ताजा अपडेट

व्यापारीको गोदाममा फेरि अनुदानको मल, प्रहरीले छाडेपछि स्थानीयमा आशंका ?

राष्ट्रिय संगीतकर्मी संघ अर्घाखाँचीको अध्यक्षमा तेजेन्द्र सम्शेर पाण्डेय निर्वाचित

बाणगंगा–७ मा ससुराली आएका युवक बेपत्ता, खोजीमा सहयोग गर्न परिवारको अपिल

डेंगी नियन्त्रणमा वाणगंगा सक्रिय : घर–घर खोजपड्तालदेखि जनचेतनासम्म

नागढुङ्गा सुरुङमार्गको उदघाटन, शुरुमा अत्यावश्यक गाडीलाई मात्रै अनुमति

सांसदलाई स्वकीय सचिव राख्न दिने निर्णयमा सर्वोच्चको कारण देखाऊ आदेश

लुम्बिनीमा कांग्रेसका मन्त्रीले राजीनामा दिँदै

नागढुङ्गा सुरुङमार्ग भोलि उद्घाटन हुँदै

हरिशयनी एकादशीमा भक्तिमय बन्दै जीतपुर

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Sample Image

बाबुल र दर्शन मालिकाका मालिक को हुन ? तौफिकको संलग्नता नभएको पुष्टि

लुम्बिनी दर्पण २०८२ फाल्गुन ११, सोमबार १९:४७
[sharethis-inline-buttons]

 

—बुटवल–गोलपार्क सडकमा १६ महिनामा ५४% मात्रै प्रगति—

बुटवल।

रुपन्देही क्षेत्र नम्बर–५ का उम्मेदवार तथा तौफिक खाँले बाबुल निर्माण सेवा र दर्शन मालिका निर्माण सेवा आफ्नो नाममा नरहेको प्रमाणमा स्पष्ट देखिन्छ। अन्य व्यक्तिको नाममा दर्ता रहेको कम्पनीसँग आफ्नो नाम जोडेर प्रचार गर्नु “चुनावी प्रतिशोध” भएको उनको दाबी छ।

पछिल्लो समय बुटवल राजमार्ग चौराहादेखि गोलपार्कसम्मको साढे तीन किलोमिटर सडक निर्माण अलपत्र पारिएको विषयमा विभिन्न सञ्चारमाध्यममा समाचार प्रकाशित हुँदै आएका छन्। ती समाचारमा निर्माण कम्पनीसँग खाँको प्रत्यक्ष सम्बन्ध रहेको दाबी गरिए पनि कम्पनी दर्ता विवरणमा उनको नाम नदेखिएको पुष्टि भएको छ।

को हुन कम्पनीका मालिक ?

बाबुल निर्माण सेवाका सञ्चालक सफिक अहमद हुन तर केही महिना अघि उनको निधन भए पश्चात् उक्त फर्म सफिकको छोरा नफिस खाँको नाममा दर्ता रहेको छ। बुटवल राजमार्ग चौराहादेखि गोलपार्कसम्मको सडक निर्माणमा बाबुल निर्माण सेवा लिड पार्टनर र दर्शन मालिका सहायक पार्टनरका रूपमा छन्। दर्शन मालिका कम्पनीका सञ्चालक नेपाल निर्माण उद्योग परिषद् रुपन्देहीका अध्यक्ष राजन ज्ञवाली रहेका छन्।

पहिलो ठेक्का तोडिएपछि दोस्रो सम्झौता

२०७३ सालदेखि सुरु भएको उक्त सडक निर्माणको पहिलो ठेक्का काठमाडौँस्थित ‘द कञ्चनजङ्घा बिरुवा जेभी’ले ५३ करोड ९७ लाख ९९ हजार ४ सय रुपैयाँमा लिएको थियो। तर ८ वर्षमा जम्मा ५४ प्रतिशत काम मात्रै सम्पन्न भएपछि सडक डिभिजन कार्यालय बुटवलले २०८१ वैशाखमा ठेक्का तोडेको थियो।

त्यसपछि २०८१ असोज १८ गते ‘बाबुल दर्शन मालिका जेभी’सँग नयाँ ठेक्का सम्झौता गरिएको थियो। अघिल्लो कम्पनीले बाँकी छाडेको ४६ प्रतिशत कामलाई १०० प्रतिशत मानेर एक वर्षभित्र सम्पन्न गर्ने गरी भ्याटसहित ३३ करोड रुपैयाँमा सम्झौता भएको हो।

१६ महिनामा ५४ प्रतिशत मात्रै काम

नयाँ ठेक्का सम्झौता भएको १६ महिना बितिसक्दा पनि जम्मा ५४ प्रतिशत काम मात्रै सम्पन्न भएको सडक डिभिजन कार्यालय बुटवलका इन्जिनियर सरद आचार्यले जानकारी दिए। थप गरिएको ६ महिनाको म्याद पूरा हुन अब डेढ महिना मात्र बाँकी छ।

कार्यालय प्रमुख मिश्रका अनुसार मुख्य लेनको करिब ६ सय मिटरमा सब–बेसको काम बाँकी छ भने १२ सय मिटरमा माथिल्लो कालोपत्रे गर्न बाँकी छ। दुवैतर्फको सर्भिस लेनमा नाली निर्माण र रेलिङ जडान कार्य अपूरो छ। फुटपाथको अधिकांश भागमा टायल बिछ्याउने काम भने सम्पन्न भइसकेको जनाइएको छ।

निर्माण कम्पनीले हालसम्म ३ करोड रुपैयाँ पेस्की र थप १३ करोड गरी कुल १६ करोड रुपैयाँ भुक्तानी लगिसकेको छ। निर्माण व्यवसायी नफिस खाँले मेट्रियल अर्थात नदिजन्य वस्तुको अभावका कारण केही ढिलाइ भएको स्वीकार गर्दै काम निरन्तर रहेको बताएका छन्। यसबारे बुटवल उपमहानगरपालिकासँग पनि सहयोगका लागि प्रस्ताव गरिएको जनाइएको छ।

स्थानीयमा आक्रोश, स्वास्थ्य र व्यापार प्रभावित
लुम्बिनी प्रादेशिक अस्पतालदेखि राजमार्ग चौराहासम्म फैलिएको यो सडक खण्डमा दैनिक हजारौँ सवारीसाधन आवतजावत गर्छन्। सर्भिस लेनतर्फ नाली खनेर छाडिँदा र कालोपत्रे अधुरो रहँदा धुलोको समस्या चर्किएको छ। यसले स्थानीय बासिन्दा, व्यवसायी र बिरामीहरू प्रभावित बनेका छन्।


प्रकाशित : २०८२ फाल्गुन ११, सोमबार १९:४७

लुम्बिनी दर्पण

लेखकबाट थप

  • व्यापारीको गोदाममा फेरि अनुदानको मल, प्रहरीले छाडेपछि स्थानीयमा आशंका ?
  • बाणगंगा–७ मा ससुराली आएका युवक बेपत्ता, खोजीमा सहयोग गर्न परिवारको अपिल
  • दुई बस र ट्रक ठोक्किँदा ३० जना घाइते
  • चोरी बढ्दा पनि प्रहरीले देखाएन चासो, बाणगंगामा श्रृंखलाबद्ध चोरीले स्थानीय त्रसित
  • किसानको भरोसाको आधार बन्दै कृषि तथा पशु बहुउद्देश्यीय सहकारी
प्रतिक्रिया

यो पनि पढौँ

लुम्बिनीको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम स्वीकृत

आज संसदको पहिलो बैठकमा कुन नेताले के बोले, संक्षिप्तमा

आजदेखि सिनेमा हलमा ‘हामी तीन भाइ’

दुई समुदायको झडप रोक्न कपिलवस्तुमा निषेधाज्ञा

कोलीय देवदह बचत तथा ऋण सहकारी संस्था लिमिटेडको आयोजनामा ३ दिने उद्घोषण तालिम आज देखि सुरु

गौर तनाव : सेना परिचालनपछि पनि राेकिएन आगजनी, भित्री भाग अझै अशान्त

गौर नगर क्षेत्रमा अनिश्चितकालीन कर्फ्यू जारी

राजमो विजयनगर गाउँपालिका भेला सम्पन्न,गोविन्द परियारको संयोजकत्वमा ५१ सदस्यीय प्रचार–प्रसार समिति गठन

बङ्गलादेशकी पूर्व प्रधानमन्त्री हसिनालाई भ्रष्टाचारको अभियोगमा १० वर्षको जेल सजाय हुने फैसला

संघियता खारेजी र राष्ट्रियताको रक्षाको नितिले राष्ट्रिय जनमोर्चाका उम्मेदवार उत्साहित चुनावी सभा सम्पन्न

बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी

सिनर्जी सहकारीमा पुनः बेल्बासेको नेतृत्व, अध्यक्षमा निर्विरोध चयन

भर्खरै

  • व्यापारीको गोदाममा फेरि अनुदानको मल, प्रहरीले छाडेपछि स्थानीयमा आशंका ?

  • राष्ट्रिय संगीतकर्मी संघ अर्घाखाँचीको अध्यक्षमा तेजेन्द्र सम्शेर पाण्डेय निर्वाचित

  • बाणगंगा–७ मा ससुराली आएका युवक बेपत्ता, खोजीमा सहयोग गर्न परिवारको अपिल

  • डेंगी नियन्त्रणमा वाणगंगा सक्रिय : घर–घर खोजपड्तालदेखि जनचेतनासम्म

  • नागढुङ्गा सुरुङमार्गको उदघाटन, शुरुमा अत्यावश्यक गाडीलाई मात्रै अनुमति

  • सांसदलाई स्वकीय सचिव राख्न दिने निर्णयमा सर्वोच्चको कारण देखाऊ आदेश

  • लुम्बिनीमा कांग्रेसका मन्त्रीले राजीनामा दिँदै

  • नागढुङ्गा सुरुङमार्ग भोलि उद्घाटन हुँदै

  • हरिशयनी एकादशीमा भक्तिमय बन्दै जीतपुर

  • एकादशीको पावन अवसरमा कपिलवस्तुमा ‘युवा भजन साँझ–२०८३’ हुँदै


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
प्रबन्ध सम्पादक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  
 

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech