हरि आचार्य, कपिलवस्तु
नेपाल किसान ट्रयाक्टर समिति १९ औं बाािर्षक साधारण सभा तथा नवौं अधिवेशनको संघारमा छ । कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नंं. ८ पुल्चोक स्थित नेपाल किसान ट्रयाक्टर समितिको नवौं अधिवेशन नजिकिरहदा नेतृत्वका लागि विभिन्न प्रयासहरु भईरहेका छन् । समितिको यहि माघ ६ गते नवौं अधिवेशन हुन गईरहेको छ ।
समग्र ट्रयाक्टर व्यवसायीहरुको हक हितका लागि नेतृत्व गर्न आ आफुले उम्मेद्वार हो भनि प्रचार पनि गरिरहेका छन् ।
तर नेपाल किसान ट्रयाक्टर समितिका बर्तमान महा–सचिव झविन्द्र खनाल नेतृत्वमा आउनुपर्ने ट्रयाक्टर व्यवसायीले माग गरेका छन् । ३ सय ५ नियमित ट्रयाक्टर धनी मध्ये अधिकांश ट्रयाक्टर धनीले नेपाल किसान ट्रयाक्टर समितिको अध्यक्षमा हालका महासचिव झविन्द्र खनाल आउनुपर्ने र उहाँले ट्रयाक्टर व्यवसायीको हक हित र संरक्षणका लागि काम गर्न सक्ने विश्वास व्यक्त गरेका छन् ।
२ कार्यकाल सचिव र २ कार्यकाल महा–सचिवको जिम्मेवारी कुशलता पुर्वक पुरा गरेको र संस्थागत नेृतत्व गर्न सक्ने क्षमता भएकाले खनालले समितिको नेतृत्व गर्न सक्ने व्यवसायीले बताए । ‘सचिव र महासचिवको जिम्मेवारीमा रहदा पनि व्यवसायीलाई परेका समस्या र अप्ठ्यारोमा निरन्तर साथ दिएका खनाल नेतृत्वमा आउनु हामी सबै व्यवसायीको लागि गर्वको कुरा हो’ एक ट्रयाक्टर व्यवसायीले भने ।
यता हालका महासचिव खनालसंग बुझ्दा सबै ट्रयाक्टर व्यवसायीले अफ्नो नेतृत्व चाहेको खण्डमा नेतृत्वको जिम्मेवारी लिने प्रतिक्रिया दिनुभयो । उहाँले व्यक्तिगत स्वार्थ भन्दा माथि रहेर विगतमा पनि कार्य गरेको र सबै व्यवसायीलाई समावेश गर्दै संस्थालाई उचो बनाउने गरि अध्यक्षको जिम्मेवारी पनि उत्तिकै कुशलता पुर्वक पुरा गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
नेपाल किसान ट्रयाक्टर समिति जिल्ला प्रशासन कार्यालय कपिलवस्तुका वि.स. २०५६ जेठ १४ गर्ने दर्ता भएको संस्था हो भने नेपाल ट्रयाक्टर महासंघमा वि.स. २०६६ बैशाख ९ गते आवद्ध भएको थियो ।




















