स्वास्थ र शिक्षा स्थानीय तहले सन्चालन र ब्यबस्थापन गर्न नसक्ने बताउनु भएको छ । मंगलबार बर्दघाटमा आयोजित निजि तथा आवासीय बिद्यालय अर्गनाइजेसन नेपाल ९प्याब्सन० को ३३ औ स्थापना दिवस को अवसरमा प्याब्सन नवलपरासी ९ ब।सु।प।० को आयोजनामा गरिएको एक कार्यक्रममा पुर्व मन्त्री तथा जनता प्रगतिशील पार्टिका अध्यक्ष हृदयेश त्रिपाठिले सो कुरा बताउनुभयको हो।
मंगलवार बर्दघाटमा आयोजित निजि तथा आवासीय बिद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सनं) को ३३औ स्थापना दिवस को अवसरमा प्याब्सन नवलपरासी ब.सु.प.को आयोजनामा नेपालको शैक्षिक उन्नयनमा निजि बिद्यालयहरुको योगदान र आवश्यकता ूविषयक प्यानल छलफल कार्यक्रममा बोल्दै सो कुरा बताउनु भयको हो।
प्याब्सन नवलपरासीका अध्यक्ष गुरुदत्त पौडेल को अध्यक्षता तथा संविधान सभा सदस्य यबम पुर्व मन्त्री हृदयेश त्रिपाठिको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा बोल्दै प्रमुख अतिथी त्रिपाठिले अहिले सदनमा पेश भयेको शिक्षा बिधयकले नेपालको शिक्षा क्षेत्र ध्वस्त हुने र सो संविधान बिपरित भयेको बताउनु भयो।
सो अवसरमा प्याब्सन नवलपरासीका प्रमुख सल्लाहकार इन्द्रबहादुर गुरुङ ,प्याब्सन लुम्बिनी प्रदेश सचीव धनराज चापागाईं,प्याब्सन पुर्व केन्द्रिय सदस्य याम बाहादुर थापा,लगायतले मन्त्ब्य राख्नु भयको थियो।
कार्यक्रममा ूनेपालको शैक्षिक उन्नयनमा निजि बिद्यालयहरुको योगदान र आवश्यकता ूविषयक प्यानल छलफलमा जिल्ला शिक्षा समन्वय इकाई नवलपरासीका प्रमुख पूर्ण बाहदुर विश्वकर्मा ,बर्दघाट नगरपालिकाका नगर उपप्रमुख रुद्रप्रकाश उपाध्याय ,प्याब्सन का पुर्व केन्द्रिय सल्लाहकार सुमन गोपाल आचार्य ,बुट्वल उधोग बाणिज्य संघका हरि प्रसाद अर्याल,शिक्षाबिज्ञ रमेश न्यौपाने बिच प्याब्सनका केन्द्रिय सचिव सुवर्ण न्यौपानेले बहस चलाउनु भयेको थियो।
सो अवसरमा सस्थागत बिधालयका सन्चालक,प्याब्सनका पदाधिकारी,सन्चारकर्मी लगायतको उपस्थिति रहेको थियो।
प्याब्सन नवलपरासीका बरिस्ठ उपाध्यक्ष डम्बरबहादुर गुरुङको स्वागत मन्त्ब्य रहेको कार्यक्रम को सन्चालन सहसचिव यज्ञ प्रसाद न्यौपानेले गर्नु भयको थियो।




















