लुदस, जितपुर
कपिलवस्तुको बाणगंगा नगरपालिका स्थित बाणगंगा वेलफेयर सोसाइटीको ११ औं वार्षिक साधारण सभा तथा छैठौं अधिवेशन सम्पन्न भएको छ । शनिबार उद्योग वाणिज्य संघको सभाहल चार नम्बरमा उक्त कार्यक्रम भएको हो ।
वि.सं. २०६६ सालमा केही उत्साही युवाहरुको साझा सपना, सामाजिक उत्तरदायित्व र परिवर्तनको दृढ संकल्पबाट “बाणगंगा स्पोर्टस एण्ड वेलफेयर सोसाइटी” को स्थापना भएको थियो । खेलकुद, संस्कृति संरक्षण, लागूऔषध दुर्व्यसन विरुद्ध सचेतना र सामाजिक अभियान सञ्चालन गर्ने उद्देश्यले सुरु भएको यो संस्था पछिल्लो समय कपिलवस्तु जिल्लाकै एक सक्रिय सामाजिक संस्थाको रुपमा स्थापित भएको छ ।
सम्पन्न साधारणसभा कार्यक्रममा संस्थाका अध्यक्ष राजकुमार खाँणको अध्यक्षता तथा बाणगंगा नगर उप प्रमुख रिता कुमारी थारुको प्रमुख आतिथ्यता रहेको थियो ।
कार्यक्रममा बाणगंगा वेलफेयर सोसाइटीले आफ्नो स्थापना समयदेखि हाल सम्म भएका खासखास कार्यक्रमहरुको वृत्त चित्र, प्रतिवेदन तथा जानकारी दिएको छ ।
बजार क्षेत्रको फोहोर व्यवस्थापनदेखि सडक बत्ती, सिसिटिभी जडान, प्रतिक्षालय निर्माण, खानेपानी व्यवस्थापन, पार्क तथा गेट संरक्षण, बुद्धरंगशालाको विकास, स्वास्थ्य शिविर, रक्तदान कार्यक्रम, युवा खेलाडीहरुको सहभागिता, सांस्कृतिक कार्यक्रम, सडक खाना महोत्सव लगायतका विविध सामाजिक कार्यमा संस्थाले निरन्तर सक्रिय भूमिका निर्वाह गरेको संस्थाका अध्यक्ष राजकुमार खाँणले बताए ।
कार्यक्रममा नगर उप प्रमुख थारुले बाणगंगा वेलफेयर सोसाइटीले यहाँको एक प्रतिष्ठित संस्थाको रुपमा आफूलाई स्थापित गर्न सफल भएको भन्दै अझै थप सफलताको शुभकामना व्यक्त गरिन । उनले सामाजिक विकास र युवाहरुको एकताका लागि पनि संस्थाले काम गरेको कुरा सराहनीय रहेको बताइन । उनले अधिवेशनबाट बन्ने नयाँ नेतृत्व र टिमलाई पनि अग्रिम शुभकामना व्यक्त गरेकी छिन् ।
कार्यक्रममा संस्थाका कोषाध्यक्ष मोहन पाण्डेले बाणगंगा वेलफेयर सोसाइटीले आर्थिक वर्ष २०८२/०८३ को वार्षिक आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । उनले बाणगंगा वेलफेयर सोसाइटीले चालु आ.व को वैशाख मसान्त सम्म १९ लाख २१ हजार ९४५ रुपैँया आम्दानी र ९ लाख ६९ हजार ३८५ खर्च सहितको प्रतिवेदन प्रसतुत गरे ।
यस्तै संस्थाका महासचिव बुद्धि बहादुर रोका (दिनेश) ले संस्थाको प्रगति प्रतिवेदन प्रसतुत गर्दै एक आर्थिक वर्षमा भएका कार्यहरु र आगामी योजनाबारे जानकारी गराए ।
विशेषगरी, कपिलवस्तु महोत्सवको सफल आयोजना मार्फत जिल्लाको आर्थिक, सांस्कृतिक तथा पर्यटन प्रवद्र्धनमा संस्थाले महत्वपूर्ण योगदान पुर्याएको बताएको छ । पछिल्लो पटक सम्पन्न १६ औं कपिलवस्तु महोत्सवले जिल्लाको पहिचानलाई अझ उचाइमा पुर्याएको उनको प्रतिवेदनमा उल्लेख छ ।
सफल नेतृत्व गरेका खाँण जिम्मेवारी सुम्पदै
बाणगंगा वेलफेयर सोसाइटीको सफल नेतृत्व गरेका राज खाँण संस्थाको छैठौँ अधिवेशनबाट पदभार तथा जिम्मेवारी सुम्पने तयारीमा छन् । उनले बाणगंगा वेलफेयर सोसाइटीको नेतृत्व लिए यता प्रतिष्ठित मानिएको कपिलवस्तु महोत्सवका पाँचवटा संस्करण आफ्नै संयोजकत्वमा सफलतापुर्वक सम्पन्न गर्ने पहिलो अध्यक्ष पनि हुन ।

उनै खाँणले अहिले भने वेलफेयरको नेतृत्व हस्तान्त्रणको चरणमा आफू पुगेको बताएका छन् । अब बन्ने नयाँ कार्यसमिति र नेतृत्वलाई सहयोग आफ्नो निरन्तर रहने पनि प्रतिवद्धता जनाए ।
कार्यक्रममा बोल्ने अन्य वक्ताहरुले बाणगंगा वेलफेयर सोसाइटीले स्थापनादेखि हाल सम्म निरन्त सक्रियताका साथ कामहरु संचालन गरेको भन्दै प्रशंसा गरेका थिए ।
कपिलवस्तुमा २०६५ बाट महोत्सवको सुरुवात भयो । महोत्सवको पहिलो संयोजक को रुपमा स्थानिय समाजसेवी स्व.शंकर प्रसाद आचार्य रहेका थिए भने दोस्रो महोत्सव संयोजकमा तत्कालिन कपिलवस्तु व्यापार संघका अध्यक्ष विष्णु प्रसाद न्यौपाने रहेका थिए । तेस्रो महोत्सव संयोजक चर्चित समाजसेवी स्व. शेरबहादुर क्षेत्रीले गरेका थिए । चौथो महोत्सव पनि व्यापार संघले आयोजना गरेको थियो जसको संयोजक देवी पाण्डेले गरेका थिए । पाँचौ महोत्सव भने विविध कारण रोकिन थाल्यो र बाणगंगा स्पोर्टस क्लवका युवाहरुले काध थापे जसमा संयोजक वेलफेयरका पूर्व अध्यक्ष पदम सेनले गरेका थिए । सातौ , नवौं र एघारौ महोत्सवको रथ संयोजक वेलफेयरका अध्यक्ष राजकुमार खाँणले हाकेका थिए भने १० आंै महोत्सव अर्थात १ दशकको महोत्सव भने विशेष पहिचानका साथ उद्योग वाणिज्य संघका अध्यक्ष उमानाथ नेतृत्वमा थियो ।
यस अगाडीका बाहै र तेहै महोत्सव उद्योग वाणिज्य संघका अध्यक्ष दोलकराम घिमिरको संयोजकत्वमा संम्पन्न भएका हुन् । १५ औ महोत्सव उद्योग वाणिज्य संघका अध्यक्ष गणेश क्षेत्रीले सम्हाले
१४ औं १६ औं कपिलवस्तुको नेतृत्व चर्चित समाजसेवी व्यातिmत्व एवं बाणगंगा वेलफेयर सोसायीटीका अध्यक्ष खाँणले संँम्पन्न गरे । सामाजिक सेवा भावमा भाषणभन्दा कममो जोड लिनुपर्छ भन्ने धारणा राख्ने खाँणले वेलफेयरलाई एक उचाईमा पुयाए सवैलाई समेटेर कुशल नेतृत्वबाट विदा लिए । क्लवलाई यस उचाईमा पुयाउदा अहिले नेतृत्वमा आउने कार्यसमिति सदस्यहरुको तिब्र प्रतिस्पर्धा रहेको छ । जसका विचबाट आज सर्वसम्मत नयाँ नेतृत्व सहित समिति चयनका लागि छलफल भैरहेको छ ।
हाल यो संस्थाले आफ्नै भवन निर्माण गरी संस्थागत व्यवस्थापनलाई थप मजबुत बनाएको छ भने समाजमा व्याप्त लागूऔषधको समस्यामा फसेका युवाहरुलाई उपचार तथा पुनःस्थापनाको लागि सहयोग गर्दै समाजप्रति उत्तरदायी भूमिका निर्वाह गरिरहेको छ ।
कार्यक्रममा संस्थापक अध्यक्ष विष्णु थापा सहित पुर्व अध्यक्षहरु, सल्लाहाकार सदस्यहरु, वर्तमान कार्यसमिति तथा साधारण सदस्यहरु, विभिन्न सामाजिक संघ संस्थाका प्रमुखहरु, संचारकर्मी लगाएतको उपस्थिति रहेको थियो ।



















