हरि आचार्य, कपिलवस्तु
कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नं. ५ का स्थानीयले भुकम्प पिडितको घाउमा मल्हम लगाएका छन् । जाजरकोट भुकम्प पिडितका लागि वडा नंं ५ का स्थानीयहरुले रकम संकलन गरि आर्थिक सहयोग गरेका हुन् । जम्मा रु ३० हजार संकलन गरि जाजरकोट भुकम्प पिडितका लागि प्रधानमन्त्री दैवीप्रकोप उद्वार कोषमा रकम जम्मा गरेको वडा नं. ५ का सामाजिक अभियान्ता मधु पाण्डेले जानकारी दिनुभएको छ ।
केहि दिन अगाडि गएको भुकम्पका कारण जाजरकोटका स्थानीयको अवस्था दयनिय रहेको छ । कष्टकर जिवन विताईरहेका भुकम्प पिडितहरुलाई थोरै भए पनि सहयोग गर्ने उद्देश्यले सबै वडावासी मिलेर रकम संकलन गरि पठाईएको अभियान्ता पाण्डेले बताउनुभयो । उहाँले सक्दो सहयोग गर्न सम्पुर्णलाई अनुरोध समेत गर्नुभएको छ ।





















