लुदअ, जितपुर
सैनामैनाका १० कमल पोख्रेल छिमेकी सिता को मृत्यु संस्कारका निम्ति लक्ष्मणघाट शवदाह स्थलमा पुगे मर्दापर्दा उनी छरछिमेको मलामी प्राय आउने गरेको बताए । उनले नदी किनारमा बनेको शवदाहस्थल निर्माणले खुसी भएको अनुभुती गर्दै आश्चर्य मान्दै भने यो कसले निर्माण गरेहोला ? अब दु :ख का दिन गए कसैले नसोचेको बास्तविक दु: ख बुझेर यो बनाउनेलाई ह्दयदेखि नै धन्यवाद उनले सुनाए । त्यतिकैमा नजिकै रहेका बाणगंगा ७ का रमेश वि.सी ले बुद्धभुमीको यो अनुकरणीय काम भएको सुनाए । बाणगंगा नगरपालिका का नगर प्रमुख र उप प्रमुखको २०७४ र २०७९ को चुनावी घोषणा पत्रमा समावेश भएका बुदाँ मध्येको एक साझा बुदाँ थियो लक्ष्मणघाटमा शव दाहस्थल निर्माण, तर सो घोषणा बुद्धभुमिका मेयर केशव कुमार श्रेष्ठले पुरा गरिदिएका छन् ।
घोषणा गर्ने तर काम नगर्ने भएपछी हाल आएर बुद्धभूमिले सुरुवात गरेको शवदाह घर निर्माणको सवैले प्रशंशा हुने गरेको छ । शवदाहस्थल नहुँदा कपिलवस्तुबासीलाई मात्र नभई रुपन्देहीका नजिकका ठाँउ सालझण्डी, हरैया रुद्रपुर,सैनामैनाका अधिकांश भुभागका साथै अर्घाखाँचीको दक्षिणी क्षेत्र शितगंगाका अधिकांस गाउँ बस्ती बाट लक्ष्मणघाट ल्याईने शव अन्त्येष्टी का लागि ल्याईन्छ ।

यस अगाडी बाणगंगा नदिमा शवदाहस्थल बनाउनका लागी संघर्ष समितिनै बनेको थियो । तर त्यो संघर्ष समितिले पटक पटक शवदाह निर्माणका कुनै पनी निकायले वास्ता गरेको थिएन ।
शव दाह स्थलमा ‘गेभिन प्रोटेक्सन सहित दुई फायर व्रिक्स मेटल सिटवाल लगायतका निर्माण कार्य निर्माण भएका छन् । हिँउद र बर्खायाममा समेत अन्त्येष्टी गर्न सकिने योजनाका साथ आधुनिक तवरले निर्माण भएको र वरिपरि व्यवस्थित ग्याविन वाल निर्माण ले बाढीले समेत क्षेती नहुने गरि निर्माण गरिएको बुद्धभुमीका सव ईन्जिनियर नमराज पौडेलले बताए ।
२०७० सालमा बाणगंगा नदिमा शवदाह गर्दागर्दै करिव ५० मलामीलाई बाढीले घेरेको र गत वर्ष पनी बाढीले शव अन्तेष्टि हुन नपाउदै बगाएर लगेको स्थानिय हुमनाथ भट्राई बताउछन् । वर्षातको समयमा लक्ष्मणघाट शवदाह स्थलमा देखिएको त्यो दृश्यले निकै कहालीलाग्दो अवस्था देखाइरहयो । झयाट्ट हेर्दा कुनै चलचित्रको दृश्य जस्तै देखिने यो तस्बिरले निकै ठुलो पीडा देखाई समग्र जिल्लालाई नै गिज्जाईरहेको थियो । यति ठूलो दाहसंस्कार गर्ने स्थलको भने अहिले सम्म व्यवस्थित ढङ्गले निर्माण हुन नसक्दा भने नागरिकहरु सास्ती खेप्न बाध्य थिए ।
लक्ष्मणघाट क्षेत्रलाई धार्मिक रुपमा पनि चिन्ने गरिएको छ भने आन्तरिक पर्यटकीय स्थलरूपमा रहेकोले पनि लक्ष्मणघाट स्थित शवदाह स्थलको पनि निकै महत्त रहेको छ । तर स्थानीय तह बनेको ६ बर्ष बढी भई सक्दा समेत अन्य नगरपालिकाको निति तथा कार्यक्रममा यो स्थलको व्यवस्थापनमा कुनै ध्यान पुगेको छैन ।

त्यस्तै अहिले सम्म लक्ष्मणघाट शव दाह स्थलमा शवको अन्त्यष्टिका लागि आउने नागरिकहरुले आवश्यक दाउराको व्यस्थापन आफैले गनुपर्ने बाध्यता रहेको छ भने नदीको उचित व्यवस्थापन हुन नसक्दा अनेकौँ समस्या भोग्दै आईरहेका मलामीलाई बुद्धभुमी नगरपालिकाको यो कार्यले भने खुसी तुल्याएको छ ।
हाल आधुनिक शव दाह वन्ने भएपछि स्थानिय ले खुसी व्यक्त गरेका छन । ‘अहिले पनि अन्तिम संस्कार धेरैले परम्परागत ढंगबाटै गर्ने चलन छ । यस्तो बेलामा नदीमा प्रदुषण कम गर्ने, वातावरण फोहोर नबनाउने र अन्तिम संस्कारमा नियमित सहभागी हुनेहरुको सहजता, स्वास्थ्यमा पनि प्रतिकुल असर नपुगोस् भन्ने हेतुले प्ररम्परालाई समेत अंगालेर दाउरावाला शवदाह गृह निर्माणका लागि नगरपालिकाले चासो राखेको हो,’ श्रेष्ठले भने । उनले स्थान बाणगंगामा पर्ने भएपनी यो सवैको साझा रहेको हुदाँ नगरबाट गत आर्थिक वर्षमा विनियोजित २० लाख बाट निर्माण गर्न थालिएको र यसवर्ष पनी २० लाख बजेट विनियोजन गरेको बताए । तर लगानी भने सवै नलागेको र अझै सरसफाईका योजनाहरु समेत हुने बताए ।
विगत लामो समय देखि कपिलवस्तुका साथै रुपन्देही र अर्घाखाँचीका पाएक पर्ने क्षेत्रबाट लक्ष्मणघाटमा मलामीहरुले अन्तिम संस्कार सदगतका लागी निश्चित स्थान नहुदा समस्या झेल्दै आएका थिए । शव दाह स्थल सुरु भए संगै शव को दाहसंसकार गर्दा आउने समस्या समाधान हुने निश्चित छ ।
‘अहिले दैनिक ५ देखि १२ वटासम्म शवदाह हुने गरेका छन् । काठ दाउराको सहज उपलब्धता नहुनु , मलामीहरुलाई समयको अभाव जस्ता समस्या लाई शवदाह गृह निर्माण पछी सहजता हुने बताईएको छ । वर्षौ देखी यस क्षेत्रमा शव दाह गर्ने निश्चित स्थान नहुदा समस्या झेल्दै आएका थिए । विशेष गरी वर्षातका बेला बाणगंगा नदि को तटवन्ध सम्म पानी आउने भएकाले शव को दाह संस्कार गर्न साह्ै समस्या आउने गरेको थियो । यता बाणगंगा नगरपालिकाले कागजी डिपिआर निर्माण गरेको तर काम हुन नसकेको बझिएको छ ।

कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नम्बर ७ स्थित बाणगंगा र कोईली नदीको दोभान क्षेत्र लक्ष्मणघाटमा लामो समय देखि शवको अन्त्यष्टि हुदैँ आएको छ । यद्यपी सो स्थलमा हिउँदको तुलनामा वर्षायाममा आउने बाढी र वर्षाका कारण शवको अन्त्यष्टिमा समस्या हुने गरेको हो ।
यस्तो छ मृत्यु संस्कार
हिन्दु परम्परामा मृतकको लासलाई नदी किनारमा जलाउने परम्परा छ ।
हिन्दूहरूका निमित्त जीवनको अन्तिम संस्कार अन्त्येष्टि संस्कार हो । मृतकका नातेदारहरूले मृत्युपछिको जीवनमा मृतकलाई सुख र कल्याण होस् भन्ने भावनाले यो संस्कार सम्पन्न गर्दछन् । अन्य संस्कार जस्तै पछिका युगहरूमा यसका अनेक विधि–उपविधिहरू थपिँदै गए र यो एक स्वतन्त्र र महत्तवपूर्ण संस्कार हुनपुग्यो । अग्निद्वारा दाहसंस्कार गरेर मृतक आत्मालाई पवित्र बनाउनुको साथै पितृलोकतिर बिदा गरिन्छ । प्रारम्भमा शरीरलाई जमीनमा गाड्ने वा जलाउने चलन नभएको बुझिन्छ । वैदिककालदेखि मात्र यस्तो चलन लोकप्रिय हुन थाल्यो । बालकको मृत्यु भएमा वा सन्तहरूलाई अग्निमा नराख्ने पुरानो चलन हिन्दू समाजमा अहिले पनि छ । दाहसंस्कार गरेपछि बाँकी रहेको अस्थि अवशेषलाई पुनः कुनै पात्रमा राखेर भूमिमा गाड्ने प्रलचन माध्यन्दिनीय शतपथ ब्राह्मण, श्रौतसूत्र तथा गृह्यसूत्रहरूमा उल्लेख गरेको पाइन्छ ।




















