नगेन्द्र केसी
शुद्धोधन रुपन्देही
रुपन्देहीको शुद्धोधन गाउँपालिका २ बनगाईमा अवस्थीत खडवा बनगाई सामुदायिक सिकाई केन्द्र शुद्धोधन २ बनगाईको १६ औ साधारण सभा सम्पन्न भएको छ।
खडवा बनगाई सामुदायिक सिकाई केन्द्रका अध्यक्ष उमाकान्त चापागाईको अध्यक्षतामा र शुद्धोधन गाउँपालिका अध्यक्ष विष्णुप्रसाद बस्यालको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा शुद्धोधन गाउँपालिका अध्यक्ष विष्णुप्रसाद बस्यालले उद्घाटन गर्नुभएको थियो।
कार्यक्रममा संस्थाका अध्यक्ष उमाकान्त चापागाईंले शुद्धोधन गाँउपालिका कार्यालय मानपकडी र वडा कार्यालय २ भुजौली रुपन्देहीबाट यस केन्द्रले तालिम सन्चालन गर्नको लागि विनियोजन भएको रकम अपुग हुने र थप रकमको लागि प्रतिवेदन मार्फत आग्रह गर्नुभएको थियो।
शुद्धोधन गाउँपालिका अध्यक्ष विष्णुप्रसाद बस्यालले शैक्षिक, आयआर्जन र सिपमुलक तालिम प्रदान गर्न पालिकामै बिगत देखि खडवा बनगाई सामुदायिक केन्द्र उत्कृष्ट रहदै आएको भन्दै थप सफलताको शुभकामना व्यक्त गर्दै सिकाई केन्द्रको शैक्षिक उन्नतिका लागि उल्लेखिय कार्य गरेको प्रतिबेदनबाट पाएको भन्दै आगामी दिनमा पनि पछाडी पारिएक महिला, वालवालिकालाई शैक्षिक कार्यमा अगाडी बढाउन शुद्धोधन गाउँपालिका र वडा कार्यालयले सहयोग रहने पालिका अध्यक्ष बस्यालले बताउनुभयो।
कार्यक्रममा शुद्धोधन गाउँपालिका उपाध्यक्ष शान्तादेवी ज्ञवाली,शुद्धोधन गाउँपालिका कार्यालय प्रमुख प्रशासकीय अधिकृत लेखनाथ पोख्रेल,शुद्धोधन गाउँपालिका २ का वडा अध्यक्ष कमल खड्का क्षेत्री,समयदेवी टोल विकास संस्थाका अध्यक्ष रमा खड्का,लगायतले शुभकामना मन्तव्य दिनुभएको थियो । संस्थाका आजिवन सदस्य पृथ्वी हरिजनको स्वागतमा र संस्थाका जीवन सदस्य नगेन्द्र ददुवाको सञ्चालनमा सो कार्यक्रम सम्पन्न भएको थियो।




















