लुदस, जितपुर
१४ औ कपिलवस्तु महोत्सव यहि मंशिर २१ गतेदेखि पुष १ गते सम्म हुने भएको छ ।
कपिलवस्तुको बाणगंगा नगरपालिका , ४ नं जितपुरमा महोत्सवको तयारी गर्न थालिएको हो बाणगंगा वेलफेयर सोसाईटिको आयोजनामा यसवर्ष महोत्सव संचालन हुन थालेको हो । यस संगै वेलफेयरले छौठौ पटक महोत्सव संचालन गर्न थालेको हो ।
जिल्लामै ख्यातिप्राप्त वेलफेयरले आयोजना गर्ने महोत्सव निकै भव्य हुने स्थानियहरुको भनाई छ । शुरुवाती चरणसंगै जिल्लामा महोत्सवको सह आयोजक र आयोजकको भुमिकामा रहदै आएकोले पनी युवाहरुको नेतृत्व भव्य हुने स्थानिय रोशन सेनले बताए ।
सोसाईटिका अध्यक्ष राज कुमार खाँणले कोरोना महामारी, आर्थिक मंन्दीले चपेटामा परेका व्यवसायीहरुलाई महोत्सवले व्यवसायिक प्रर्वद्धनमा टेवा पुर्याउने बताए ।
उनले १४ औ संस्करण सम्म आईपुग्दा जिल्ला मात्र नभएर छिमेकि जिल्ला र छिमेकी राष्ट्र भारतका लागि पनी दर्शक र व्यावसायीक हिसावले महत्वपुणर् रहेको भन्दै यसपालीको महोत्सवको समय यस अगाडीको महोत्सवमै सार्वजनिक गरिएको हुदाँ समयमै आयोजना हुने लागेको बताए ।
यस क्षेत्रमै बेग्लै पहिचान बनाएको महोत्सवको मुल नारा “युवा स्वरोजगारको बलियो आधार उद्योग पर्यटन र कृषि क्षेत्रको प्रचार प्रसार एवं प्रर्वद्धनमा प्रोत्साहन” भन्ने रहेको छ ।
यसवर्ष आयोजना हुने महोत्सव यसअगाडी भन्दा पृथक बनाउन विभिन्न कृयाकलापहरु हुने र त्यसका लागि तयारी भैरहेको समेत अध्यक्ष खाँणले बताए ।
महोत्सव तयारीका लागि लाईट एण्ड साउण्ड, स्टल ठेक्का पत्राचार, आन्तरिक उपसमिति निर्माण , १२ आंै कपिलवस्तु डान्स आईडियलको तयारी तिहार अगाडी नै हुने तथा स्टल बुकिî लगाएतका तयारी भएको महोत्सव सचिवालयले जनाएको छ ।
यसवर्ष धेरै दर्शक भित्राउने र व्यवसायिमा उत्साह थप्ने उदेश्यले टिकट गतवर्ष भन्दा सस्तो हुने बताईएको छ




















