ताजा अपडेट

समय, प्रविधि र नयाँ पुस्ताको सोच अनुसार एमाले रूपान्तरण हुनुपर्छ : उपाध्यक्ष विष्ट

ठाकुरापुरमा बृहत् देउसीभैलो तथा सांस्कृतिक साँझ हुँदै

सामाजिक सेवामा रुपक गुप्ताको पहल, ११७ विद्यार्थीले पाए शैक्षिक झोला

साना किसान मोतिपुरद्वारा अवकाश प्राप्त कर्मचारीलाई सम्मानसहित विदाइ

नथाक्ने पाइला, नझुक्ने जीवन (कविता)

बाणगंगा ९ का सामुदायिक वनमा भरुवा बन्दुक लुकाउने क्रम रोकिएन, थप ४ नाल बरामद

सडक दुर्घटनाबाट तिलोत्तमाका एक पत्रकारको मृत्यु ।

एनपीएल आजदेखि, उद्‌घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै

आनी छोइङको नियुक्तिविरुद्ध माइतीघरमा प्रदर्शन

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

बाणगंगा नगरपालिकाद्धारा डेढ अर्ब बढीको बजेट प्रस्तुत

Lumbini Darpan 2 २०८० असार ९, शनिबार १८:१४

कपिलवस्तु, असार ९
कृषि, उद्यमशिलता, शिक्षा, स्वास्थ्य, सुुशासन, दिगो र वातावरण मैत्री पुर्वाधार लगायत विभिन्न पक्षलाई प्राथमिकतामा राख्दै कपिलवस्तु जिल्लाको बाणगंगा नगरपालिकाले आगामी आर्थिक वर्ष २०८०।०८१ का लागि नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ । नगरपालिकाको १३ औं नगरसभाले आगामी आर्थिक बर्ष २०८०/०८१ का लागि रु १ अर्ब ५६ करोड ३२ लाख ९३ हजार रुपैयाँको रुपैयाँ बराबरको बजेट नगरपालिकाका उप प्रमुख रीता कुमारी चौधरीले सार्वजनिक गरेकी हुन् ।

संघीय सरकारबाट प्राप्त शसर्त चालु बजेट रु. ४४ करोड ९५ लाख, पूँजीगत रु. ३ करोड ४५ लाख, संघीय विशेष रु. ५० लाख, संघीय समपुरक रु. ६० लाख, गरी जम्मा रु. ४९ करोड ५० लाख, प्रदेश सरकारबाट प्राप्त शसर्त चालु रु.५८ लाख, पूँजीगत रु. १ करोड ३२ लाख, प्रदेश समपुरक रु. १ करोड ५० लाख गरी जम्मा रु. ३ करोड ४० लाख, सामाजिक सुरक्षातर्फ रु. ३७ करोड र योजना तथा कार्यक्रमको लागत सहभागिता रु. ३ करोड ५० लाख गरी जम्मा रु. ९० करोड ८० लाख बाडफाड गरिएको छ ।

बाँकी रु. ६२ करोड ५९ लाख ९२ हजार बजेटबाट आर्थिक विकास रु. ९ करोड ४४ लाख ९३ हजार, सामाजिक विकासमा रु. ५२ करोड, पूर्वाधार विकासमा रु. ३६ करोड ५२ लाख ५० हजार, वन वातावरण तथा विपद व्यवस्थापनमा रु. १ करोड ११ लाख र संस्थागत सुशासनको क्षेत्रमा रु. २० करोड २४ लाख ५० हजार बाडँफाँड गरिएको छ ।

यता चालु आर्थिक वर्षको समष्टिगत बित्तीय प्रगति अन्तर्गत चालु आ. व. २०७९/०८० मा कूल आय अनुमान १ अर्ब २८ करोड ८२ लाख ४६ हजार ९ सय ८९ रहेकोमा जेष्ठ मसान्तसम्म १ अर्ब ८ करोड ७७ लाख ६० हजार ४ सय १८ प्राप्त भएको छ । आन्तरिक आम्दानीको समिक्षा गर्दा प्रस्तावित आय रू. ६ करोड ७२ लाख ८१ हजार ७ सय ६१ अनुमान गरिएकोमा २०८० जेष्ठ मसान्तसम्म रू. ५ करोड ८४ लाख ५८ हजार ९ सय १२ मात्र असुली भई ८६.८८ प्रतिशत आन्तरिक आयतर्फको लक्ष्य प्राप्त गरिएको छ भने वार्षिक लक्ष्य भन्दा बढी हुने संसोधित अनुमान रहेको । चालु आर्थिक वर्ष २०७९।०८० को खर्चको संक्षिप्त समिक्षा गर्दा प्रस्तावित आय रू. १ अरब २८ करोड ८२ लाख ४६ हजार ९ सय ८९ मध्ये चालुतर्फ रु. ७० करोड ९१ लाख ९३ हजार ९ सय ८७ विनियोजन गरिएकोमा २०८० जेष्ठ मसान्तसम्म रु. ४५ करोड ७१ लाख ५९ हजार २ सय ४६ खर्च भई ६४.४५ प्रतिशत र पूँजिगत खर्चतर्फ रू.५७ करोड ९० लाख ५३ हजार २ विनियोजन गरिएकोमा रु. २६ करोड ७४ लाख ३२ हजार ७ सय १९ खर्च भई ४६.१८ प्रतिशत गरी जम्मा ५६.२४ प्रतिशत खर्च प्रगति भएको छ । आगामी आषाढ मसान्तसम्म करिब ८५ प्रतिशत भन्दा बढी खर्च हुन सक्ने संसोधित अनुमान गरिएको छ ।

नगरपालिकाले कृषि क्षेत्रको उत्पादन र उत्पादकत्व बृद्धि गर्ने, उद्यमशिलता विकास र आय अर्जन, दिगो र वातावरणमैत्री पुर्वाधार बिकास र विपद ब्यबस्थापन, गुणस्तरिय शिक्षा, स्वास्थ्य, सामाजिक विकास, सामाजिक परिचालन, सामाजिक परिवर्तन, सुशासन, सार्वजनिक सेवा प्रवाह र मानव संसाधन विकासलाई मुख्य प्राथमिकतामा राखेर आगामी आर्थिक बर्षको नीति कार्यक्रम तथा बजेट सार्वजनिक गरेको हो ।

उपमयेर चौधरीले बजेट प्रस्तुत गर्ने क्रममै नगरसभाका सदस्यहरुले वडा नम्बर १० का वडा अध्यक्ष यमप्रसाद पोख्रेललाई डिविजन वन कार्यालय तौलिहवाले नियन्त्रणमा लिई हिरासतमा राखेको प्रति विरोध गर्दै स्थानीय तह ऐन २०७४ अन्तर्गत बाणगंगा नगरपालिकाको नगर सभा सञ्चालन कार्यविधि २०७४ को दफा १९ बमोजिम अर्को ुुचना जारी नभए सम्मका लागि बैठक स्थगित गरिएको एक सुचना मार्फत जानकारी गराईएको छ ।

बाणगंगा नगरपालिका– ४ स्थित पिस हिमालयन रिर्सोटमा भएको उक्त बैठकमा नगरसभाका सदस्यहरुले उठेर विरोध जनाएपछि नगरसभाका अध्यक्ष चक्रपाणी अर्यालले अर्को सुचना जारी नहुँदा सम्मका लागी बैठक स्थगित गरिएको जानकारी गराउनुभएको थियो ।

 


प्रकाशित : २०८० असार ९, शनिबार १८:१४

Lumbini Darpan 2

लेखकबाट थप

  • मनकामना सामुदायिक वनको १९ औं साधारण सभा : सुशासन, पारदर्शिता र जवाफदेहीता प्राथमिकतामा
  • राजापानी सामुदायिक वनको २३ औँ साधारण सभा सम्पन्न, पर्यापर्यटन प्राथमिकतामा
  • दर्शन सहकारीको १९ औँ बार्षिक साधारण सभा सम्पन्न : ज्येष्ठ सदस्य, असल ऋणी र बचतकर्ता सम्मानित
  • विद्यालयका समस्या पहिचान गर्न वडा स्तरिय युवा क्लवकाे छलफल, विद्यार्थीलाई चित्रकला प्रशिक्षण
  • शान्ति दिवसकाे अवसरमा १० बुदे बुद्धभूमि घाेषणा पत्र जारि
प्रतिक्रिया

यो पनि पढौँ

समय, प्रविधि र नयाँ पुस्ताको सोच अनुसार एमाले रूपान्तरण हुनुपर्छ : उपाध्यक्ष विष्ट

साना किसान मोतिपुरद्वारा अवकाश प्राप्त कर्मचारीलाई सम्मानसहित विदाइ

बाणगंगा ९ का सामुदायिक वनमा भरुवा बन्दुक लुकाउने क्रम रोकिएन, थप ४ नाल बरामद

सडक दुर्घटनाबाट तिलोत्तमाका एक पत्रकारको मृत्यु ।

एनपीएल आजदेखि, उद्‌घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै

आनी छोइङको नियुक्तिविरुद्ध माइतीघरमा प्रदर्शन

अम्बिकादेवी पौडेलको आत्मकथा ‘सङ्कल्पको मेरो यात्रा’ विमोचन

मनकामना सामुदायिक वनको १९ औं साधारण सभा : सुशासन, पारदर्शिता र जवाफदेहीता प्राथमिकतामा

राजापानी सामुदायिक वनको २३ औँ साधारण सभा सम्पन्न, पर्यापर्यटन प्राथमिकतामा

दर्शन सहकारीको १९ औँ बार्षिक साधारण सभा सम्पन्न : ज्येष्ठ सदस्य, असल ऋणी र बचतकर्ता सम्मानित

कपिलवस्तुको गौडीचोकमा एक पुरुष मृत फेला

दशैं मनाउन काठमाडौं उपत्यका छाड्ने यात्रुको चाप बढ्यो

भर्खरै

  • समय, प्रविधि र नयाँ पुस्ताको सोच अनुसार एमाले रूपान्तरण हुनुपर्छ : उपाध्यक्ष विष्ट

  • ठाकुरापुरमा बृहत् देउसीभैलो तथा सांस्कृतिक साँझ हुँदै

  • सामाजिक सेवामा रुपक गुप्ताको पहल, ११७ विद्यार्थीले पाए शैक्षिक झोला

  • साना किसान मोतिपुरद्वारा अवकाश प्राप्त कर्मचारीलाई सम्मानसहित विदाइ

  • नथाक्ने पाइला, नझुक्ने जीवन (कविता)

  • बाणगंगा ९ का सामुदायिक वनमा भरुवा बन्दुक लुकाउने क्रम रोकिएन, थप ४ नाल बरामद

  • सडक दुर्घटनाबाट तिलोत्तमाका एक पत्रकारको मृत्यु ।

  • एनपीएल आजदेखि, उद्‌घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै

  • आनी छोइङको नियुक्तिविरुद्ध माइतीघरमा प्रदर्शन

  • अम्बिकादेवी पौडेलको आत्मकथा ‘सङ्कल्पको मेरो यात्रा’ विमोचन


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
कार्यकारी निर्देशक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech