ताजा अपडेट

भारतबाट सामान ल्याउँदा भन्सार तिर्नुपर्ने निर्णयपछि नेपाली बजार चलायमान बन्दै

मेची भन्सारद्वारा १३ अर्बभन्दा बढी राजश्व संकलन

सरकारले अध्यादेश ल्याएपछि कांग्रेसले बोलायो विपक्षी दलहरूको बैठक

वर्षासँगै रोशी खोलामा बाढी, बीपी राजमार्ग फेरि अवरुद्ध

जन्मदिनमा सामाजिक सेवा : बालगृहका बालबालिकालाई भोजन तथा फलफूल वितरण

भूमि मन्त्रालय मातहतका सबै कार्यक्रम अब होटेल तथा रिर्सोटमा गर्न नपाइने

नयाँ शैक्षिकसत्र आजदेखि सुरु

नेकपाले बनायो संविधान संशोधन कार्यदल

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Sample Image

स्ववियु निर्वाचन : कतै मतदान जारी, कतै स्थगित

लुम्बिनी दर्पण २०८१ चैत्र ५, मंगलवार १२:५३
[sharethis-inline-buttons]

काठमाडौं : त्रिभुवन विश्वविद्यालय (त्रिवि)का आङ्गिक र सम्बन्धनप्राप्त क्याम्पसमा मंगलबार स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)निर्वाचन जारी छ। अधिकांश क्याम्पसमा स्ववियु निर्वाचन भएपनि केहि क्याम्पसमा भने मतदान प्रक्रिया नै रोकिएको छ ।

यसैक्रममा काठमाडौंको प्रदर्शनीमार्गस्थित रत्नराज्य क्याम्पसमा स्ववियु निर्वाचन स्थगित भएको छ। निर्वाचन स्थगित भएपछि विद्यार्थीहरूले सांकेतिक विरोधस्वरुप सडकमा नै मतपेटीका बनाएर मतदान गरेका छन् । फर्जी परिपत्र वितरण गरेको भन्दै अनेरास्ववियुले तालाबन्दी गरेपछि उक्त क्याम्पसमा स्ववियु निर्वाचन स्थगित भएको हो। विद्यार्थीहरूले स्ववियु निर्वाचन तत्काल गर्न माग गर्दै प्रदर्शन समेत गरेका छन् ।

यसैबीच सुरक्षाको कारण देखाउँदै अमृत साइन्स क्याम्पसमा स्ववियु निर्वाचन स्थगित गरिएको छ । सोमबार आह्वान गरिएको बैठकमा केही विद्यार्थी सङ्गठन अनुपस्थित भएकाले निर्वाचन स्थगित गरिएको सूचनामा उल्लेख छ । आज हुने स्ववियु निर्वाचनको राष्ट्रिय मानव अधिकार आयोगले अनुगमन गरिरहेको छ ।

यसैगरी पब्लिक युथ,त्रिचन्द्र क्याम्पसमा पनि स्ववियु निर्वाचन स्थगित भएको छ।

त्रिविले प्रत्येक दुई–दुई वर्षमा स्ववियु निर्वाचन गर्दै आइरहेको छ तर २०६५ सालदेखि भने स्ववियु निर्वाचन नियमित हुनसकेको छैन ।

विश्वविद्यालय क्याम्पसमा भने चैत ८ गते निर्वाचन हुनेछ । विश्वविद्यालय क्याम्पसमा २१ सदस्यीय स्ववियु निर्वाचन हुनेछ । जसमा ११ प्रत्यक्ष र १० जना समानुपातिकबाट निर्वाचित हुनेछन् । विश्वविद्यालय क्याम्पसमा छ हजार एक सय ४६ मतदाता रहेका जनाइएको छ । यी मतदाताले मतदान गरी नेतृत्व चयन गर्नेछन् ।

अध्यक्ष,सचिव र कोषाध्यक्ष पदमा प्रत्यक्ष निर्वाचित हुनेछन् । उपाध्यक्ष र उपसचिवसहित २१ सदस्य निर्वाचित भएपछि त्यसमध्येबाट चयन गरिनेछ । कुनै सङ्घ सङ्गठनको बहुमत आयो भने उपाध्यक्ष र उपसचिव उसैका सदस्यमध्येबाट चयन हुनेछन् । बहुमत आएन भने सहमतिबाट चयन हुनसक्ने व्यवस्था रहेको छ ।

सहमति भएन भने २१ जनाको मतबाट उपाध्यक्ष र उपसचिव चयन गरिन्छ । विश्वविद्यालय क्याम्पसमा इलेक्ट्रोनिक भोटिङ मेसिनबाट मतदान गरिने जनाइएको छ । मतदानका लागि २० वटा यन्त्र प्रयोग गरिने निर्वाचन समितिले जनाएको छ


प्रकाशित : २०८१ चैत्र ५, मंगलवार १२:५३

लुम्बिनी दर्पण

लेखकबाट थप

  • बनकसिया नाकामा ठेकेदारको रजाँई, कम नापचाँजले आशंका
  • सर्वोच्चले दियो नेपाली कांग्रेसमा गगन थापा नेतृत्वलाई आधिकारिकता
  • लुम्बिनी प्रदेशमा मिडिया क्षेत्रको बजेट फ्रिज हुने खतरा बढ्यो : सिके गुप्ता
  • ४ बर्ष देखि बुद्धभुमीको गब्दवा नाकामा ठेकेदार पोख्रेलको रजगज
  • रोकिएन बाणगंगा नदिमा स्काभेटरको आतंक नदिभरि स्काभेटर
प्रतिक्रिया

यो पनि पढौँ

भारतबाट सामान ल्याउँदा भन्सार तिर्नुपर्ने निर्णयपछि नेपाली बजार चलायमान बन्दै

सरकारले अध्यादेश ल्याएपछि कांग्रेसले बोलायो विपक्षी दलहरूको बैठक

जन्मदिनमा सामाजिक सेवा : बालगृहका बालबालिकालाई भोजन तथा फलफूल वितरण

भूमि मन्त्रालय मातहतका सबै कार्यक्रम अब होटेल तथा रिर्सोटमा गर्न नपाइने

नयाँ शैक्षिकसत्र आजदेखि सुरु

नेकपाले बनायो संविधान संशोधन कार्यदल

कपिलवस्तुमा लोकभजन चुड्का प्रतिष्ठानको दोस्रो अधिवेशन सम्पन्न ः अध्यक्षमा बल्वासे

विद्यार्थी संगठनमाथि प्रतिबन्धको विरोधमा कालो बेलुन उडाएर प्रदर्शन

पूर्वमन्त्री दीपक साहले पोखे असन्तुष्टि

जन्मदिनलाई सेवामा रूपान्तरण: बालगृहका बालबालिकासँग खुशी साट्दै रुपक

ओली र लेखकलाई हाजिर जमानीमा रिहा गर्ने निर्णय

भर्खरै

  • भारतबाट सामान ल्याउँदा भन्सार तिर्नुपर्ने निर्णयपछि नेपाली बजार चलायमान बन्दै


  • मेची भन्सारद्वारा १३ अर्बभन्दा बढी राजश्व संकलन

  • सरकारले अध्यादेश ल्याएपछि कांग्रेसले बोलायो विपक्षी दलहरूको बैठक

  • वर्षासँगै रोशी खोलामा बाढी, बीपी राजमार्ग फेरि अवरुद्ध

  • जन्मदिनमा सामाजिक सेवा : बालगृहका बालबालिकालाई भोजन तथा फलफूल वितरण

  • भूमि मन्त्रालय मातहतका सबै कार्यक्रम अब होटेल तथा रिर्सोटमा गर्न नपाइने

  • नयाँ शैक्षिकसत्र आजदेखि सुरु

  • नेकपाले बनायो संविधान संशोधन कार्यदल

  • राष्ट्रपति पौडेलले गरे भानु साहित्य उद्यानको शिलान्यास


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
प्रबन्ध सम्पादक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  
 

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech