ताजा अपडेट

बालेन बन्दैछन् एसियाकै दोस्रो कान्छा निर्वाचित प्रधानमन्त्री

काठमाडौंमै आठ हजार १९७ मत बदर

लुम्बिनी प्रदेश सभाबाट राजीनामा दिएर चुनाव लडेका तीन पूर्वमन्त्री असफल

जेनजी आन्दोलनमा ‘सेक्युरिटी ल्याप्सेस’ भएको आयोगको निष्कर्ष, कारबाही सिफारिस

सियारी गाउँपालिका अध्यक्ष थानेश्वर घिमिरेद्वारा कांग्रेसको जिल्ला उपसभापति पदबाट राजीनामा

प्रोटिन र भिटामिनको स्रोत च्याउ: किन बढ्दैछ यसको माग?

कपिलवस्तुमा करिब ५९.४६ प्रतिशत मतदान

माल्दिभ्समा हुने साफ यू–२० च्याम्पियनशिपका लागि नेपाली टोली घोषणा

रामेछाप दुर्घटना : असई र मतदान अधिकृतको मृत्यु, गम्भीर घाइतेलाई काठमाडौं पठाइयो

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

१६ औं कपिलवस्तु महोत्सव : स्टल निर्माणको काम तीब्र, यस्ता छन् आकर्षक

Lumbini Darpan 2 २०८२ मंसिर ३, बुधबार १७:१३
[sharethis-inline-buttons]

लुदस, कपिलवस्तु
बाणगंगा वेयलफेयर सोसाइटीको आयोजनामा कपिलवस्तु जिल्लासँगै छिमेकी जिल्लाको कृषि, पर्यटन र उद्योगको प्रवद्र्धन गर्ने उद्देश्यका साथ आगामी मंसिर १८ गतेदेखि पुस १ गतेसम्म बाणगंगास्थित बुद्ध रंगशालामा आयोजना हुन लागेको १६ औं कपिलवस्तु महोत्सव एवं कृषि, पर्यटन तथा औद्योगिक प्रदर्शनी–२०८२ को तयारीलाई तीव्र गतिमा अगाडि बढाइएको छ । महोत्सवमा राखिने स्टलहरूको निर्माण तथा मञ्च निर्माण कार्य दुर्त गतिमा सुरु भएको छ ।

महोत्सवमा राखिने स्टलहरूको निर्माण तथा मञ्च निर्माण कार्य दुर्त गतिमा सुरु गरिएको स्टल, स्टल, गेट तथा मंच निर्माण संयोजक रविन मल्ल्ले बताउनुभयो ।

महोत्सव मूल समारोह समितिका संयोजक राजकुमार खाँणले महोत्सवमा ३०० स्टल रहने र मेलालाई समावेशी र विविधतापूर्ण बनाउने लक्ष्य लिएको बताए । जसमध्ये २ सय व्यवसायिक स्टल, कृषि स्टलहरु ५०, स्थानीय संघ संस्थाका लागि २० वटा स्टल छुट्याइएको छ भने स्थानीय उत्पादन प्रवदन महिला उद्धमीलाई ३० स्टल छुट्याइएको छ । होटेल खाजा नास्ता २० र अटो तथा आधुनिक कृषि ओैैजार प्रदर्शनी १० वटा स्टल छुट्याइएको खाँणले बताउनुभयो ।

कपिलवस्तु जिल्लालाई विशिष्ट पहिचान दिलाउन सफल र वि. सं. २०६५ बाट शुभारम्भ भएको कपिलवस्तु महोत्सवले १६ वर्ष पूरा गरेको छ । १६ औं कपिलवस्तु महोत्सवलाई कपिलवस्तु जिल्लाको विशेष चाडको रुपमा हेरिएको महोत्सवका निर्देशक बुद्धिबहादुर रोकाहा (दिनेश) ले बताउनुभयो ।

तीन वटा बुद्धसँग नाम जोडिएको कपिलवस्तुमा आयोजना हुने मेला महोत्सवहरुले जिल्लाको विकासका साथै कपिलवस्तुको समग्र विकासमा दरिलो पहिचान बनाएका छन् । मंसिर १८ बाट सुरु हुने महोत्सव पुष १ गतेसम्म चल्ने र महोत्सवमा विगतका वर्षमा भएका महोत्सवहरु हुने गरेको कारोबारबाट व्यपारीहरु सन्तोष रहेको र दर्शक संख्या पनि उच्च रहेकाले दर्शकले निरन्तरता पाउने आर्थिक तथा लेखा व्यवस्थापन समितिका संयोजक मोहन पाण्डेले बताउनुभयो ।

विगतका महोत्सवको अनुभवबाट पनि विगतका महोत्सवमा भन्दा आर्थिक कारोबार बढी हुने आयोजकले अपेक्षा गरेका छन् । महोत्सवबाट सकंलन भएको बचत रकम उद्योगी, व्यवसायीको हित साथै सामाजिक कार्यमा खर्च गरिने आयोजकले बताएको छ ।

१६ औं कपिलवस्तु महोत्सव कपिलवस्तु वासीको पर्वका साथै जिल्लाको चिनारी पनि भएकोले महोत्सवको अवलोकन गरी सल्लाह र सुझाव दिन महोत्सवका संरक्षक तथा कपिलवस्तु उद्योग वाणिज्य संघका अध्यक्ष गणेश बहादुर क्षेत्रीले विशेष आग्रह गर्नुभएको छ ।

१६ औं कपिलवस्तु महोत्सव यी हुन् निरन्तरता प्रदान गर्ने सारथीहरू

महोत्सवको इतिहास र महोत्सव हाक्ने सारथीहरु
वि.सं. २०६५ बाट सुरु भएको कपिलवस्तु महोत्सवको पहिलो संयोजकको रुपमा स्थानीय समाजसेवी स्व. शंकर प्रसाद आचार्य रहनुभएको थियो । त्यसैगरी दोस्रो महोत्सव संयोजकमा तत्कालीन कपिलवस्तु व्यापार संघका अध्यक्ष विष्णु प्रसाद न्यौपाने रहनुभएको थियो ।

तेस्रो महोत्सव संयोजक यस क्षेत्रका चर्चित समाजसेवी स्व. शेरबहादुर क्षेत्रीले गर्नुभएको थियो । चौथो महोत्सव पनि व्यापार संघले आयोजना गरेको थियो जसको संयोजक देवी पाण्डेले गर्नुभएको थियो । पाँचौ महोत्सव भने युवाहरुको काँधमा रहेको थियो जसमा संयोजक बाणगंगा वेयलफेयरका पूर्व अध्यक्ष पदम सेनले गर्नुभएको थियो । छैठौ र आठौं महोत्सव संयोजक कपिलवस्तु उद्योग वाणिज्य संघका अध्यक्ष यज्ञ प्रसाद भट्टराईले गर्नुभएको थियो ।

१० औं कपिलवस्तु महोत्सवको नेतृत्व विशेष पहिचानका साथ उद्योग वाणिज्य संघका अध्यक्ष समाजसेवी उमानाथ पौडेलले गर्नुभएको थियो । वि. सं. २०७७ मा लाग्ने महोत्सवका कोरोनाका कारण स्थगित हुन पुगेको थियो । १२ औं कपिलवस्तु महोत्सव र १३ औं कपिलवस्तु महोत्सवको नेतृत्व कपिलवस्तु उद्योग वाणिज्य संघका अध्यक्ष डोलकराम घिमिरेले गर्नुभएको थियो । यस्तै १५ औं कपिलवस्तु महोत्सवको नेतृत्व कपिलवस्तु उद्योग वाणिज्य संघका अध्यक्ष गणेश बहादुर क्षेत्रीले गर्नुभएको थियो ।

सातौ, नवौं, एघारौ र १४ र औं महोत्सव बाणगंगा वेयलफेयरका अध्यक्ष समाजसेवी युवा राजकुमार खाँणले हाक्नुभएको थियो भने १६ औं कपिलवस्तु महोत्सवको नेतृत्व बाणगंगा वेयलफेयर सोसाइटीका अध्यक्ष राजकुमार खाँणले नै गर्दै हुनुहुन्छ ।

यस महोत्सवले कपिलवस्तु जिल्लाको ऐतिहासिक तथा धार्मिक विकास, उद्योग व्यवसायको प्रवद्र्धनका लागि महोत्सवले महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ ।
महोत्सवमा स्थानीय उत्पादन र उद्योग तथा बजारलाई प्रमुख ग्रहयता दिएको स्टल संयोजक मिन थापाले बताए । महोत्सव युवा बुढापाका पुस्ता र बाल बच्चा सवैको मन जित्ने र चाख लाग्दो रहेको आयोजकको दावी छ ।

यस क्षेत्रको उद्योग, व्यापार, पर्यटन, भेषभूषा, कला, संस्कृति, ऐतिहासिक स्थल संरक्षण तथा प्रवद्र्धन गर्न कपिलस्तु महोत्सवले र कला संस्कृति प्रवद्र्धनमा कपिलवस्तु डान्स आइडलले विशेष योगदान गर्दै आएको छ ।

महोत्सवका मुख्य आकर्षणहरु
– कृषि, उद्योग, पर्यटन तथा खेलकुदु मा लगानी प्रवद्र्धन गर्ने उद्देश्य रहेको यस महोत्सवमा विभिन्न आकर्षणहरू रहनेछन् ।
– कृषि, पर्यटन र औद्योगिक प्रदर्शनी स्थानीय उत्पादन र प्रविधिको प्रदर्शन ।

– राष्ट्रिय स्तरका कलाकारहरुको बेजोड सांस्कृतिक कार्यक्रम तथा व्यापार मेला विविध मनोरञ्जनात्मक प्रस्तुति र व्यापारिक गतिविधिहरू ।

– १४ औं कपिलवस्तु डान्स आइडल, स्थानीय प्रतिभालाई मञ्च प्रदान गरिने ।

–सुरक्षा व्यवस्थाः सुरक्षा निकायसँग समन्वय, सीसी क्यामरा, ड्रोन र स्वयंसेवक परिचालन गरिने ।

आयोजकहरूले यो महोत्सवलाई व्यक्तिगत स्वार्थभन्दा माथि उठेर राष्ट्रियस्तरको औद्योगिक प्रदर्शनी का रूपमा स्थापित गर्ने लक्ष्य राखेका र थप नयाँ गर्नका लागि पहलहरु भइ रहेको केही दिनमै ती पहलकदमीका विषयहरु सार्वजनिक गरिने महोत्सवका निर्देशक बुद्धि बहादुरा रोकाहा (दिनेश)ले बताउनुभयो ।
१६ औं महोत्सवलाई कपिलवस्तुको पहिचान र विकासको लागि एकताको प्रतीक बनाउन सबै पक्षलाई सहकार्यको लागि बाणगंगा वेयलफेयर सोसाइटीले आह्वान गरेको छ । बाणगंंगाको बुद्ध रंगशालमा हुने महोत्सवलाई कपिलवस्तु जिल्लामा विशेष रुपमा लिने गरिएको छ ।

 


प्रकाशित : २०८२ मंसिर ३, बुधबार १७:१३

Lumbini Darpan 2

लेखकबाट थप

  • कपिलवस्तु १ मा युवाहरु एमाले प्रति उत्साहित, २ सय बढी युवा एमालेमा प्रवेश
  • होटल तथा पर्यटन व्यवसायी संघ कपिलवस्तुद्धारा प्रशासनको सुचना पालना गर्न अनुरोध
  • कपिलवस्तु १ मा एमालेको चुनावी सरगर्मी बढ्दो, चौधरीलाई जिताउन मतदाता उत्साहित
  • मधेशको समृद्धिसंगै देशको प्रगतिका लागि मेरो उम्मेद्वारी : विश्राम प्रसाद चौधरी
  • सुकुम्वासीका समस्या समाधान गर्ने एक मात्र पार्टी एमाले हो: नेता पोख्रेल
प्रतिक्रिया

यो पनि पढौँ

बालेन बन्दैछन् एसियाकै दोस्रो कान्छा निर्वाचित प्रधानमन्त्री

काठमाडौंमै आठ हजार १९७ मत बदर

लुम्बिनी प्रदेश सभाबाट राजीनामा दिएर चुनाव लडेका तीन पूर्वमन्त्री असफल

कपिलवस्तुमा करिब ५९.४६ प्रतिशत मतदान

रामेछाप दुर्घटना : असई र मतदान अधिकृतको मृत्यु, गम्भीर घाइतेलाई काठमाडौं पठाइयो

कपिलवस्तु १ मा बदलियो जनसर्मथन भाट अगाडी

इरानका सर्वोच्च नेता खामेनीको मृत्यु पुष्टि, ४० दिन शोक घोषणा

सबैलाई मिलाएर अगाडि जाने तागत कांग्रेसमा मात्र छ ; सभापति गगनकुमार थापा

४४औँ मगर दिवस, बनकसियामा विविध सांस्कतिक कार्यक्रम

मधेशको समृद्धिसंगै देशको प्रगतिका लागि मेरो उम्मेद्वारी : विश्राम प्रसाद चौधरी

कपिलवस्तुमा जनप्रतिनिधिहरु आचारसंहिता विपरित खुलेयाम चुनावी प्रचारप्रसारमा

गिलासमा मत हाल्दा गर्व लाग्छ : शिवकला

भर्खरै

  • बालेन बन्दैछन् एसियाकै दोस्रो कान्छा निर्वाचित प्रधानमन्त्री

  • काठमाडौंमै आठ हजार १९७ मत बदर

  • लुम्बिनी प्रदेश सभाबाट राजीनामा दिएर चुनाव लडेका तीन पूर्वमन्त्री असफल

  • जेनजी आन्दोलनमा ‘सेक्युरिटी ल्याप्सेस’ भएको आयोगको निष्कर्ष, कारबाही सिफारिस

  • सियारी गाउँपालिका अध्यक्ष थानेश्वर घिमिरेद्वारा कांग्रेसको जिल्ला उपसभापति पदबाट राजीनामा

  • प्रोटिन र भिटामिनको स्रोत च्याउ: किन बढ्दैछ यसको माग?

  • कपिलवस्तुमा करिब ५९.४६ प्रतिशत मतदान

  • माल्दिभ्समा हुने साफ यू–२० च्याम्पियनशिपका लागि नेपाली टोली घोषणा

  • रामेछाप दुर्घटना : असई र मतदान अधिकृतको मृत्यु, गम्भीर घाइतेलाई काठमाडौं पठाइयो

  • कपिलवस्तु १ मा बदलियो जनसर्मथन भाट अगाडी


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
प्रबन्ध सम्पादक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  
 

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech