ताजा अपडेट

समय, प्रविधि र नयाँ पुस्ताको सोच अनुसार एमाले रूपान्तरण हुनुपर्छ : उपाध्यक्ष विष्ट

ठाकुरापुरमा बृहत् देउसीभैलो तथा सांस्कृतिक साँझ हुँदै

सामाजिक सेवामा रुपक गुप्ताको पहल, ११७ विद्यार्थीले पाए शैक्षिक झोला

साना किसान मोतिपुरद्वारा अवकाश प्राप्त कर्मचारीलाई सम्मानसहित विदाइ

नथाक्ने पाइला, नझुक्ने जीवन (कविता)

बाणगंगा ९ का सामुदायिक वनमा भरुवा बन्दुक लुकाउने क्रम रोकिएन, थप ४ नाल बरामद

सडक दुर्घटनाबाट तिलोत्तमाका एक पत्रकारको मृत्यु ।

एनपीएल आजदेखि, उद्‌घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै

आनी छोइङको नियुक्तिविरुद्ध माइतीघरमा प्रदर्शन

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

तमसुक खारेजीको मागमै अड्कियो सरकार र मिटरब्याज पीडितको वार्ता

Lumbini Darpan 2 २०७९ चैत्र २८, मंगलवार १९:०८

लुदअ २८ चैत, काठमाडौं
सरकार र मिटरब्याज पीडितबीच मंगलबार तेस्रो दिन भएको वार्ता पनि कुनै निश्कर्षमा पुग्न सकेन ।

पीडितले मिटरब्याजसंग जोडिएका सबै लिखत ९तमसुक, दृष्टिबन्धक रजिष्ट्रेसन, छिनुवा पास, कतिपय अवस्थामा चेक समेत आदि० मन्त्रिपरिषदले निर्णय गरेर अवैध घोषणा गर्नुपर्ने मागलाई पहिलो माग बनाएका छन् ।

 

तर, सरकारी वार्ता टोलीले भने यो माग पूरा गर्न नसकिने बताएको छ । मन्त्रिपरिषदले तमसुक खारेज गर्ने निर्णय गर्न नसक्ने र गरे पनि अदालतले खारेज गर्न सक्ने भन्दै सरकारी वार्ता टोलीले पीडितको पहिलो मागमा असहमति जनाएको हो ।

त्यसपछि मिटरब्याज पीडितले तमसुक खारेजको विषय संसदबाट संकल्प प्रस्ताव पारित गर्न सकिने विकल्प सुझाएका थिए । ‘उहाँहरुको कुरा सुनेपछि हामीले महान्यायधिवक्ता वा अदालती पक्षका मान्छे पनि छलफलमा बोलाउनुस् भन्यौं । यदि यस्तो गर्न सकिदैन भने संसदबाट संकल्प प्रस्ताव पारित गरेर मिटरब्याजका सबै लिखत अवैध घोषण गरौं भनेर सुझाव दियौं,’ मिटरब्याज तथा ठगीविरुद्ध किसान मजदुर संघर्ष समितिका प्रवक्ता निर्ग नविनले भने ।

 

तर, मिटरब्याजविरुद्ध कानुन बनाएपछि मात्र मन्त्रिपरिषद् र संसदमा पुर्‍याएर मिटरब्याजका तमसुक अवैध घोषणा गर्न सकिने सरकारी टोलीको धारणा छ ।

मिटरब्याज पीडितले राखेको पहिलो नम्बरको मागमै सहमति जुटन नसकेपछि सरकारी वार्ता टोलीमा सामेल प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका उपसचिव उमाकान्त अधिकारीले वार्ताको औचित्य नै सकिएको टिप्पणी गरे ।

मिटरब्याज पीडितले मिटरब्याजी साहुले बनाएका लिखत अवैध घोषणा गर्नुपर्ने र अदालतमा पुगेका मुद्दाको सुनुवाइ स्थगित गर्दै फैसला भएका मुद्दाको पुनरावलोकन गर्नुपर्ने मागलाई आफ्नो बटमलाइन बनाए ।
‘उहाँ ९उमाकान्त अधिकारी० ले अब वार्ताको औचित्य सकियो भन्नुभयो । उहाँले १८ चैतकै सहमतिमा आउन हामीलाई दबाव दिनुभयो,’ संघर्ष समितिका प्रवक्ता नविनले भने ।

मिटरब्याज पीडितले यसअघि गृह मन्त्रालयले गठन गरेको ‘मिटरब्याजी अपराध नियन्त्रण सिफारिस कार्यदल’ ले सिफारिस गरेको कानुनी मस्यौदा अनुसार तत्काल कानुन बनाउनुपर्ने विषयलाई आफ्नो दोस्रो माग बनाएका छन् ।

सरकारी वार्ता टोलीले मंगलबारको वार्तामा मिटरब्याज विरुद्ध कानुन बनाएपछि मात्र मन्त्रिपरिषदबाट मिटरब्याजका तमसुक अवैध घोषणा गर्न सकिने बताएको छ ।
मिटरब्याजमा ऋण लिएकाहरु विरुद्ध अदालतमा पुगेका मुद्धाको सुनुवाइ तत्काल स्थागित गर्नुपर्ने र फैसला भइसकेका मुद्धाको पुनरावलोकन गर्नुपर्ने मिटरब्याज पीडितको तेस्रो माग छ ।

मागमा उल्लेख भएको अदालतको विषय आफ्नो क्षेत्राधिकारमा नपर्ने भन्दै सरकारी वार्ता टोलीले यस विषयमा पनि छलफल नै गरेन । ‘अदालतको विषय हाम्रो क्षेत्राधिकारमा पर्दैन । त्यसैले अदालतको विषयमा हामीले केही बोल्नै मिल्दैन । हामीले क्षेत्राधिकार मिचेर कुरा गर्नै मिलेन’, गृह मन्त्रालयका प्रवक्ता जितेन्द्र बस्नेतले भने ।

मिटरब्याज पीडितका तर्फबाट गठित वार्ता टोलीकी सदस्य बोधकुमारी गिरीका अनुसार सरकारी वार्ता टोलीले अदालती विषयमा बोल्नै मानेन । ‘सरकारी मान्छेले अदालतका विषयमा केही नबोलौं भने’, गिरीले सुनाइन् ।

पीडितले जिल्ला प्रशासन र प्रहरीमा दिएका निवेदनका आधारमा साहु महाजनलाई पक्राउ गर्ने र उनीहरुको सम्पत्ति छानबिन गर्ने विषयलाई चौथो मागमा राखेका छन् । यो मागमा भने सरकारी वार्ता टोली सकारात्मक छ ।

‘यस विषयमा भने सरकारी टोलीले मिटरब्याजीलाई पक्राउ गर्न जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिन सकिने कुरा गरेको छ’, वार्तामा सहभागी रौतहटका शिवशंकर महतोले सुनाए ।

पाँचौ बुँदामा मिटरब्याजीले गरेका दुव्र्यवहार, महिला हिंसा र मानव अधिकार मिचेका विषयमा क्षतिपूर्ति दिनुपर्ने उल्लेख छ । यो विषयलाई सरकारी टोलीले चौथो नम्बरको मागमा नै समावेश गर्न सकिने सुनायो ।

अब उप्रान्त मिटरब्याजको पासोमा पर्नबाट मानिसलाई जोगाउन भनेर सरकारले सहुलियतपूर्ण वित्तीय कार्यक्रम ल्याउनुपर्ने माग छैठौं बुँदामा छ । ‘यो मागको विषय भने अर्थ मन्त्रालयसंगको छलफलपछि मात्र सम्बोधन गर्न सकिने सरकारी टोलीको जवाफ छ’, वार्तामा सहभागी महतोले भने ।

पीडितले राखेका ६ वटै मागमाथि छलफल भएपनि सरकारी वार्ता टोलीले २० चैतमा मन्त्रिपरिषदले गठन गरेको मिटरब्याजका विषयमा जाँचबुझ गर्न गठित आयोगले नै सबै समस्या समाधान गर्ने कुरामा बढी जोड दिएको छ ।

‘उहाँहरुले जतिखेर पनि त्यही आयोग छ, आयोगमा नै लगेर जाउँ सबै विषय त्यसैले समाधान गर्छ भनिरहनुभयो’, वार्तामा सामेल बोधकुमारी गिरीले सुनाइन् । सरकारी वार्ता टोलीले जाँचबुझ आयोगमा पीडितले निवेदन दिने र त्यसपछि आयोगले प्रमाण जुटाएर जे जस्तो सिफारिस गर्छ त्यही अनुसार कारबाही गर्ने विषय राखिरह्यो ।

पीडितले भने मिटरब्याजी साहुले बनाएका लिखत अवैध घोषणा गर्नुपर्ने र अदालतमा पुगेका मुद्दाको सुनुवाइ स्थगित गर्दै फैसला भएका मुद्दाको पुनरावलोकन गर्नुपर्ने मागलाई आफ्नो बटमलाइन बनाए ।

गृह मन्त्रालयका प्रवक्ता जितेन्द्र बस्नेतले मिटरब्याजका सबै विषय सरकारले बनाएको आयोगमा लगेर मात्र समाधान हुने कुरामा आफूहरुले जोड दिएको बताए ।
उनले भने, ‘उहाँहरुले अदालतदेखि मन्त्रिपरिषदसम्मका कुरा राख्नुभएको छ । यी सबै विषय सहजै समाधान हुन् भनेर हामीले आयोग बनाएका हौं । हामीले आज पनि उहाँहरुलाई आयोगमा उजुरी दिनुहोस् र त्यसैको सिफारिस अनुसार काम हुन्छ भनेर पठाएका छौं ।’

मिटरब्याज पीडितले राखेका ६ वटै मागमा सहमति हुने सम्भावना न्यून रहेको बस्नेतको भनाइ छ । ‘अब हामीले आयोग बनाइसकेका छौं त्यसैले उहाँहरुले मागमा उल्लेख गरेअनुसार सबै चिज गर्न सकिने सम्भावना भने कमै छ’ उनले भने ।

सरकार आफ्ना मागहरुबारे सकारात्मक नभएको संघर्ष समितिका प्रवक्ता निर्ग नविन बताउँछन् । ‘उहाँहरुले जसरी पनि १८ गतेकै सहमतिमा हामीलाई ल्याएर नयाँ सहमति नगर्ने बाटो अपनाउन खोज्नुभयो । राज्य हाम्रा मागबारे सकारात्मक भएन ।’

मिटरब्याज पीडितहरु २० चैतदेखि राजधानी काठमाडौंमा आन्दोलित छन् । मिटरब्याज सम्बन्धी जाँचबुझ आयोगले काम सुरु गर्दासम्म आफ्नो जायजेथा सबै गुम्ने भन्दै उनीहरु सरकारले तत्काल राहत हुने विषय सम्बोधन गर्नुपर्ने बताइरहेका छन् ।

२० गतेदेखि शान्तिवाटिकामा बास बसेर सिंहदरबार, बानेश्वर र बालुवाटार केन्द्रित आन्दोलन गरिरहेको मिटरब्याज पीडितसँग सरकारबीच २६ चैतदेखि वार्ता सुरु भएको थियो । शान्तिवाटिकामा भएको पहिलो दिनको वार्तामा सरकारी पक्ष र पीडित पक्षले एक आपसमा परिचय गर्दै सकिएको थियो ।

गृह मन्त्रालयमा भएको दोस्रो दिन सोमबारको वार्तामा सरकारले मिटरब्याज पीडितसंग यस अगाडि गरेका सम्झौताका विषयमा छलफल भएको थियो ।

मंगलबारको वार्तामा मिटरब्याज पीडितले सरकारसंग राखेका मागका विषयमा छलफल भयो । २६ चैतमा मिटरब्याज पीडितले सरकारलाई आफ्ना ६ बुँदे माग बुझाएका थिए । अब अर्को वार्ता बुधबार हुनेछ ।

 


प्रकाशित : २०७९ चैत्र २८, मंगलवार १९:०८

Lumbini Darpan 2

लेखकबाट थप

  • मनकामना सामुदायिक वनको १९ औं साधारण सभा : सुशासन, पारदर्शिता र जवाफदेहीता प्राथमिकतामा
  • राजापानी सामुदायिक वनको २३ औँ साधारण सभा सम्पन्न, पर्यापर्यटन प्राथमिकतामा
  • दर्शन सहकारीको १९ औँ बार्षिक साधारण सभा सम्पन्न : ज्येष्ठ सदस्य, असल ऋणी र बचतकर्ता सम्मानित
  • विद्यालयका समस्या पहिचान गर्न वडा स्तरिय युवा क्लवकाे छलफल, विद्यार्थीलाई चित्रकला प्रशिक्षण
  • शान्ति दिवसकाे अवसरमा १० बुदे बुद्धभूमि घाेषणा पत्र जारि
प्रतिक्रिया

यो पनि पढौँ

समय, प्रविधि र नयाँ पुस्ताको सोच अनुसार एमाले रूपान्तरण हुनुपर्छ : उपाध्यक्ष विष्ट

साना किसान मोतिपुरद्वारा अवकाश प्राप्त कर्मचारीलाई सम्मानसहित विदाइ

बाणगंगा ९ का सामुदायिक वनमा भरुवा बन्दुक लुकाउने क्रम रोकिएन, थप ४ नाल बरामद

सडक दुर्घटनाबाट तिलोत्तमाका एक पत्रकारको मृत्यु ।

एनपीएल आजदेखि, उद्‌घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै

आनी छोइङको नियुक्तिविरुद्ध माइतीघरमा प्रदर्शन

अम्बिकादेवी पौडेलको आत्मकथा ‘सङ्कल्पको मेरो यात्रा’ विमोचन

मनकामना सामुदायिक वनको १९ औं साधारण सभा : सुशासन, पारदर्शिता र जवाफदेहीता प्राथमिकतामा

राजापानी सामुदायिक वनको २३ औँ साधारण सभा सम्पन्न, पर्यापर्यटन प्राथमिकतामा

दर्शन सहकारीको १९ औँ बार्षिक साधारण सभा सम्पन्न : ज्येष्ठ सदस्य, असल ऋणी र बचतकर्ता सम्मानित

कपिलवस्तुको गौडीचोकमा एक पुरुष मृत फेला

दशैं मनाउन काठमाडौं उपत्यका छाड्ने यात्रुको चाप बढ्यो

भर्खरै

  • समय, प्रविधि र नयाँ पुस्ताको सोच अनुसार एमाले रूपान्तरण हुनुपर्छ : उपाध्यक्ष विष्ट

  • ठाकुरापुरमा बृहत् देउसीभैलो तथा सांस्कृतिक साँझ हुँदै

  • सामाजिक सेवामा रुपक गुप्ताको पहल, ११७ विद्यार्थीले पाए शैक्षिक झोला

  • साना किसान मोतिपुरद्वारा अवकाश प्राप्त कर्मचारीलाई सम्मानसहित विदाइ

  • नथाक्ने पाइला, नझुक्ने जीवन (कविता)

  • बाणगंगा ९ का सामुदायिक वनमा भरुवा बन्दुक लुकाउने क्रम रोकिएन, थप ४ नाल बरामद

  • सडक दुर्घटनाबाट तिलोत्तमाका एक पत्रकारको मृत्यु ।

  • एनपीएल आजदेखि, उद्‌घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै

  • आनी छोइङको नियुक्तिविरुद्ध माइतीघरमा प्रदर्शन

  • अम्बिकादेवी पौडेलको आत्मकथा ‘सङ्कल्पको मेरो यात्रा’ विमोचन


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
कार्यकारी निर्देशक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech