि लिने निणर्य गरेको हो ।
यस विषयमा विद्यालयका प्रधानाध्यापक राम किशुन चौधरीले नगरपालिकाको शिक्षा शाखा रेश्मी राज अर्याल कै रहोबरमा यो निणर्य गरिएको र यस अगाडी नजिकैको जानकी माध्यमिक विद्यालयमा पनी यस्तै गरिएको बताए । यस अगाडी

जिल्लाको सदरमुकाम तौलिहवामा रहेको रत्नराज्य लक्ष्मी माध्यामिक विद्यालयमा ले पनी यस्तै निणर्य गरेको हो । व्यवस्थापन समितिमा उमेद्वार हुन १५ हजार धरौटी राख्नुपर्ने निणर्य गरेको छ । यही फागुन १८ गते मनोनयन पत्र उमेद्वारी दिन १५ हजार धरौटी राख्नुपर्ने नियमको विपन्न अभिभावकहरुले विरोध जनाएका हुन् ।

यो निणर्य विद्यालय व्यवस्थापन समिति सदस्यहरुको छनौट सहयोग समिति ले फागुन ५ गते गरेको पत्रमा उल्लेख छ । छनौट समितिको संयोजकमा कपिलवस्तु नगरपालिकाकै शिक्षा अधिकृत संयोजक रहने व्यवस्था छ । यो व्यवस्थाले विपन्न अभिभावकहरु बन्जित हुने निश्चित छ ।

यस विषयमा संयोजक शिक्षा अधिकृत युवराज भुषालले लुम्बिनी दर्पणसँग कुराकानी गर्दै भने “ यहाँका सवै विद्यालयको अध्यास नै यस्तै छ के गर्नु निणर्य बदल्न नमिल्ने” भन्दै ग्रैह जिम्मेवार बने यता नगरकै शिक्षा क्षेत्रकै उप सचिव हरि प्रसाद ज्ञवालीले यस विषयमा आफु अनविज्ञ रहेको भन्दै नियमावलीमा नभएको विषय समावेश गर्न नमिल्लने भन्दै सवै अभिभावकको हक अधिकार सुनिश्चित हुने गरि निति संगत निणर्य हुनुपर्ने जनाए ।

परिच्छेद ३
यस्तो छ विद्यालय व्यवस्थापन समितिको सदस्यको छनौट सम्बन्धी व्यवस्था
अध्यक्ष तथा सदस्य छनौट सम्बन्धी व्यवस्था ः (१)
प्रधानाध्यापकले यस कार्यविधि बमोजिम सामुदायिक विद्यालयको व्यवस्थापन समितिका सदस्यहरू छनौट गर्ने प्रयोजनको लागि तत्कालको विद्यालय व्यवस्थापन समितिको तीन वर्षे अवधि सकिनु पूर्व नै कम्तीमा सात दिनको सूचना दिई अवधि सकिएको लगत्तै अर्को विद्यालय व्यवस्थापन समितिको गठन भइसक्ने गरी अभिभावकको भेला गराउनु पर्नेछ ।
(२)
दफा (५) र उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भएतापनि यो कार्यविधि लागु हुँदाको बखत विद्यालय व्यवस्थापन समितिको गठन नभएका वा साविकको विद्यालय व्यवस्थापन समितिको म्याद थप भएका विद्यालयहरुले यो कार्यविधि लागु भएको एक महिनाभित्र अभिभावक भेला गराई अर्को विद्यालय व्यवस्थापन समितिको गठन गरिसक्नुपर्नेछ ।

(३) उपदफा (१) र (२) बमोजिम अभिभावकलाई भेला गराउनु तीन दिन अघि प्रधानाध्यापकले विद्यालय व्यवस्थापन समितिको सदस्यहरु छनौट गर्ने प्रयोजनका लागि अविभावकको नामावली विद्यालयमा सार्वजनिक गर्नु पर्नेछ ।
(४)उपदफा (३) बमोजिम अभिभावकको नामावली सार्वजनिक गर्दा विद्यार्थीका बाबु, आमा, बाजे वा बज्यै मध्येबाट विद्यालयको अभिलेखमा जनिएको एक जना विद्यार्थीको एक अभिभावकको नाम सार्वजनिक गर्नु पर्नेछ ।

(५) उपदफा (१) र (२) बमोजिम अध्यक्ष वा सदस्य छनौट गर्ने सम्बन्धमा अभिभावकलाई सहयोग गर्नको लागि देहायको विद्यालय व्यवस्थापन समिति गठन सहयोग समिति रहनेछ ।

(क) नगर कार्यपालिकाको कार्यालयका शिक्षा हेर्ने शाखा अधिकृत वा निज उपलब्ध नभएमा नगर कार्यपालिकाको कार्यालयले खटाएको अधिकृत — संयोजक
(ख) वडा अध्यक्ष वा निजले तोकेको वडा समितिको सदस्य — सदस्य
(ग) सम्बन्धित वडा कार्यालयबाट पठाइएका कर्मचारी एकजना — सदस्य
(घ) सम्बन्धित विद्यालयका प्रधानाध्यापकले तोकेको शिक्षक प्रतिनिधि एक जना — सदस्य (ङ) सम्बन्धित विद्यालयका प्रधानाध्यापक — सदस्य सचिव
(६) उपदफा (५) बमोजिमको समितिले नगरप्रमुख, नगरउप्रमुख, प्रमुख प्रशासकीय अधिकृत, शिक्षा प्रमुखहरुलाई आमन्त्रण गर्न सक्नेछ ।

(७) उपदफा (५) बमोजिमको समितिले विद्यालय व्यवस्थापन समितिको सदस्यहरुको छनौट गर्न आवश्यक निणर्यहरु गरी काम गर्न सक्नेछ ।

परिच्छेद ४
विद्यालय व्यवस्थापन समितिको सदस्यको योग्यता तथा राजिनामा सम्बन्धी व्यवस्था
विद्यार्थीको अभिभावक सम्बन्धी व्यवस्था ः
(१)विद्यालयले विद्यालय व्यवस्थापन समितिको गठन प्रयोजनका लागि विद्यार्थीका बाबु, आमा, बाजे, बज्यै मध्ये कुनै एक जनाको नाममात्र अभिभावकको रूपमा राखेर अभिलेख तयार पारेको हुनु पर्नेछ ।

(२) दफा ८ को उपदफा (३) अनुसार प्रकाशित नामावलीमा एउटै अभिभावकका दुई वा दुई भन्दा बढी सन्ततिको हकमा पनि एउटै अभिभावकको नाममात्र प्रकाशन गर्नु पर्नेछ ।

(३) विद्यार्थीका चारै जना अभिभावक बाबु, आमा, बाजे, बज्यै जीवितै रहेको अवस्थामा बाबु वा आमा मध्ये एक जनाको नाम मात्र प्रकाशन गर्नु पर्नेछ ।


प्रकाशित : २०७९ फाल्गुन १८, बिहीबार १८:१८

लुम्बिनी दर्पण

लेखकबाट थप

  • ठाकुरापुरमा बृहत् देउसीभैलो तथा सांस्कृतिक साँझ हुँदै
  • साना किसान मोतिपुरद्वारा अवकाश प्राप्त कर्मचारीलाई सम्मानसहित विदाइ
  • अम्बिकादेवी पौडेलको आत्मकथा ‘सङ्कल्पको मेरो यात्रा’ विमोचन
  • मन्त्री घिमिरेद्वारा मुसीवान मोटरेबल पुल उद्घाटन, पहाड–तराई यात्रा सहज बन्दै
  • शुद्धोधन–६ मा जसपाको वडा भेला, सयभन्दा बढी कार्यकर्ता पार्टी प्रवेश
प्रतिक्रिया

यो पनि पढौँ

समय, प्रविधि र नयाँ पुस्ताको सोच अनुसार एमाले रूपान्तरण हुनुपर्छ : उपाध्यक्ष विष्ट

साना किसान मोतिपुरद्वारा अवकाश प्राप्त कर्मचारीलाई सम्मानसहित विदाइ

बाणगंगा ९ का सामुदायिक वनमा भरुवा बन्दुक लुकाउने क्रम रोकिएन, थप ४ नाल बरामद

सडक दुर्घटनाबाट तिलोत्तमाका एक पत्रकारको मृत्यु ।

एनपीएल आजदेखि, उद्‌घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै

आनी छोइङको नियुक्तिविरुद्ध माइतीघरमा प्रदर्शन

अम्बिकादेवी पौडेलको आत्मकथा ‘सङ्कल्पको मेरो यात्रा’ विमोचन

मनकामना सामुदायिक वनको १९ औं साधारण सभा : सुशासन, पारदर्शिता र जवाफदेहीता प्राथमिकतामा

राजापानी सामुदायिक वनको २३ औँ साधारण सभा सम्पन्न, पर्यापर्यटन प्राथमिकतामा

दर्शन सहकारीको १९ औँ बार्षिक साधारण सभा सम्पन्न : ज्येष्ठ सदस्य, असल ऋणी र बचतकर्ता सम्मानित

कपिलवस्तुको गौडीचोकमा एक पुरुष मृत फेला

दशैं मनाउन काठमाडौं उपत्यका छाड्ने यात्रुको चाप बढ्यो

भर्खरै

  • समय, प्रविधि र नयाँ पुस्ताको सोच अनुसार एमाले रूपान्तरण हुनुपर्छ : उपाध्यक्ष विष्ट

  • ठाकुरापुरमा बृहत् देउसीभैलो तथा सांस्कृतिक साँझ हुँदै

  • सामाजिक सेवामा रुपक गुप्ताको पहल, ११७ विद्यार्थीले पाए शैक्षिक झोला

  • साना किसान मोतिपुरद्वारा अवकाश प्राप्त कर्मचारीलाई सम्मानसहित विदाइ

  • नथाक्ने पाइला, नझुक्ने जीवन (कविता)

  • बाणगंगा ९ का सामुदायिक वनमा भरुवा बन्दुक लुकाउने क्रम रोकिएन, थप ४ नाल बरामद

  • सडक दुर्घटनाबाट तिलोत्तमाका एक पत्रकारको मृत्यु ।

  • एनपीएल आजदेखि, उद्‌घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै

  • आनी छोइङको नियुक्तिविरुद्ध माइतीघरमा प्रदर्शन

  • अम्बिकादेवी पौडेलको आत्मकथा ‘सङ्कल्पको मेरो यात्रा’ विमोचन


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
कार्यकारी निर्देशक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech