ताजा अपडेट

मेची भन्सारद्वारा १३ अर्बभन्दा बढी राजश्व संकलन

सरकारले अध्यादेश ल्याएपछि कांग्रेसले बोलायो विपक्षी दलहरूको बैठक

वर्षासँगै रोशी खोलामा बाढी, बीपी राजमार्ग फेरि अवरुद्ध

जन्मदिनमा सामाजिक सेवा : बालगृहका बालबालिकालाई भोजन तथा फलफूल वितरण

भूमि मन्त्रालय मातहतका सबै कार्यक्रम अब होटेल तथा रिर्सोटमा गर्न नपाइने

नयाँ शैक्षिकसत्र आजदेखि सुरु

नेकपाले बनायो संविधान संशोधन कार्यदल

राष्ट्रपति पौडेलले गरे भानु साहित्य उद्यानको शिलान्यास

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Sample Image

चार महिनामा सुनचाँदी व्यवसायमा अर्बौं घाटा, व्यवसायी भन्छन्, ‘यस्तो कहिल्यै भएको थिएन’

लुम्बिनी दर्पण २०७७ श्रावण १, बिहीबार ०३:१२
[sharethis-inline-buttons]

लुदअ साउन १, काठमाण्डौ
कोरोनाको जोखिमसँगै भएको लकडाउनले अरु क्षेत्रसँगै सुनचाँदी व्यवसाय पनि खस्केको छ ।

लकडाउनपछिको यो चार महिनामा सुनचाँदीको व्यवसायमा २०र२२ अर्ब घाटा भएको नेपाल सुनचाँदी व्यवसायी महासंघका पूर्व अध्यक्ष तेजरत्न शाक्यले बताउनुभयो । महासंघका अनुसार सुनचाँदी व्यवसायमा वार्षिक ६० अर्ब रुपैयाँको कारोबार हुने गरेको छ । तर यसपालि कारोबार पनि घट्ने सम्भावना छ ।

सुनको नयाँ रेकर्ड, छैन कारोबार
गएको चैत १० गतेपछि सुनको भाउले दिनहुँजसो नयाँ रेकर्ड बनाईरहेको छ । चैत १० गते तोलाको ७७ हजार रुपैयाँमा कारोबार भएको सुन असार मसान्तमा ९२ हजार ८ सय रुपैयाँ पुगेको छ ।

लकडाउनका कारण चैत १० गतेदेखि बन्द भएको कारोबार लकडाउन खुकुलो भएसँगै गएको जेठ २५ गतेदेखि खुलेको थियो ।

बजार खुलेको दिन सुनको भाउ तोलामा ८७ हजार ४ सय रुपैयाँ थियो । यसबीचमा भाउ बढ्दै बुधबार तोलाको ९२ हजार ८ सय रुपैयाँ पुगेको हो । अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ बढिरहेकाले नेपालमा पनि सुनको भाउ अझै बढ्ने सम्भावना रहेको भाउ निर्धारण समितिका संयोजक समेत रहेका शाक्यले बताउनुभयो ।

सुनको भाउ लगातार बढेपछि कारोबार ठप्प भएको छ । अहिले बजारमा दैनिक ५ किलो बराबरको कारोबार पुर्‍याउन पनि मुश्किल छ । सामान्य अवस्थामा पनि २५र३० किलो सुनको कारोबार हुने गरेकोमा कोरोनाका कारण अहिले कारोबार प्रायः शून्य नै छ । तीज नजिकिंदै गरे पनि सुनको माग खासै नभएको व्यवसायी बताउँछन् ।

सुनको मात्रै होइन, अहिले चाँदीको कारोबार पनि ठप्प छ । लकडाउनपछि चाँदीको मूल्य पनि झण्डै दोब्बरले बढेको छ । लकडाउनअघि तोलाको ७ सय २० रुपैयाँ रहेको चाँदी अहिले एक हजार पाँच सय रुपैयाँ पुगेको छ ।

सुनको आयात खुम्चियो
भाउ बढेपछि कारोबार ठप्प भएको सुनको आयात पनि यो आर्थिक वर्षमा खुम्चिएको छ । पहिले वर्षमा २८र३० अर्ब रुपैयाँको आयात हुने गरे पनि यो आर्थिक वर्ष २०७६÷०७७ मा १३ अर्ब रुपैयाँको मात्रै सुन आयात भएको छ ।

अन्तर्राष्ट्रिय बजारमा भाउ बढे पछि आर्थिक वर्षको पहिलो चौमासिकमा आयात रोकिएको थियो भने कोरोनाका कारण भएको लकडाउन पछिको चार महिनामा पनि आयात रोकिएको नेपाल सुन चाँदी व्यवसायी महसंघले जनाएको छ ।

सुनको भाउ किन्नै नसक्ने गरी बढिरहेकाले अब पनि आयात घट्ने सम्भावना रहेको महासंघको भनाई छ ।

ग्राहकको रोजाई किन्ने भन्दा बेच्ने
सुनको भाउ बढ्दै गएपछि सितिमिति किन्ने आँट कसैले गरेका छैनन् । उल्टो बेच्नेहरु बढेका छन् । कारोबार नभएकाले ग्राहकले पुराना सुनका गरगहना बेच्दा तोलामा ५ हजार रुपैयाँ जति नोक्सानी व्यहोर्ने गरेका छन् । बजारमा सुनको माग नभएको र रसायन काट्दा ग्राहकलाई तोलामा ५ हजार रुपैयाँ जति नोक्सानी हुने गरेको व्यवसायी तेजरत्न शाक्य बताउनुहुन्छ ।

उहाँका अनुसार सुनका गहना बेच्ने बढे पनि सबैको खरिद गर्ने सम्भावना भने छैन । सुनको कारोबार नै नभएकाले धेरैलाई त्यसै फर्काउने गरिएको पनि उहाँले बताउनुभयो ।

‘पसल खोल्यो चिया खायो बस्यो’
कारोबार र माग दुवै नभए पनि अहिले सुनचाँदी व्यवसायीले पसल खोल्छन् । तर गहना बनाउँदै बेच्दै गर्नुपर्नेमा उनीहरुको समय चिया गफमा नै बित्ने गरेको छ ।


प्रकाशित : २०७७ श्रावण १, बिहीबार ०३:१२

लुम्बिनी दर्पण

लेखकबाट थप

  • बनकसिया नाकामा ठेकेदारको रजाँई, कम नापचाँजले आशंका
  • सर्वोच्चले दियो नेपाली कांग्रेसमा गगन थापा नेतृत्वलाई आधिकारिकता
  • लुम्बिनी प्रदेशमा मिडिया क्षेत्रको बजेट फ्रिज हुने खतरा बढ्यो : सिके गुप्ता
  • ४ बर्ष देखि बुद्धभुमीको गब्दवा नाकामा ठेकेदार पोख्रेलको रजगज
  • रोकिएन बाणगंगा नदिमा स्काभेटरको आतंक नदिभरि स्काभेटर
प्रतिक्रिया

यो पनि पढौँ

ज्येष्ठ नागरिकको हक, अधिकार र निरोगितामा प्रदेश सरकार प्रतिवद्ध छ : मुख्यमन्त्री आचार्य

पौष १५ देखि २६ गतेसम्म १३ औँ शुद्धोदन फर्साटिकर कप–२०८२ आयोजना

हिमालयन रिम फिल्म प्रदर्शनी

लुम्बिनी भिजन कलेजका समृद्ध ज्ञवाली जिल्ला प्रथम

कपिलवस्तु फोटोग्राफर संघमा प्रकाश चौधरीको नेतृत्व

बिश्व स्थनपान सप्ताहकाे अवसरमा जनकल्याण युवा क्लबद्वारा अन्तरक्रिया

बाणगंगामा शैक्षिक सफलता उत्सव: आवर विज्डम विद्यालयद्वारा एसईई टप विद्यार्थीलाई भव्य सम्मान

ब्राइट लुम्बिनी : शिक्षा, व्यवसाय र समाजको त्रिवेणीमा अग्रणी संस्था

लुम्बिनीमा ११ महिनामा ५९ प्रतिशतमात्रै विकास बजेट खर्च

बाणगंगा नदीमा चोरी तस्करीको अखडा, जोखिममा प्रगति ४ मौजा सिंचाई आयोजना

बुद्धशान्तिद्धारा आयोजित निसान स्मृति कप फुटवल खेल रोचक बन्दै

प्रदेश स्थापना दिवसको अवसरमा लुम्बिनीमा सोमवार सार्वजनिक बिदा

भर्खरै


  • मेची भन्सारद्वारा १३ अर्बभन्दा बढी राजश्व संकलन

  • सरकारले अध्यादेश ल्याएपछि कांग्रेसले बोलायो विपक्षी दलहरूको बैठक

  • वर्षासँगै रोशी खोलामा बाढी, बीपी राजमार्ग फेरि अवरुद्ध

  • जन्मदिनमा सामाजिक सेवा : बालगृहका बालबालिकालाई भोजन तथा फलफूल वितरण

  • भूमि मन्त्रालय मातहतका सबै कार्यक्रम अब होटेल तथा रिर्सोटमा गर्न नपाइने

  • नयाँ शैक्षिकसत्र आजदेखि सुरु

  • नेकपाले बनायो संविधान संशोधन कार्यदल

  • राष्ट्रपति पौडेलले गरे भानु साहित्य उद्यानको शिलान्यास

  • सशस्त्र प्रहरीको आईजीपीमा नारायणदत्त पौडेल नियुक्त


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
प्रबन्ध सम्पादक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  
 

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech