हरि आचार्य, कपिलवस्तु
युनाईटेड बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडेको दोस्रो बार्षिक साधारण सभा सम्पन्न गरिएको छ । स्थापनाको छोटो समयमै बहुउद्देश्यीय सहकारी मध्ये अस्पताल सञ्चालन गरेको पहिलो सहकारी युनाईटेड बहुउद्देश्यीय सहकारी संस्थाले शेयर सदस्यहरुलाई छुट सहित स्वास्थ्य उपचार प्रदान गर्दै आएको छ । अस्पतालले शेयर सदस्यहरुलाई उपचारमा १० प्रतिशत र औषधीमा ५ प्रतिशत छुट प्रदान गर्दै आईरहेको अस्पतालका प्रमुख सुन्दर आचार्यले बताउनुभयो ।
युनाईटेड अस्पतालको प्रांगणमा आयोजित साधारण सभामा सहकारीका सचिव श्याम लाल खनालले प्रगति प्रतिवेदन, कोषाध्यक्ष भिमकान्त भट्राईले आर्थिक प्रतिवेदन र लेखा सुपरिवेक्षण समिति संयोजक यादव शर्माले लेखा सुपरिवेक्षण प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । प्रस्तुत सबै प्रतिवेदन पारित भएका छन् ।

आर्थिक बर्ष २०७९/८० मा सहकारीको शेयर रकम ६ करोड ७० लाख ६० हजार ३ सय, बचत संकलन १ करोड ६४ लाख ४ हजार ८६ त्यसै गरि लगानीमा रहेको ऋण ३ करोड २९ लाख ४ ७ हजार ६ सय ५५ रहेको प्रतिवेदनमा उल्लेख छ ।
कार्यक्रमलाई सम्बोधन गर्दै लुम्विनि प्रदेश सांसद विष्णु पन्थिले युनाइटेड अस्पताललाई प्रदेशकै उत्कृष्ठ सेवा सुविधा प्रदान गर्ने अस्पताल बनाउने बताउनु भएको छ । कार्यक्रमका प्रमुख अतिथि सांसद पन्थीले सहकारीले चलाएको यो अस्पतालमा हाल सम्म २ सय जना डाक्टरले लगानी गरेको वताउदै सो संख्या ५ सय पुराउदै प्रदेशकै नम्वर एक वनाउने उहाले वताउँनु भयो । यो अस्पताल विशेषज्ञ सेवाको हवको रुपमा विकास हुने उहाँले दावि गर्नु भयो ।
कपिलवस्तु अर्घाखाची लगायत छिमेकी जिल्लाको लागि सजिलो हुने भएको बताउदै युनाइटेडबाट दिने सेवामा बिस्तार गरिदै लैजाने बताउनु भयो । साथै विरामीले पाउने सेवा सुविधामा ढुक्क हुन आग्रह गर्नु भयो ।

लुम्बिनी प्रदेशका योजना आयोजका सदस्य सरोज खनालले विकास निमाणाको लागि निजिक्षेत्र तथा सरकारि क्षेत्रको भुमिका उतिकै रहने बताउनु भयो ।
वाणगंगा नगरपालिका उपप्रमुख रिता कुमारी थारुले युनाइटेड अस्पतालले वाणगंगा नगरकोनमुनाको रुपमा रहेको बताउनु भयो ।
कपिलवस्तु संचार सहकारी सस्था तथा मेरिट बचत तथा ऋण सहकारी सस्थाका अध्यक्ष मित्रलाल शर्माले सकृय रुपमा विभिन्न सस्था सन्चालन हुनु नै वाणगंगाको चिनारीको रुपमा रहने बताउनु भयो । साथै अस्पतालले धेरैजनालाई स्वास्थ्यसेवा दिएको बताउनु भयो ।
बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको दोसो वार्षिक साधारण सभाले स्वास्थ्य क्षेत्रको बारेमा फरक खालको छलफल र आगामी दिनको योजनाको पारित गरेको छ । शिक्षा तथा स्वास्थ कृषि मार्फत रोजगारीको श्रृजनासंग यो संस्था अगाडि बढेको अध्यक्ष मुनाराम चालिसेले प्रतिवेदन मार्फत प्रस्तुत गर्नु भएको थियो ।
डा. कृष्ण खनाल, प्रादेशीक अस्पत्ताल बुटवलमा पुर्बमेसु डा.राजेन्द्र खनाल, सहकारी विज्ञ गुणानिधि भुसाल लगायतले शुभकामना दिनु भएको थियो । कार्यक्रमको सञ्चालन सचिव श्याम लाल खनालले गर्नु भएको थियो ।





















