लुदस जितपुर
१४ औं कपिलवस्तु महोत्सवको समय अव दुई दिन मात्र बाकी रहदा माहोल झनै बढी तातिदै गएको छ । शुक्रवार चर्चित लोकदोहोरी गायक पशुपती शर्मा र विष्णु श्रीपाली को गीतमा दर्शकले मनोरञ्जन लिएका छन् । उनीहरुले महोत्सवमा आफ्ना प्रस्तुती राख्दा समर्थनमा दर्शकहरुले हुटिङ गर्दै साथ दिएका थिए ।
कार्यक्रममा आधुनिक गाएक रमेशराज भट्राई मेलिना राई लगाएतका कलाकारको प्रस्तुतिमा राति अवेर सम्म दर्शकहरु रमाएका थिए । कलाकारहरुले आफ्ना चर्चित गीतबाट महोत्सवका दर्शकहरुलाई मनोरञ्जन दिलाएका थिए । साथै महोत्सवको आजको शुरुवातमा डा. चिन्तामणीनाथ योगीको प्रवचनबाट वालवालिका तथा उपस्थित दर्शक मन्त्रमुग्ध भएका थिए ।
महोत्सवमा स्थानीय डान्स कलाकार तथा विद्यार्थीहरुले सामुहिक नृत्य समेत रहेको थियो ।
शुक्रवार मात्रै ८ हजार दर्शकले अवलोकन गरेको र ३० लाख रुपैयाको कारोबार भएको महोत्सवका निर्देशक दिनेश क्षेत्रीले जानकारी दिए ।
महोत्सवको सनिवारको आकर्षणमा चर्चित लोक दोहोरी गाएक, प्रमोद खरेल रहेका छन् । यसैगरी टंक तिमिल्सीना, सन्दिप न्यौपाने, मनिष खड्का, रितु शाही लगाएतका कलाकारहरु आयोजकले स्टेजमा उतार्ने तयारी गरेका छन् ।
महोत्सवमा कृषिजन्य स्थानीय उत्पादन देखी अटो, सूचना प्रविधि, खाद्य, लत्ताकपडा, सेवा सुचना लगायतका करिव २ सय भन्दा बढी स्टल रहेका छन् । महोत्सव पौष १ गते गतेसम्म संचालन हुनेछ ।




















