ताजा अपडेट

अर्थतन्त्रका सूचकहरूले सकारात्मक संकेत देखाएपनि ठूला चुनौती कायमै छन् – अर्थमन्त्री

चलचित्र पत्रकार संघ नेपाल रुपन्देहीको अध्यक्षमा कृष्ण भण्डारी सर्वसम्मत

बाणगंगा नदीका ठेक्कामा स्काभेटर लगाउने तयारी : पुर्वाधारमा क्षतीहुने भन्दै स्थानीय चिन्तित

सग्रहवामा शाक्यहरू पितृ स्मरण

मनकामनाबाट फर्केको माइक्रो दुर्घटना अपडेट : ७ जनाको घटनास्थलमै मृत्यु

कोलीय देवदह बचत तथा ऋण सहकारी संस्था लिमिटेडको आयोजनामा ३ दिने उद्घोषण तालिम आज देखि सुरु

बहुसरोकार मञ्चद्वारा प्रथम २५७०औँ शाक्य पितृ स्मरण दिवस मनाइने

क्रोएशिया–अमेरिका पठाइदिने भन्दै लाखौं ठगी, तीन जना प्रहरी नियन्त्रणमा

स्व. नेता न्यौपानेको श्रद्धान्जलीका लागि राजमो अध्यक्ष चित्रबहादर केसी कपिलवस्तुमा गरे गम्भिर खुलासा

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

कपिलवस्तु महोत्सव : खस्किदो जनआकर्षण, छैन नागरिकमा उत्साह

Lumbini Darpan 2 २०८१ कार्तिक २४, शनिबार १९:१७
[sharethis-inline-buttons]

लुदस, कपिलवस्तु
पछिल्लो एक दशक यता बाणगंगामा आयोजना हुँदै आएको कपिलवस्तु महोत्सव यस पटक पन्ध्रौ संस्करण आयोजना तयारी थालिएको छ । तर विगतमा जस्तो यस पटक नागरिक स्तरमा यसको आकर्षण कमजोर देखिदो छ । महोत्सव आयोजक संस्थाहरुको एकै परिधिको कार्यक्रम तथा नविन सोँचको कमी मुख्य कारण देखिएको छ ।
कपिलवस्तु, जो ऐतिहासिक र सांस्कृतिक धरोहरका लागि परिचित छ, १५ वर्षदेखि आयोजित हुँदै आएको महोत्सवले सुरुवाती चरणदेखि अबलम्बन गरेका अभ्यास र क्रियाकलामा थप परिस्कृत र नविन अभ्यास नहुँदा एउटै कुराको अवलोकन दिक्कलाग्दो हुने नागरिकहरुको भनाइ छ ।

महोत्सव केवल व्यवसायिक र सिमित स्वार्थमा केन्द्रित हुँदा पछिल्ला वर्षका महोत्सवमा नागरिकहरु त्यति रुचि देखउँदैनन् । कपिलवस्तुको बाणगंगा स्थित बुद्ध रंगशालामा विगत १५ वर्षदेखि आलो पालो गरि कपिलवस्तु उद्योग वाणिज्य संघ र बाणगंगा वेयलफेर सोसाइटीले महोत्सव आयोजना गर्दै आएका छन् । तथापी यी दुबै आयोजक संस्थाहरुले हरेक वर्ष केही नयाँ गर्ने ध्यय बेकेका भए पनि अन्ततः महोत्सव मनोरञ्जन र व्यवसायिक बन्दा कृषि पर्यटनका सवालमा कमजोर देखिएको जानकारहरु बताउँछन् ।

कृषि पर्यटन तथा औधोगिक प्रर्दशनी नाम दिइए पनि हरेक संस्करणहरु यी सवालमा भन्दा बिसुद्ध कलाकार नचाउने र मनोरञ्जनमा सिमित हुने देखिएको छ । महोत्सवले व्यवसायिक प्रर्वद्धन र स्थानीय उत्पादनहरूको प्रचार गर्ने उद्देश्य राखेपनि, महोत्सवको आयोजनाबाट प्राप्त आम्दानीको स्पष्ट सार्वजनिकीकरणमा समेत पटक पटक प्रश्न नउठेको हाइन । महोत्सवबाट लाखौँ रकम देशबाहिर जाने गरेको भए पनि आयोजक संस्थाहरु त्यसमा वर्षौदेखि गम्भिर देखिदैनन् । त्यसको मुख्य उदाहरणका रुपमा मनोरञ्जनका साधनहरु पिङ, झुला तथा अन्य साधनलाई हेर्न सकिन्छ । यस बाहेक लत्ता कपडा देखि खानपानका चिजसमेत अन्यत्रबाटै भित्राइन्छ ।

कपिलवस्तु महोत्सवको १५ औं संस्करणको तयारी यसपटक कपिलवस्तु उद्योग वाणिज्य संघले सुरु गरेको छ, तर यसपटक यसको उद्देश्य र संचालक संस्थाका गतिविधिहरुमा सवाल उठेका छन्। महोत्सवको आयोजना व्यवसायीहरूको लागि एक ठूलो अवसर बन्न सक्ने थाहा भएता पनि, स्थानीय व्यापार र उत्पादनको प्रर्वद्धनको सट्टा आयोजक संस्थाले गरेका विगतका गतिविधिका कारण नागरिक स्तरमा समेत महोत्सवको गरिमा खस्कदो छ ।

यस महोत्सवको आयोजनामा विशेष ध्यान दिनुपर्ने कुरा भनेको गुणस्तरीय सामग्रीको प्रर्दशन र बिक्री हो। तर, महोत्सवमा हालसम्मका संस्करणलाई फर्केर हेर्दा अधिकांश स्टल र गतिविधिहरुमा गुणस्तरहिन सामग्रीको बिक्री हुने गर्दछ भने यसमा नियामक निकायले नजर पुर्याउन सक्दैन । मनोरञ्जनका नाममा अनावश्यक उछृङ्खलता र कलाकारहरुको प्रर्दशन त्यति स्वभाविक देखिदैन । मंसिरमा तीजका गित गाउने कलाकारिताको साटो स्थानीय कला र गलाले बढी स्थान पाउनुपर्नेमा त्यसो भएको पाइदैन । यसले नेपाली संस्कृति र परम्परामा प्रहार भइरहेको आभास हुन्छ भने महोत्सवको उद्देश्यलाई नै प्रश्नचिन्हको घेरामा राखेको छ ।

स्थानीय कलाकार र प्रतिभालाई महोत्सवमा स्थान दिने कुरा प्रमोट गरिएको भए पनि, यसले यथासम्भव इमानदारीपूर्वक व्यवहार गर्ने देखिदैन । स्थानीय कलाकारहरुलाई उचित अवसर र समर्थन दिने सट्टा, आयोजक संस्थाले डान्स आइडलको नाममा जसरी पनि टिकट बिक्री गर्ने र धन असुलीको प्रवृत्तिमा बढी ध्यान केन्द्रित गरेको विगतको अभ्यासले देखिन्छ । यसले महोत्सवमा सहभागी हुन चाहने कलाकारलाई केवल आर्थिक भारमा पार्ने र उनीहरूको प्रतिभाले उचित स्थान नपाउँदा उल्टै व्ययभारमा पर्ने दृष्टान्तहरु छरपस्ट देखिन्छन् । विगतलाई हेर्दा कपिलवस्तु डान्स आइडल भएका कलाकारहरुले आफ्नो लय लिन नसकेका भेटिन्छन् ।

महोत्सवको अर्काे एक मुख्य आकर्षण भनेको स्थानीय संस्कृतिको प्रर्दशन र राष्ट्रिय स्तरमा कपिलवस्तुका उत्पादनहरुको प्रर्वद्धन हो, तर यसको विपरीत महोत्सव अहिले व्यावसायिक र व्यक्तिगत स्वार्थको खेल बनिरहेको टिप्पणी छ। यसले स्थानीय व्यवसायी र कलाकारहरुको भलाइको सट्टा केही व्यक्तिहरु र संस्थाका लागि मात्र आर्थिक फाइदा पु¥याएको आरोपलाई थप प्रस्ट पार्छ ।

यति हुदाँ हुदै पनि कपिलवस्तु महोत्सवका पछिल्ला केही संस्करणले नगन्यमात्रामा सामाजिक उत्तरदात्विका गतिविधिहरु आयोजक आफैले गर्नुपर्ने भएपछि यसमा पनि यहाँका अन्य सामाजिक संस्था र सरकारी निकायको प्रभाव बढी देखिन्छ ।

कपिलवस्तुमा यतिमा मात्रै सिमति छैन । महोत्सवका नाममा कपिलवस्तु जिल्ला भर नै यो अभ्यासले जरा फैलाएको देखिन्छ । कपिलवस्तु महोत्सव मात्रै होइन यहाँका मुख्य क्षेत्रहरु बुद्धभुमि र शिवराजमा पनि महोत्सव आयोजना गरिदैँ छ । केवल कमाउने धन्दाका लागि आयोजना हुने यस्ता महोत्सवमा विगतमा जस्तो यसवर्ष नागरिकहरुको सहभागिता न्यनु रहने प्रक्षेपण गरिएको छ ।

अन्ततः, कपिलवस्तु महोत्सवले आफ्नो वास्तविक उद्देश्य र परिकल्पना के हो भन्ने कुरा विचार गर्दै, आयोजक संस्थाले यसको शैलीमा केही सुधार ल्याउनु आवश्यक देखिन्छ। स्थानीय कलाकार र व्यवसायीहरूको अधिकार र हितलाई प्राथमिकता दिँदै, महोत्सवको रूप र उद्देश्यलाई साँच्चिकै नेपाली संस्कृति र संस्कृतिको प्रर्वद्धन गर्ने दिशामा लैजानु पर्ने आवश्यकता छ ।


प्रकाशित : २०८१ कार्तिक २४, शनिबार १९:१७

Lumbini Darpan 2

लेखकबाट थप

  • कपिलवस्तु १ मा युवाहरु एमाले प्रति उत्साहित, २ सय बढी युवा एमालेमा प्रवेश
  • होटल तथा पर्यटन व्यवसायी संघ कपिलवस्तुद्धारा प्रशासनको सुचना पालना गर्न अनुरोध
  • कपिलवस्तु १ मा एमालेको चुनावी सरगर्मी बढ्दो, चौधरीलाई जिताउन मतदाता उत्साहित
  • मधेशको समृद्धिसंगै देशको प्रगतिका लागि मेरो उम्मेद्वारी : विश्राम प्रसाद चौधरी
  • सुकुम्वासीका समस्या समाधान गर्ने एक मात्र पार्टी एमाले हो: नेता पोख्रेल
प्रतिक्रिया

यो पनि पढौँ

बाणगंगा नदीका ठेक्कामा स्काभेटर लगाउने तयारी : पुर्वाधारमा क्षतीहुने भन्दै स्थानीय चिन्तित

सग्रहवामा शाक्यहरू पितृ स्मरण

मनकामनाबाट फर्केको माइक्रो दुर्घटना अपडेट : ७ जनाको घटनास्थलमै मृत्यु

बहुसरोकार मञ्चद्वारा प्रथम २५७०औँ शाक्य पितृ स्मरण दिवस मनाइने

स्व. नेता न्यौपानेको श्रद्धान्जलीका लागि राजमो अध्यक्ष चित्रबहादर केसी कपिलवस्तुमा गरे गम्भिर खुलासा

बालेन बन्दैछन् एसियाकै दोस्रो कान्छा निर्वाचित प्रधानमन्त्री

काठमाडौंमै आठ हजार १९७ मत बदर

लुम्बिनी प्रदेश सभाबाट राजीनामा दिएर चुनाव लडेका तीन पूर्वमन्त्री असफल

कपिलवस्तुमा करिब ५९.४६ प्रतिशत मतदान

रामेछाप दुर्घटना : असई र मतदान अधिकृतको मृत्यु, गम्भीर घाइतेलाई काठमाडौं पठाइयो

कपिलवस्तु १ मा बदलियो जनसर्मथन भाट अगाडी

इरानका सर्वोच्च नेता खामेनीको मृत्यु पुष्टि, ४० दिन शोक घोषणा

भर्खरै

  • अर्थतन्त्रका सूचकहरूले सकारात्मक संकेत देखाएपनि ठूला चुनौती कायमै छन् – अर्थमन्त्री

  • चलचित्र पत्रकार संघ नेपाल रुपन्देहीको अध्यक्षमा कृष्ण भण्डारी सर्वसम्मत

  • बाणगंगा नदीका ठेक्कामा स्काभेटर लगाउने तयारी : पुर्वाधारमा क्षतीहुने भन्दै स्थानीय चिन्तित

  • सग्रहवामा शाक्यहरू पितृ स्मरण

  • मनकामनाबाट फर्केको माइक्रो दुर्घटना अपडेट : ७ जनाको घटनास्थलमै मृत्यु

  • कोलीय देवदह बचत तथा ऋण सहकारी संस्था लिमिटेडको आयोजनामा ३ दिने उद्घोषण तालिम आज देखि सुरु

  • बहुसरोकार मञ्चद्वारा प्रथम २५७०औँ शाक्य पितृ स्मरण दिवस मनाइने

  • क्रोएशिया–अमेरिका पठाइदिने भन्दै लाखौं ठगी, तीन जना प्रहरी नियन्त्रणमा

  • स्व. नेता न्यौपानेको श्रद्धान्जलीका लागि राजमो अध्यक्ष चित्रबहादर केसी कपिलवस्तुमा गरे गम्भिर खुलासा

  • बालेन बन्दैछन् एसियाकै दोस्रो कान्छा निर्वाचित प्रधानमन्त्री


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
प्रबन्ध सम्पादक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  
 

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech