ताजा अपडेट

समय, प्रविधि र नयाँ पुस्ताको सोच अनुसार एमाले रूपान्तरण हुनुपर्छ : उपाध्यक्ष विष्ट

ठाकुरापुरमा बृहत् देउसीभैलो तथा सांस्कृतिक साँझ हुँदै

सामाजिक सेवामा रुपक गुप्ताको पहल, ११७ विद्यार्थीले पाए शैक्षिक झोला

साना किसान मोतिपुरद्वारा अवकाश प्राप्त कर्मचारीलाई सम्मानसहित विदाइ

नथाक्ने पाइला, नझुक्ने जीवन (कविता)

बाणगंगा ९ का सामुदायिक वनमा भरुवा बन्दुक लुकाउने क्रम रोकिएन, थप ४ नाल बरामद

सडक दुर्घटनाबाट तिलोत्तमाका एक पत्रकारको मृत्यु ।

एनपीएल आजदेखि, उद्‌घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै

आनी छोइङको नियुक्तिविरुद्ध माइतीघरमा प्रदर्शन

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

एक वर्षमा खान अयोग्य ६६ हजार किलो ब्रोइलर कुखुरा नष्ट

लुम्बिनी दर्पण २०८० श्रावण ३२, बिहीबार १६:५६

सीमावर्ती बजार क्षेत्रमा प्रमुख समस्याको रुपमा अवैध कुखुराको तस्करी रहेको छ । रोग परीक्षण बिना भारतबाट दिनहुँ ब्रोइलर कुखुरा भित्रिँदा यसले मानव स्वास्थ्यमा असर पर्ने उच्च सम्भावना रहे पनि भारतबाट अवैध कुखुरा आउने क्रम रोकिएको छैन ।

भारतबाट वर्डफ्लु भित्रिन नदिन पंक्षी तथा पक्षीजन्य वस्तु ल्याउन प्रतिबन्ध रहेकोले भारतबाट नेपाल ल्याउँदै गरेका चल्ला र तयारी कुखुरा नियन्त्रणमा लिएर नष्ट गरिने गरिन्छ । अवैध चल्ला र कुखुरा ल्याउनेहरुलाई कारवाही समेत हुने गरेको छ ।

सीमा क्षेत्रमा सशस्त्र प्रहरी र नेपाल प्रहरीका विभिन्न युनिटहरु हुँदाहुँदै पनि खुला सीमाका कारण अवैध कुखुरा, मासु चल्ला, माछा र अण्डा नेपाल भित्रिँदै आएका छन् । सुरक्षा निकाय र भन्सारले बरामद गरेको अवैध पशुपंक्षी तथा पशुजन्य पदार्थको प्रक्रिया गत रुपमा नष्ट गर्ने गरिन्छ ।

पशु क्वारेन्टाइन कार्यालय भैरहवा, रुपन्देहीले मात्रै आर्थिक वर्ष २०७९/८० मा ६६ हजार २ सय एक किलो ब्रोइलर कुखुरा, २१ हजार ८ सय ६५ वटा ब्रोइलर कुखुराको चल्ला, १ हजार ३ सय ११ किलो कुखुराको मासु, २ हजार एक सय वटा सेतो अण्डा, ३ हजार ८ सय ४५ किलो माछा, २ सय ३० किलो बंगुरको मासु, ७ सय ५० किलो सिद्रा माछा र ५ सय ६१ वटा एक्वेरियम माछा नष्ट गरेको छ ।

कार्यालय प्रमुख डा. भक्त निउरेका अनुसार कार्यालयअन्तर्गत बेलहिया, कृष्णनगर र महेशपुरमा पशु क्वारेन्टाइन चेकपोष्ट रहेकोमा ती पोस्टअन्तर्गत एकवर्षको अवधिमा २२ हजार ८७ वटा अर्थात् विगतको वर्ष भन्दा अहिले ३ गुणा बढी ब्रोइलर कुखुरा नष्ट गरिएको छ । अवैध वस्तु नष्ट गर्नेमा बेलहिया पोस्ट नै सबैभन्दा बढी ११ हजार ५ सय १४ वटा ब्रोइलर कुखुरा नष्ट गरेको छ । त्यस्तै कृष्णनगरले १ हजार ६ सय ९ र महेशपुरले ८ हजार ९ सय ६४ वटा ब्रोइलर कुखुरा नष्ट गरेको छ ।

कार्यालय प्रमुख निउरेले भने, ‘अवैध मासुजन्य पदार्थ बरामद गरी खानयोग्य नहुने भएपछि हामीले नष्ट गर्ने गरेका छौं, हाम्रै रोहबरमा सुरक्षा निकायले बरामद गरेको अवैध कुखुरा लगायतमा मासुजन्य वस्तु पनि नष्ट हँुदै आएको छ । ’

क्वारेन्टाइनबिनै अवैध बाटोबाट भित्रिएका मासुजन्य पदार्थ खानका लागि योग्य हुँदैन । उपभोक्ता सचेत हुने हो भने अवैध बाटोबाट मरेका, सडेगलेको, विषादी प्रयोग गरेर भित्र्याइएका मासुजन्य पदार्थ विक्री पनि नहुने बताए ।
आर्थिक वर्ष २०७८÷७९ मा १९ हजार ८ सय ४२ किलो कुखुरा नष्ट गरिएकोमा अहिले यो संख्या ३ गुणाले बढेर ६६ हजार २ सय १ किलो पुगेको छ । यस्तै आर्थिक २०७८÷७९ मा ४५ हजार १ सय ४० वटा चल्ला, ७ सय ६० केजी कुखुराको मासु, २ हजार ६ सय ४० वटा सेतो अण्डा, २ हजार ७ सय ५८ किलो खाने माछा र ४ सय ५० किलो अवैध वंगुरको मासु नष्ट गरिएको कार्यालय प्रमुख डा. निउरेले जानकारी दिए ।

यसका साथै कार्यालयले सीमा क्षेत्रमा अनाधिकृत रुपमा खोलिएको ८ वटा ब्रोइलर फार्म बन्द गरिएको, अवैध कुखुरा ओसारपसारमा संलग्न व्यक्तिहरुबाट सुरक्षा निकायको सहयोगमा ७ लाख २३ हजार दण्ड जरिवाना गरिएको, अवैध कुखुरा ढुवानीमा प्रयोग भएको ३२ वटा मोटरसाइकल, ४ वटा अटोरिक्सा र २ वटा पिकअप कारवाहीका लागि भन्सार पठाएको छ भने जिल्लामा अवैध रुपमा कुखुराको मासु विक्रीवितरण गरेका ५ वटा मासु पसल निसंक्रमण गरी बन्द गरिएको कार्यालय प्रमुख डा. निउरेले बताए ।

नेपाली बजारमा कुखुराको मूल्य बढेको मौका छोपेर बिचौलियाहरूले भारतबाट अवैध रूपमा कुखुरा भित्र्याउने गरेका छन् । तर, छोटो दूरीको सिमाना रहेकाले तस्करहरूले भारतबाट आयात गरेर ल्याएका कुखुरा पनि नेपालकै कुखुरा भएको दावी गर्ने गरेका छन् । यसरी अवैध रूपमा कुखुरा आयात हुँदा नेपाली कुखुरा व्यवसायी मर्कामा पर्ने कुरा त छँदै छ, मानव स्वास्थ्यमा समेत असर परिरहेको छ ।

महंगो दरमा दाना तथा चल्ला खरिद गरेका व्यवसायीहरूले मूल्य बढाएर बिक्री गर्न खोज्दा भारतबाट अवैध रूपमा कुखुरा भित्र्याउने तस्करहरूले सस्तो मूल्यमा विक्री गरिदिँदा व्यवसायी मर्कामा परेको नेपाली कुखुरा व्यवसायीको भनाइ छ । भारतबाट अवैध रूपमा आयात हुने कुखुरामा बर्डफ्लूको सम्भावना बढी हुने भएकाले नेपाली कुखुराको मासु नै सेवन गर्नुपर्नेमा उपभोक्ताहरु पनि सचेत नहुँदा समस्या आउने गरेको छ ।

 


प्रकाशित : २०८० श्रावण ३२, बिहीबार १६:५६

लुम्बिनी दर्पण

लेखकबाट थप

  • ठाकुरापुरमा बृहत् देउसीभैलो तथा सांस्कृतिक साँझ हुँदै
  • साना किसान मोतिपुरद्वारा अवकाश प्राप्त कर्मचारीलाई सम्मानसहित विदाइ
  • अम्बिकादेवी पौडेलको आत्मकथा ‘सङ्कल्पको मेरो यात्रा’ विमोचन
  • मन्त्री घिमिरेद्वारा मुसीवान मोटरेबल पुल उद्घाटन, पहाड–तराई यात्रा सहज बन्दै
  • शुद्धोधन–६ मा जसपाको वडा भेला, सयभन्दा बढी कार्यकर्ता पार्टी प्रवेश
प्रतिक्रिया

यो पनि पढौँ

समय, प्रविधि र नयाँ पुस्ताको सोच अनुसार एमाले रूपान्तरण हुनुपर्छ : उपाध्यक्ष विष्ट

ठाकुरापुरमा बृहत् देउसीभैलो तथा सांस्कृतिक साँझ हुँदै

साना किसान मोतिपुरद्वारा अवकाश प्राप्त कर्मचारीलाई सम्मानसहित विदाइ

बाणगंगा ९ का सामुदायिक वनमा भरुवा बन्दुक लुकाउने क्रम रोकिएन, थप ४ नाल बरामद

सडक दुर्घटनाबाट तिलोत्तमाका एक पत्रकारको मृत्यु ।

एनपीएल आजदेखि, उद्‌घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै

आनी छोइङको नियुक्तिविरुद्ध माइतीघरमा प्रदर्शन

अम्बिकादेवी पौडेलको आत्मकथा ‘सङ्कल्पको मेरो यात्रा’ विमोचन

मनकामना सामुदायिक वनको १९ औं साधारण सभा : सुशासन, पारदर्शिता र जवाफदेहीता प्राथमिकतामा

राजापानी सामुदायिक वनको २३ औँ साधारण सभा सम्पन्न, पर्यापर्यटन प्राथमिकतामा

दर्शन सहकारीको १९ औँ बार्षिक साधारण सभा सम्पन्न : ज्येष्ठ सदस्य, असल ऋणी र बचतकर्ता सम्मानित

कपिलवस्तुको गौडीचोकमा एक पुरुष मृत फेला

भर्खरै

  • समय, प्रविधि र नयाँ पुस्ताको सोच अनुसार एमाले रूपान्तरण हुनुपर्छ : उपाध्यक्ष विष्ट

  • ठाकुरापुरमा बृहत् देउसीभैलो तथा सांस्कृतिक साँझ हुँदै

  • सामाजिक सेवामा रुपक गुप्ताको पहल, ११७ विद्यार्थीले पाए शैक्षिक झोला

  • साना किसान मोतिपुरद्वारा अवकाश प्राप्त कर्मचारीलाई सम्मानसहित विदाइ

  • नथाक्ने पाइला, नझुक्ने जीवन (कविता)

  • बाणगंगा ९ का सामुदायिक वनमा भरुवा बन्दुक लुकाउने क्रम रोकिएन, थप ४ नाल बरामद

  • सडक दुर्घटनाबाट तिलोत्तमाका एक पत्रकारको मृत्यु ।

  • एनपीएल आजदेखि, उद्‌घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै

  • आनी छोइङको नियुक्तिविरुद्ध माइतीघरमा प्रदर्शन

  • अम्बिकादेवी पौडेलको आत्मकथा ‘सङ्कल्पको मेरो यात्रा’ विमोचन


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
कार्यकारी निर्देशक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech