ताजा अपडेट

समय, प्रविधि र नयाँ पुस्ताको सोच अनुसार एमाले रूपान्तरण हुनुपर्छ : उपाध्यक्ष विष्ट

ठाकुरापुरमा बृहत् देउसीभैलो तथा सांस्कृतिक साँझ हुँदै

सामाजिक सेवामा रुपक गुप्ताको पहल, ११७ विद्यार्थीले पाए शैक्षिक झोला

साना किसान मोतिपुरद्वारा अवकाश प्राप्त कर्मचारीलाई सम्मानसहित विदाइ

नथाक्ने पाइला, नझुक्ने जीवन (कविता)

बाणगंगा ९ का सामुदायिक वनमा भरुवा बन्दुक लुकाउने क्रम रोकिएन, थप ४ नाल बरामद

सडक दुर्घटनाबाट तिलोत्तमाका एक पत्रकारको मृत्यु ।

एनपीएल आजदेखि, उद्‌घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै

आनी छोइङको नियुक्तिविरुद्ध माइतीघरमा प्रदर्शन

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

संयुक्त एम्बुलेन्स चालक संघ कपिलवस्तुको अध्यक्षमा पुनः कमल घिमिरे चयन

Lumbini Darpan 2 २०८१ पुष ७, आईतवार १९:०४

हरि आचार्य, कपिलवस्तु
संयुक्त एम्बुलेन्स चालक संघ नेपाल ट्रेड युनियन संघ जिल्ला शाखा कपिलवस्तुको अध्यक्षमा पुनः कमल घिमिरे सर्वसम्मत रुपमा निर्वाचित हुनुभएको छ । “देश भरका सम्पुर्ण एम्बुलेन्स चालक मजदुरहरु एकजुट होऔं” भन्ने मुल नाराका साथ अगाडि बढिरहेको जिल्ला शाखा कपिलवस्तुको धार्मिक तथा पर्यटकीय स्थल लक्ष्मणघाटमा सम्पन्न १० औं बार्षिक साधारण तथा ५ औं अधिवेशनबाट कमल घिमिरेलाई सर्वसम्मत रुपमा नेतृत्व प्रदान गरिएको हो ।

घिमिरेको अध्यक्षमा १५ सदस्यीय समिति सर्वसम्मत रुपमा चयन गरिएको हो । जसको बरिष्ठ उपाध्यक्षमा नेत्रराम अहिर यादव, उपाध्यक्षमा कमल अर्याल, सचिवमा कृष्ण पोख्रेल, सह सचिवमा दिपेन्द्र तिवारी, कोषाध्यक्षमा महेन्द्र कुर्मी, सह कोषाध्यक्षमा सह कोषाध्यक्षमा योगराज आचार्य सर्वसम्मत रुपमा चयन हुनुभएकोब छ । त्यस्तै सदस्यहरुमा बिजय बहादुर चौधरी, पवन कुमार यादव, सुनिल भण्डारी, रामदास यादव, बल बहादुर कुवंर, अशरम मल्लिक, डम्बर बहादुर थापा रहनुभएको छ ।

कार्यक्रमका प्रमुख अतिथि बाणगंगा नगरपालिकाका नगर प्रमुख चक्रपाणि अर्यालले नागरिकलाई प्रत्यक्ष रुपमा स्वास्थ्य क्षेत्रका लागि एम्बुलेन्स चालकको महत्वपुर्ण योगदान रहेको बताउनुभयो । नगर प्रमुख अर्यालले नगरपालिकाले एम्बुलेन्स खरिद गर्नका लागि विनियोजन गरेको बजेट समेत संघको निर्देशिकाका कारण फ्रिज भएको बताउनुभयो । उहाँले कोरोना महामारीको बेलामा जनताको सेवामा खट्ने एम्बुलेन्स चालकहरुको नगरपालिकाले उचित मुल्यांकन गरेको बताउदै नगरपालिका र आफु चालकहरुको हक हित र संरक्षणको पक्षमा रहेको बताउनुभयो । आगामि दिनमा एम्बुलेन्स चालकहरु र संघलाई आवश्यक सहयोग र सहजिकरणका लागि कुनै कसर बांकी नराख्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

त्यस्तै कार्यक्रमका विशिष्ठ अतिथि सयुक्त एम्बुलेन्स चालक संघका केन्द्रिय अध्यक्ष नवराज लामिछानेले एम्बुुलेन्स चालक सम्बन्धी निर्देशिका २०७८ एम्बुलेन्स चालकहरुको विरुद्धमा रहेको बताउदै यथाशिघ्र संशोधन गर्न माग गर्नुभयो । निर्देशिकामा उल्लेखित केहि बुंदाहरु संशोधन नभए लागु हुन नदिनका लागि आन्दोलन गर्ने समेत चेतावनी दिनुभयो । संघको केन्द्रिय समिति एम्बुलेन्स चालकहरुको पक्षमा रहेको बताउदै चालकहरुले पनि अनुशासन पुर्वक आफ्नो कर्तव्य पुरा गर्नुपर्नेमा जोड दिनुभयो ।

त्यस्तै संघका केन्द्रिय महासचिव मुक्ति काफ्लेले सरकारले ल्याएको निर्देशिकाको विरुद्ध एकजुट भएर सम्पुर्ण एम्बुलेन्स चालकहरु लाग्नुपर्ने बताउनुभयो । कार्यक्रमका विशिष्ठ अतिथि केन्द्रिय महा सचिव काफ्लेले देशभरका ६४ सय एम्बुलेन्स चालकहरुको विरुद्धमा ल्याईएको निर्देशिका मान्य नहुने बताउनुभयो ।

नवनिर्वाचित समितिका अध्यक्ष कमल घिमिरेले अध्यक्षमा सर्वसम्मत रुपमा चयन गर्न सहयोग गर्नुहुने सम्पुर्णलाई धन्यवाद व्यक्त गर्दै आगामी दिनमा सल्लाह सुझाव अनुसार अगाडि बढ्ने बताउनुभयो । अध्यक्ष घिमिरेले एम्बुलेन्स चालकहरुको संयुक्त बीमाका लागि सम्बन्धित निकायसंग पहल गर्ने, संघको प्रशासकीय भवन निर्माणका लागि स्थानीय तह, अस्पताल र विभिन्न संघसंस्थाहरुलाई समन्वय गर्ने, संघमा आवद्ध चालक सदस्यहरुको परिचय पत्र, नवीकरण पहिचान झल्किने खालको स्टिकर बनाउने, एम्बुलेन्स र अस्पताल एवम् अत्याश्यक सम्पर्क नम्बरहरु सहितको बोर्ड जिल्लाका विभिन्न स्थानमा राखि तत्काल उद्धारमा सहयोग पु¥याउने लगायतका आगामी कार्ययोजना प्रस्तुत गर्नुभएको छ ।

कार्यक्रममा बाणगंगा नगरपालिका वडा नं. ६ का वडाध्यक्ष करुण टण्डन, कपिलवस्तु उद्योग वाणिज्य संघका बरिष्ठ उपाध्यक्ष हुमनाथ पौडेल लगायतले मन्तब्य राख्दै एम्बुलेन्स चालकहरुको स्वास्थ्य क्षेत्रमा महत्वपुर्ण भुमिका रहेकाले अत्यन्तै मानवीय र सामाजिक कार्य रहेको बताउनुभयो ।

कार्यक्रममा संघ संस्थापक तथा पुर्व जिल्ला अध्यक्षहरुलाई सम्मान गरिएको थियो । संघमा आवद्ध चालक सदस्य, पत्रकार, कार्यसमितिका पदाधिकारी तथा सदस्यहरुको उपस्थिती रहेको कार्यक्रम सदस्य मुक्तार अलिको स्वागत मन्तब्य तथा संघका प्रेस सल्लाहकार हरि आचार्यको सञ्चालनमा सम्पन्न भएको हो ।

तस्बिरहरु

 


प्रकाशित : २०८१ पुष ७, आईतवार १९:०४

Lumbini Darpan 2

लेखकबाट थप

  • मनकामना सामुदायिक वनको १९ औं साधारण सभा : सुशासन, पारदर्शिता र जवाफदेहीता प्राथमिकतामा
  • राजापानी सामुदायिक वनको २३ औँ साधारण सभा सम्पन्न, पर्यापर्यटन प्राथमिकतामा
  • दर्शन सहकारीको १९ औँ बार्षिक साधारण सभा सम्पन्न : ज्येष्ठ सदस्य, असल ऋणी र बचतकर्ता सम्मानित
  • विद्यालयका समस्या पहिचान गर्न वडा स्तरिय युवा क्लवकाे छलफल, विद्यार्थीलाई चित्रकला प्रशिक्षण
  • शान्ति दिवसकाे अवसरमा १० बुदे बुद्धभूमि घाेषणा पत्र जारि
प्रतिक्रिया

यो पनि पढौँ

समय, प्रविधि र नयाँ पुस्ताको सोच अनुसार एमाले रूपान्तरण हुनुपर्छ : उपाध्यक्ष विष्ट

साना किसान मोतिपुरद्वारा अवकाश प्राप्त कर्मचारीलाई सम्मानसहित विदाइ

बाणगंगा ९ का सामुदायिक वनमा भरुवा बन्दुक लुकाउने क्रम रोकिएन, थप ४ नाल बरामद

सडक दुर्घटनाबाट तिलोत्तमाका एक पत्रकारको मृत्यु ।

एनपीएल आजदेखि, उद्‌घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै

आनी छोइङको नियुक्तिविरुद्ध माइतीघरमा प्रदर्शन

अम्बिकादेवी पौडेलको आत्मकथा ‘सङ्कल्पको मेरो यात्रा’ विमोचन

मनकामना सामुदायिक वनको १९ औं साधारण सभा : सुशासन, पारदर्शिता र जवाफदेहीता प्राथमिकतामा

राजापानी सामुदायिक वनको २३ औँ साधारण सभा सम्पन्न, पर्यापर्यटन प्राथमिकतामा

दर्शन सहकारीको १९ औँ बार्षिक साधारण सभा सम्पन्न : ज्येष्ठ सदस्य, असल ऋणी र बचतकर्ता सम्मानित

कपिलवस्तुको गौडीचोकमा एक पुरुष मृत फेला

दशैं मनाउन काठमाडौं उपत्यका छाड्ने यात्रुको चाप बढ्यो

भर्खरै

  • समय, प्रविधि र नयाँ पुस्ताको सोच अनुसार एमाले रूपान्तरण हुनुपर्छ : उपाध्यक्ष विष्ट

  • ठाकुरापुरमा बृहत् देउसीभैलो तथा सांस्कृतिक साँझ हुँदै

  • सामाजिक सेवामा रुपक गुप्ताको पहल, ११७ विद्यार्थीले पाए शैक्षिक झोला

  • साना किसान मोतिपुरद्वारा अवकाश प्राप्त कर्मचारीलाई सम्मानसहित विदाइ

  • नथाक्ने पाइला, नझुक्ने जीवन (कविता)

  • बाणगंगा ९ का सामुदायिक वनमा भरुवा बन्दुक लुकाउने क्रम रोकिएन, थप ४ नाल बरामद

  • सडक दुर्घटनाबाट तिलोत्तमाका एक पत्रकारको मृत्यु ।

  • एनपीएल आजदेखि, उद्‌घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै

  • आनी छोइङको नियुक्तिविरुद्ध माइतीघरमा प्रदर्शन

  • अम्बिकादेवी पौडेलको आत्मकथा ‘सङ्कल्पको मेरो यात्रा’ विमोचन


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
कार्यकारी निर्देशक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech