ताजा अपडेट

सरकारले अध्यादेश ल्याएपछि कांग्रेसले बोलायो विपक्षी दलहरूको बैठक

वर्षासँगै रोशी खोलामा बाढी, बीपी राजमार्ग फेरि अवरुद्ध

जन्मदिनमा सामाजिक सेवा : बालगृहका बालबालिकालाई भोजन तथा फलफूल वितरण

भूमि मन्त्रालय मातहतका सबै कार्यक्रम अब होटेल तथा रिर्सोटमा गर्न नपाइने

नयाँ शैक्षिकसत्र आजदेखि सुरु

नेकपाले बनायो संविधान संशोधन कार्यदल

राष्ट्रपति पौडेलले गरे भानु साहित्य उद्यानको शिलान्यास

सशस्त्र प्रहरीको आईजीपीमा नारायणदत्त पौडेल नियुक्त

मनोहरा सुकुमबासी बस्तीमा दर्जन बढी डोजर परिचालन

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Sample Image

प्रदेश ५ : प्रदेशसभामा कांग्रेस सांसदको तोडफोड

लुम्बिनी दर्पण २०७७ आश्विन २०, मंगलवार ०२:५८
[sharethis-inline-buttons]

लुदअ बुटवल, २० असोज
प्रदेश ५ को स्थायी राजधानीलाई लिएर प्रमुख विपक्षी नेपाली कांग्रेसले प्रदेशसभामा तोडफोड गरेका छन् ।

प्रदेशको नाम लुम्बिनी र स्थायी राजधानी दाङको भालुवाङलाई बनाउने प्रदेश सरकारको प्रस्ताव छ । त्यसबारे छलफलका लागि बोलाइएको प्रदेशसभामा कांग्रेस सांसदहरुले नाराबाजी गरे र संसद बैठक केहीबेरका लागि स्थगित भयो । त्यसअघि बोलेका संसदीय दलका नेता वीरेन्द्र कनौडियाले राजनीतिक सहमतिका आधारमा राजधानी तोक्नुपर्ने बताएका थिए ।

दोस्रो बैठकमा पनि कांग्रेस सांसदहरुले नाराबाजी गरेपछि सभामुख पूर्णबहादुर घर्तीले फरकमतको सम्मान गर्ने तर सभाको कारबाही अगाडि बढाउने बताए ।

प्रदेशको नाम र स्थायी राजधानीसम्बन्धी प्रस्तावमाथि छलफल गरियोस् भन्ने प्रस्ताव पेश गर्न आन्तरिक मामिला तथा कानूनमन्त्री कुलप्रसाद केसीलाई समय दिए । नाराबाजी गरिरहेका विपक्षी सांसदहरु मन्त्री घर्तीको बाटो छेक्न रोष्टम छेउ गए । उनीहरु मन्त्री केसीलाई रोष्टममा पुग्नबाट रोक्न चाहन्थे ।

मन्त्री अगाडि बढ्न खोज्दा प्रस्तावको कागज खासाखोस समेत भयो । तर, मर्यादापालकको साथ पाएका मन्त्री केसी रोष्टममा पुगे र प्रस्ताव पेश गरे । त्यही बेला नाराबाजी गरिरहेका मध्ये सांसद बसिरुद्दिन खाँले पहिलो रोमा रहेको कुर्सी उचालेर टेबलमा पछारे ।

अष्टभुजा पाठक र बैजनाथ कलवारले पनि कुर्सी उचालेर पछारे । त्यसपछि कांग्रेस नेताहरु बस्ने कुर्सी, टेबल र माइकहरु छताछुल्ल भए ।

केहीबेर मौन रहेका सभामुख घर्तीले न तोडफोडबारे केही बोले, न सभाको कारबाही रोके । बरु तोडफोडका कारण भद्रगोल अवस्थामै सभाको कारबाही अगाडि बढाए ।

छलफलमा भाग लिन सांसदहरुलाई समय उपलब्ध गराए । होहल्लाकै वीचमा छलफलको औपचारिकता पूरा भयो । विपक्षीको नाराबाजी त छँदै थियो, सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीका ९नेकपा० कै केही सांसद उठेर हात उठाइरहका थिए ।

तर, सभामुखले संशोधनका लागि १८ घन्टे सूचना दिए र छलफलमा उठेका प्रश्नहरुको जवाफका लागि आन्तरिक मामिला मन्त्रीलाई समय दिए ।

कानुनमन्त्री केसी रोष्टममा आइपुग्दासम्म अवस्था यस्तो भयो कि सभामुख घर्तीको सुरक्षाका लागि मर्यादापालकहरु दायाँबाया कुसन लिएर उभिनु परेको थियो । त्यसक्रममा मन्त्री केसी यति आक्रोशित भए कि विरोध गर्ने सांसदहरुतर्फ इंगित गर्दै घिसारेर बाहिर निकाल्न मर्यादापालकलाई निर्देशन दिएका थिए ।


प्रकाशित : २०७७ आश्विन २०, मंगलवार ०२:५८

लुम्बिनी दर्पण

लेखकबाट थप

  • बनकसिया नाकामा ठेकेदारको रजाँई, कम नापचाँजले आशंका
  • सर्वोच्चले दियो नेपाली कांग्रेसमा गगन थापा नेतृत्वलाई आधिकारिकता
  • लुम्बिनी प्रदेशमा मिडिया क्षेत्रको बजेट फ्रिज हुने खतरा बढ्यो : सिके गुप्ता
  • ४ बर्ष देखि बुद्धभुमीको गब्दवा नाकामा ठेकेदार पोख्रेलको रजगज
  • रोकिएन बाणगंगा नदिमा स्काभेटरको आतंक नदिभरि स्काभेटर
प्रतिक्रिया

यो पनि पढौँ

सरकारले अध्यादेश ल्याएपछि कांग्रेसले बोलायो विपक्षी दलहरूको बैठक

वर्षासँगै रोशी खोलामा बाढी, बीपी राजमार्ग फेरि अवरुद्ध

नेकपाले बनायो संविधान संशोधन कार्यदल

राष्ट्रपति पौडेलले गरे भानु साहित्य उद्यानको शिलान्यास

सशस्त्र प्रहरीको आईजीपीमा नारायणदत्त पौडेल नियुक्त

मनोहरा सुकुमबासी बस्तीमा दर्जन बढी डोजर परिचालन

डाइभर्सन बगाउँदा बीपी राजमार्ग अवरुद्ध, अलपत्र यात्रुको प्रहरीद्वारा उद्वार

सरकारी कर्मचारीको विद्युतीय हाजिरी अनिवार्य गर्न परिपत्र

संविधान संशोधन बहसपत्र तयार गर्न गठित कार्यदलको बैठक जारी

बनकसिया नाकामा ठेकेदारको रजाँई, कम नापचाँजले आशंका

गीता मृत्यु प्रकरण : थप दुई जना चिकित्सक पक्राउ

विद्यार्थी संगठनमाथि प्रतिबन्धको विरोधमा कालो बेलुन उडाएर प्रदर्शन

भर्खरै

  • सरकारले अध्यादेश ल्याएपछि कांग्रेसले बोलायो विपक्षी दलहरूको बैठक

  • वर्षासँगै रोशी खोलामा बाढी, बीपी राजमार्ग फेरि अवरुद्ध

  • जन्मदिनमा सामाजिक सेवा : बालगृहका बालबालिकालाई भोजन तथा फलफूल वितरण

  • भूमि मन्त्रालय मातहतका सबै कार्यक्रम अब होटेल तथा रिर्सोटमा गर्न नपाइने

  • नयाँ शैक्षिकसत्र आजदेखि सुरु

  • नेकपाले बनायो संविधान संशोधन कार्यदल

  • राष्ट्रपति पौडेलले गरे भानु साहित्य उद्यानको शिलान्यास

  • सशस्त्र प्रहरीको आईजीपीमा नारायणदत्त पौडेल नियुक्त

  • मनोहरा सुकुमबासी बस्तीमा दर्जन बढी डोजर परिचालन

  • डाइभर्सन बगाउँदा बीपी राजमार्ग अवरुद्ध, अलपत्र यात्रुको प्रहरीद्वारा उद्वार


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
प्रबन्ध सम्पादक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  
 

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech