ताजा अपडेट

माल्दिभ्समा हुने साफ यू–२० च्याम्पियनशिपका लागि नेपाली टोली घोषणा

रामेछाप दुर्घटना : असई र मतदान अधिकृतको मृत्यु, गम्भीर घाइतेलाई काठमाडौं पठाइयो

कपिलवस्तु १ मा बदलियो जनसर्मथन भाट अगाडी

कपिलवस्तु १ मा युवाहरु एमाले प्रति उत्साहित, २ सय बढी युवा एमालेमा प्रवेश

होटल तथा पर्यटन व्यवसायी संघ कपिलवस्तुद्धारा प्रशासनको सुचना पालना गर्न अनुरोध

कपिलवस्तु १ मा एमालेको चुनावी सरगर्मी बढ्दो, चौधरीलाई जिताउन मतदाता उत्साहित

इरानका सर्वोच्च नेता खामेनीको मृत्यु पुष्टि, ४० दिन शोक घोषणा

सबैलाई मिलाएर अगाडि जाने तागत कांग्रेसमा मात्र छ ; सभापति गगनकुमार थापा

४४औँ मगर दिवस, बनकसियामा विविध सांस्कतिक कार्यक्रम

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

जरिवानाको बिषय पेचिलो बन्दै, मायादेवीमा प्रहरी र पालिका बिच खटपट

Lumbini Darpan 2 २०८० श्रावण ३१, बुधबार १४:०९
[sharethis-inline-buttons]

हरि आचार्य, कपिलवस्तु
सवारी चेकजाँचमा कडाई गरी कपिलवस्तुको मयादेवी गाउँपालिकाका अध्यक्षका कार्यकर्तालाई जरिवाना गराए पछि गाउँपालिका र प्रहरी विच विवाद चुलिएको छ । साउन २६ गते आइतवार जनप्रतिनिधि निकटका सवारी चालकलाई कारवाही गरी जरिवाना तिराए पछि गाउँपालिका आक्रोशित भएको छ । नियन्त्रणमा लिएका मोटरसाइकललाई तत्काल छोड्न नमाने पछि गाउँपालिकाले प्रेस विज्ञप्ती निकालेर विरोध जनाएको छ । विज्ञप्तीमा चेकजाँचको नाममा स्थानीयलाई दुःख दिने काम भएको भन्दै प्रहरीलाई दिदै आएको सहयोग बन्द गरिएको उल्लेख गरिएको छ ।

प्रहरीका अनुसार आइतवार राती अन्दाजी ८ वजे इलाका प्रहरी कार्यालय पकडीले चेँकजाँच गर्ने क्रममा २ ओटा मोटरसाइकल नियन्त्रणमा लिएको थियो । लु ४१ प ६९८९ नम्बरको मोटरसाइकल चालक ममह अजमल र लु ६२ प ६१०१ नम्बरको मोटरसाइकल चालक अब्दुल सहित अन्य मोटरसाइकल कागजात विना चलाए पछि ईलाका प्रहरी कार्यालय पकडि र ट्राफिक प्रहरीको संयुक्त चेकजाँचमा रोकिएको थियो । दुबै चालकले लाइसेन्स र व्लुबुक घरमा छुटेको बताए पछि प्रहरीले शंकाको दायरामा राखेको थियो ।
चालकहरुले केही बेर फोन गरे पछि मायादेवी गाउँपालिकाका अध्यक्ष वलीउद्धीन मुसलमान, वडा नम्बर १ अध्यक्ष मोहम्मद इसवाक मुसलमान, वडा नम्बर ३ का अध्यक्ष शैलेन्द्र कुमार यादव, वडा नम्बर ४ का अस्फाक अहमद मुसलमान र वडा नम्बर ८ का अध्यक्ष मुस्ताक अहमद मुसलमान सहितको टोली चेकजाँच स्थल पुगेको थियो । उनीहरुले दुबै मोटरसाइकल छाड्न आग्रह गरेको प्रहरीले जनाएको छ ।

जनप्रतिनिधिको दवाव दिए पछी प्रहरीले कागजात नहेरी कागज पत्र साथमा नभएको जनाउदै ५ सय रुपैया जरिवाना तिराएको थियो । जरिमाना तिरे पछि प्रहरीले मोटरसाइकल छाडेको थियो । जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी नायव उपरीक्षक मिन घलेले सवारी चेकजाँच गर्दा जरिवाना लिएको र घट्ना सामान्य रहेको बताए ।

यता मायादेवी गाउँपालिका अध्यक्ष वलीउद्धीन मुसलमानले चेकजाँचको नाममा दुधे वालक र महिलाहरुले सास्ती पाएको गुनासो आएको बताए । प्रहरी र जनप्रतिनिधि विच राम्रो सम्वन्ध हुनु पर्नेमा स्थानीयलाई दुःख दिने काम भएको थियो । इलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक शिव कुमार क्षेत्रीलाई कारवाही हुनु पर्ने अध्यक्ष मुसलमानको माग रहेको छ ।

गाउँपालिकाले इलाका प्रहरी कार्यालय पकडी मातहतको अस्थायी प्रहरी चौकी विजुवाको भवनको भाडा तिर्दै आएको थियो । सोमबार कार्यपालिकाको बैठक बसी प्रहरीलाई दिएको सेवा सुविधा रोक्ने निर्णय गरेको जनाएको छ । प्रहरीको असहयोगको कारणले सेवा कटौती भएको अध्यक्ष मुुसलमानले बताए । प्रहरीलाई उपलव्ध गराउने सेवा सुविधा रोक्ने विषयमा आफूलाई जानकार नभएको प्रमुख प्रशासकिय अधिकृत प्रमेश्वर यादवले बताए ।

विजुवा प्रहरी चौकीको भाडा पालिकाले नबेहोर्ने भए पछि प्रहरी चौकी रहने नरहनेमा अन्यौल भएको छ । इलाका प्रहरी कार्यालयले अस्थायी प्रहरी चौकी कायम राख्न स्थानीय सँग छलफल गरिएको प्रहरी निरीक्षक क्षेत्रीले बताए । स्थायी प्रहरी चौकीको लागी प्रहरी कार्यालय सँग बजेटको व्यवस्थापन नहुने बताइएको छ ।

मायादेवी आलोचित
मायादेवी गाउँपालिकाका कतिपय जनप्रतिनिधिहरुको व्यक्तिगत स्वार्थका कारणले प्रहरी संगठनलाई बदनाम गराएको भन्दै स्थानीयले गाउँपालिकाको आलोचना गरेका छन् । स्थानीय सामाजिक रुपान्तरण विभिन्न व्यक्तिहरुले समाजिक संजालमा चेकजाँचको क्रममा चालकको लाईसेन्स र गाडीको कागजात नभएका कारण नियन्त्रणमा लिएको अवस्थामा आफुहरुले ईलाका प्रहरी कार्यालयलाई बजेट दिएको भन्दै बजेट कटौति गर्नु व्यक्तिगत स्वार्थ निहित भएको बताएका छन् ।

 


प्रकाशित : २०८० श्रावण ३१, बुधबार १४:०९

Lumbini Darpan 2

लेखकबाट थप

  • कपिलवस्तु १ मा युवाहरु एमाले प्रति उत्साहित, २ सय बढी युवा एमालेमा प्रवेश
  • होटल तथा पर्यटन व्यवसायी संघ कपिलवस्तुद्धारा प्रशासनको सुचना पालना गर्न अनुरोध
  • कपिलवस्तु १ मा एमालेको चुनावी सरगर्मी बढ्दो, चौधरीलाई जिताउन मतदाता उत्साहित
  • मधेशको समृद्धिसंगै देशको प्रगतिका लागि मेरो उम्मेद्वारी : विश्राम प्रसाद चौधरी
  • सुकुम्वासीका समस्या समाधान गर्ने एक मात्र पार्टी एमाले हो: नेता पोख्रेल
प्रतिक्रिया

यो पनि पढौँ

रामेछाप दुर्घटना : असई र मतदान अधिकृतको मृत्यु, गम्भीर घाइतेलाई काठमाडौं पठाइयो

कपिलवस्तु १ मा बदलियो जनसर्मथन भाट अगाडी

इरानका सर्वोच्च नेता खामेनीको मृत्यु पुष्टि, ४० दिन शोक घोषणा

सबैलाई मिलाएर अगाडि जाने तागत कांग्रेसमा मात्र छ ; सभापति गगनकुमार थापा

४४औँ मगर दिवस, बनकसियामा विविध सांस्कतिक कार्यक्रम

मधेशको समृद्धिसंगै देशको प्रगतिका लागि मेरो उम्मेद्वारी : विश्राम प्रसाद चौधरी

कपिलवस्तुमा जनप्रतिनिधिहरु आचारसंहिता विपरित खुलेयाम चुनावी प्रचारप्रसारमा

गिलासमा मत हाल्दा गर्व लाग्छ : शिवकला

उपचारका लागि आर्थिक सहयोग गरिदिन साम्बाको अपिल

स्वास्थ्यकर्मीलाई चुनावमा नखटाउन आग्रह

कपिलवस्तु १ मा अनेरास्ववियु सक्रिय, एमाले उम्मेद्वार चौधरीलाई जिताउन उत्साहित

हिल्बर्ट स्कुलको १६ औँ स्थापना दिवस: १३ सय बढी विद्यार्थी स्टेज चढे, १ सयले कार्यक्रम चलाए

भर्खरै

  • माल्दिभ्समा हुने साफ यू–२० च्याम्पियनशिपका लागि नेपाली टोली घोषणा

  • रामेछाप दुर्घटना : असई र मतदान अधिकृतको मृत्यु, गम्भीर घाइतेलाई काठमाडौं पठाइयो

  • कपिलवस्तु १ मा बदलियो जनसर्मथन भाट अगाडी

  • कपिलवस्तु १ मा युवाहरु एमाले प्रति उत्साहित, २ सय बढी युवा एमालेमा प्रवेश

  • होटल तथा पर्यटन व्यवसायी संघ कपिलवस्तुद्धारा प्रशासनको सुचना पालना गर्न अनुरोध

  • कपिलवस्तु १ मा एमालेको चुनावी सरगर्मी बढ्दो, चौधरीलाई जिताउन मतदाता उत्साहित

  • इरानका सर्वोच्च नेता खामेनीको मृत्यु पुष्टि, ४० दिन शोक घोषणा

  • सबैलाई मिलाएर अगाडि जाने तागत कांग्रेसमा मात्र छ ; सभापति गगनकुमार थापा

  • ४४औँ मगर दिवस, बनकसियामा विविध सांस्कतिक कार्यक्रम

  • मधेशको समृद्धिसंगै देशको प्रगतिका लागि मेरो उम्मेद्वारी : विश्राम प्रसाद चौधरी


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
प्रबन्ध सम्पादक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  
 

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech