ताजा अपडेट

सरकारले अध्यादेश ल्याएपछि कांग्रेसले बोलायो विपक्षी दलहरूको बैठक

वर्षासँगै रोशी खोलामा बाढी, बीपी राजमार्ग फेरि अवरुद्ध

जन्मदिनमा सामाजिक सेवा : बालगृहका बालबालिकालाई भोजन तथा फलफूल वितरण

भूमि मन्त्रालय मातहतका सबै कार्यक्रम अब होटेल तथा रिर्सोटमा गर्न नपाइने

नयाँ शैक्षिकसत्र आजदेखि सुरु

नेकपाले बनायो संविधान संशोधन कार्यदल

राष्ट्रपति पौडेलले गरे भानु साहित्य उद्यानको शिलान्यास

सशस्त्र प्रहरीको आईजीपीमा नारायणदत्त पौडेल नियुक्त

मनोहरा सुकुमबासी बस्तीमा दर्जन बढी डोजर परिचालन

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Sample Image

आज संसदको पहिलो बैठकमा कुन नेताले के बोले, संक्षिप्तमा

लुम्बिनी दर्पण २०८२ चैत्र १९, बिहीबार १७:२८
[sharethis-inline-buttons]

काठमाडौं 

प्रतिनिधिसभा संसद्को पहिलो अधिवेशन आजदेखि शुरु भएको छ । गत फागुन २१ मा सम्पन्न भएको निर्वाचन पछि निर्वाचित प्रतिनिधिसभा सदस्य संसदको आज पहिलो बैठक सम्पनन भएको हो ।

बैठक सिंहदरबारस्थित निर्माणाधीन संघीय संसद्मा आज दिउँसो २ बजेदेखि आह्वान गरिएको थियो ।
रास्वपा सभापति रवि लामिछाने ;
रास्वपा सभापति रवि लामिछानेले अब संख्याकै बलमा प्रतिशोध र अत्याचार नहुने बताएका छन् । प्रतिनिधिसभाको पहिलो बैठकलाई सम्बोधन गर्ने क्रममा उनले आस्थाकै आधारमा अब कसैलाई पनि फरक व्यवहार नहुने बताए । तर सुशासनको वेग भने नरोकिने लामिछानेले बताए ।

नेपाली कांग्रेसका सांसद भीष्मराज आङदेम्बे ;

नेपाली कांग्रेसका सांसद भीष्मराज आङदेम्बेले प्रधानमन्त्री बालेन्द्र शाहसँग जाँचबुझ आयोगको प्रतिवेदन सरकारबाट सार्वजनिक हुन्छ कि हुँदैन ? भनेर प्रश्न गरेका छन् । बिहीबार प्रतिनिधिसभाको पहिलो बैठकमा बोल्दै आङदेम्बेले पूर्व न्यायाधीश गौरीबहादुर कार्की आयोग र सरकारको नियतमाथि नै प्रश्न गर्दै यस्तो प्रश्ज सोधेका हुन् ।

‘जाँचबुझ आयोगको प्रतिवेदन स्वयं सरकारले सार्वजनिक पनि गर्ने कि प्रधानमन्त्रीजीले पनि गोरखापत्र पढ्ने ?’ आङदेम्बेले भने ।

भदौ २४ गते संसद् भवन र सिंहदरबार जलेको विषयमा आयोगको मौनतामाथि पनि उनले प्रश्न उठाए । ‘किन खरानी भयो संसद् भवन, किन जल्यो सिंहदरबार ? कसले जलायो ?’, उनले प्रश्न गरे, ॅभदौ २३ र २४ गतेका घटना एकएक केलाउन जरुरी छ ।’

एमाले नेता रामबहादुर थापा ;

नेकपा एमालेका संसदीय दलका नेता रामबहादुर थापाले संसद् बैठकलाई दलीय आधारमा सम्बोधन गर्दै जेनजी आन्दोलनको घटनामा रास्वपाकै संलग्नता रहेको बताउँदै टिप्पणीसहित प्रधानमन्त्रीलाई बधाई दिए ।

‘रास्वपाको अघोषित रंग क्रान्ति भदौ २३ र २४ मा सफलतापूर्वक गरियो । फागुन २१ गते आम निर्वाचतनमार्फत निलोक्रान्ति सम्पन्न गरियो’, थापाले भने ।

रास्वपा पहिलो दल बन्नुमा नेपाली सेनादेखि बारबरा फाउन्डेसनसम्मको हात रहेको बताए । ‘यो सबै परिणामका पछाडि मुख्यतः नेपाली सेना, ब्युरोक्रेसी, सुशीला सरकार र बारबरा फाउन्डेसन विजयका आधारहरू हुन्‌’ थापाले भने ।

नेकपाका नेता वर्षमान पुन ;

नेकपाका नेता वर्षमान पुनले राष्ट्र निर्माणको लागि सरकारलाई सघाउन तयार रहेको बताएका छन् । प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै सामाजिक न्याय र रूपान्तरणको लागि सरकारलाई साथ रहने बताए।

उनले लोकतन्त्र, गणतन्त्र र समावेशिताको मुद्दामा सम्झौता गर्न नसक्ने बताए । उनले निर्वाचनबाट आएको जनमतलाई स्वीकारेर रचनात्मक रूपमा सरकारलाई सघाउन तयार रहेको बताए ।

श्रम, संस्कृति पार्टीका सांसद हर्क साम्पाङ ;

श्रम, संस्कृति पार्टीका अध्यक्षसमेत रहेका सांसद हर्क साम्पाङले अमेरिकी सहायता परियोजना एमसीसी खारेज गर्न माग गरेका छन् । ‘देशको लस्वाधिनता र असंलग्न परराष्ट्र नीतिलाई बचाइ राख्न सैन्य रणनीति उद्देश्यका साथ सुरु गरिएको असमान राष्ट्रघाती व्यापारिक सन्धी एमसीसी खारेज गर्नुपर्छ भनेर माग गर्दछु ।’

राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा) सांसद ज्ञानेन्द्र शाही ;

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सांसद ज्ञानेन्द्र शाहीले प्रदेश संरचना खारेज गर्न वर्तमान सरकारलाई दुई तिहाइ बहुमत पुर्‍याउन आफ्‌नो दल तयार रहेको बताएका छन् ।

बिहीबारको प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै शाहीले अनावश्यक प्रदेश संरचना सञ्चालनका लागि वार्षिक १ खर्ब रकम खर्च भइरहेको बताएका हुन् ।

स्वतन्त्र सांसद महावीर पुन ;

प्रतिनिधि सभा सदस्य महावीर पुनले सदनमा आफ्‌नो भूमिका पक्ष विपक्ष भन्दा पनि निष्पक्ष हुने बताए। उनले अगाडि भने, ‘म एउटा अचम्मको सांसदको रूपमा आएको छु, म फरक छु, बोल्ने काम गर्ने कुरा पनि फरक छ। म यो ठाउँमा आउनै नपर्ने मान्छे हुँ ।’


प्रकाशित : २०८२ चैत्र १९, बिहीबार १७:२८

लुम्बिनी दर्पण

लेखकबाट थप

  • बनकसिया नाकामा ठेकेदारको रजाँई, कम नापचाँजले आशंका
  • सर्वोच्चले दियो नेपाली कांग्रेसमा गगन थापा नेतृत्वलाई आधिकारिकता
  • लुम्बिनी प्रदेशमा मिडिया क्षेत्रको बजेट फ्रिज हुने खतरा बढ्यो : सिके गुप्ता
  • ४ बर्ष देखि बुद्धभुमीको गब्दवा नाकामा ठेकेदार पोख्रेलको रजगज
  • रोकिएन बाणगंगा नदिमा स्काभेटरको आतंक नदिभरि स्काभेटर
प्रतिक्रिया

यो पनि पढौँ

सरकारले अध्यादेश ल्याएपछि कांग्रेसले बोलायो विपक्षी दलहरूको बैठक

वर्षासँगै रोशी खोलामा बाढी, बीपी राजमार्ग फेरि अवरुद्ध

नेकपाले बनायो संविधान संशोधन कार्यदल

राष्ट्रपति पौडेलले गरे भानु साहित्य उद्यानको शिलान्यास

सशस्त्र प्रहरीको आईजीपीमा नारायणदत्त पौडेल नियुक्त

मनोहरा सुकुमबासी बस्तीमा दर्जन बढी डोजर परिचालन

डाइभर्सन बगाउँदा बीपी राजमार्ग अवरुद्ध, अलपत्र यात्रुको प्रहरीद्वारा उद्वार

सरकारी कर्मचारीको विद्युतीय हाजिरी अनिवार्य गर्न परिपत्र

संविधान संशोधन बहसपत्र तयार गर्न गठित कार्यदलको बैठक जारी

बनकसिया नाकामा ठेकेदारको रजाँई, कम नापचाँजले आशंका

गीता मृत्यु प्रकरण : थप दुई जना चिकित्सक पक्राउ

विद्यार्थी संगठनमाथि प्रतिबन्धको विरोधमा कालो बेलुन उडाएर प्रदर्शन

भर्खरै

  • सरकारले अध्यादेश ल्याएपछि कांग्रेसले बोलायो विपक्षी दलहरूको बैठक

  • वर्षासँगै रोशी खोलामा बाढी, बीपी राजमार्ग फेरि अवरुद्ध

  • जन्मदिनमा सामाजिक सेवा : बालगृहका बालबालिकालाई भोजन तथा फलफूल वितरण

  • भूमि मन्त्रालय मातहतका सबै कार्यक्रम अब होटेल तथा रिर्सोटमा गर्न नपाइने

  • नयाँ शैक्षिकसत्र आजदेखि सुरु

  • नेकपाले बनायो संविधान संशोधन कार्यदल

  • राष्ट्रपति पौडेलले गरे भानु साहित्य उद्यानको शिलान्यास

  • सशस्त्र प्रहरीको आईजीपीमा नारायणदत्त पौडेल नियुक्त

  • मनोहरा सुकुमबासी बस्तीमा दर्जन बढी डोजर परिचालन

  • डाइभर्सन बगाउँदा बीपी राजमार्ग अवरुद्ध, अलपत्र यात्रुको प्रहरीद्वारा उद्वार


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
प्रबन्ध सम्पादक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  
 

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech