ताजा अपडेट

चोरी बढ्दा पनि प्रहरीले देखाएन चासो, बाणगंगामा श्रृंखलाबद्ध चोरीले स्थानीय त्रसित

मन्त्रिपरिषद्को निर्णय : सांसदले अब स्वकीय सचिव नियुक्त गर्न पाउने

रोजगारीको सुनिश्चितता बिनाका तालिम बन्द गरिने, नयाँ कार्यविधि ल्याइँदै : श्रममन्त्री यादव

सिंहदरबार अगाडि मोटरसाइकल पार्किङ गरी प्रदर्शन गर्ने क्रममा अनेरास्ववियुका अध्यक्षसहित ६ विद्यार्थी नेता पक्राउ

विज्ञापन बोर्डको अध्यक्ष पदका लागि दरखास्त आह्वान

सर्वोच्चद्वारा निजी मिडिया माथिको सरकारी विज्ञापन प्रतिबन्ध बदर

बनगाईमा यात्रुबाहक दुई बस एकआपसमा ठोक्किँदा करिव २ दर्जन घाइते

मिटरब्याज पीडितसँग वार्ताका लागि निजगढ पुगे गृहमन्त्री

आत्मदाह प्रयास गरेका विवेक मण्डलको उपचारको क्रममा मृत्यु

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Sample Image

चोरी बढ्दा पनि प्रहरीले देखाएन चासो, बाणगंगामा श्रृंखलाबद्ध चोरीले स्थानीय त्रसित

लुम्बिनी दर्पण २०८३ श्रावण १, शुक्रबार २०:०५
[sharethis-inline-buttons]

मोहन बेल्वासे/जीतपुर

कपिलवस्तुको बाणगंगा नगर क्षेत्रमा पछिल्लो समय चोरीका घटनामा उल्लेख्य वृद्धि भएपछि स्थानीयवासी त्रसित बनेका छन्। मन्दिरका दानपेटिका, घण्टी, धार्मिक सामग्रीदेखि मोटरसाइकल र सुनका गरगहनासम्म चोरी हुन थालेपछि सुरक्षाको विषयमा गम्भीर चिन्ता बढेको छ। तर लगातार चोरीका घटना भइरहँदा पनि प्रहरीले प्रभावकारी विशेष अभियान सञ्चालन नगरेको भन्दै स्थानीयले असन्तुष्टि व्यक्त गरेका छन्।

गएराति मात्रै बाणगंगा–स्थित धनेशपुरको दुर्गा मन्दिरबाट दानपेटिका, करिब १८ किलो तौलको घण्टी तथा तरबार चोरी भएको स्थानीयवासीले बताएका छन्। धार्मिक आस्थाको केन्द्रमै चोरी भएपछि स्थानीय आक्रोशित बनेका छन्।

उही राति बाणगंगा नगरपालिका–११, ओदारीमा निर्माण खनालको घरमा पार्किङ गरिएको लु ०१–००५ प ५०४१ नम्बरको मोटरसाइकल समेत चोरी भएको छ। घरमै सुरक्षित राखिएको मोटरसाइकल रातारात हराएपछि स्थानीयवासीमा थप त्रास फैलिएको छ।

यसअघि पनि असार १९ गते राति बाणगंगा–६, सुठौलीबाट एउटा पल्सर मोटरसाइकल चोरी भएको थियो। त्यसैगरी असारको पहिलो सातामै पिपराबाट अर्को डिस्कभर मोटरसाइकल चोरी भएको घटना सार्वजनिक भएको थियो। यसरी असार महिनामै तीनवटा मोटरसाइकल चोरी भएका घटनाले सुरक्षा व्यवस्थामाथि प्रश्न उठाएको छ।

यद्यपि इलाका प्रहरी कार्यालय पिपराले भने जेठ महिनामा तीन र असारमा एक गरी चारवटा मोटरसाइकल चोरी भएको अभिलेख रहेको जनाएको छ। प्रहरीका अनुसार जेठमा चोरी भएको एउटा र असारमा चोरी भएको एउटा मोटरसाइकल फेला परिसकेको छ। तर स्थानीयले असार महिनामा चोरी भएका तीनवटै मोटरसाइकल अझैसम्म बरामद नभएको बताएका छन्।

स्थानीयवासीका अनुसार पछिल्ला केही सातायता विभिन्न स्थानमा सुनका गरगहना चोरी, मन्दिरका दानपेटिका फोड्ने तथा धार्मिक सामग्री चोरी गर्ने घटना समेत बढिरहेका छन्। यस्ता घटनाले सर्वसाधारणमा असुरक्षाको भावना बढाएको छ।

लगातार श्रृंखलाबद्ध चोरी भइरहे पनि प्रहरीले विशेष अपरेशन सञ्चालन नगरेको, रातिको गस्ती प्रभावकारी नभएको तथा चोरी नियन्त्रणका लागि ठोस रणनीति नदेखिएको भन्दै स्थानीयले आलोचना गरेका छन्। चोरीका घटनामा संलग्न समूहको खोजी गरी तत्काल नियन्त्रणमा लिन, रात्री गस्ती बढाउन तथा संवेदनशील क्षेत्रमा निगरानी सुदृढ बनाउनुपर्ने देखिन्छ ।


प्रकाशित : २०८३ श्रावण १, शुक्रबार २०:०५

लुम्बिनी दर्पण

लेखकबाट थप

  • किसानको भरोसाको आधार बन्दै कृषि तथा पशु बहुउद्देश्यीय सहकारी
  • दुःखको घडीमा लेखाली दाजुभाइ बने सहारा, बी.सी. परिवारलाई झण्डै २ लाख राहत हस्तान्तरण
  • अर्काको जग्गाको सिफारिस गराउन दबाब दिएको आरोपमा एक जना पक्राउ
  • किसानलाई सहकारी शिक्षा र पशु रोग व्यवस्थापनबारे तीन दिने तालिम 
  • जनता विद्यालयको अध्यक्षमा रैदास निर्वाचित
प्रतिक्रिया

यो पनि पढौँ

मन्त्रिपरिषद्को निर्णय : सांसदले अब स्वकीय सचिव नियुक्त गर्न पाउने

रोजगारीको सुनिश्चितता बिनाका तालिम बन्द गरिने, नयाँ कार्यविधि ल्याइँदै : श्रममन्त्री यादव

सर्वोच्चद्वारा निजी मिडिया माथिको सरकारी विज्ञापन प्रतिबन्ध बदर

बनगाईमा यात्रुबाहक दुई बस एकआपसमा ठोक्किँदा करिव २ दर्जन घाइते

मिटरब्याज पीडितसँग वार्ताका लागि निजगढ पुगे गृहमन्त्री

किसानको भरोसाको आधार बन्दै कृषि तथा पशु बहुउद्देश्यीय सहकारी

अर्काको जग्गाको सिफारिस गराउन दबाब दिएको आरोपमा एक जना पक्राउ

किसानलाई सहकारी शिक्षा र पशु रोग व्यवस्थापनबारे तीन दिने तालिम 

घरदैलोमै सरकारी सेवा : वाणगंगा–९ को घुम्ती शिविरबाट ९०४ नागरिक लाभान्वित

जनताको प्रश्नमा नगर नेतृत्वको स्पष्ट जवाफ : सार्वजनिक सुनुवाइमार्फत उत्तरदायी बन्दै बाणगङ्गा नगरपालिका

देशभर २४.९ प्रतिशत धान रोपाइँ, पर्याप्त वर्षा नहुँदा समस्या

प्रेस स्वतन्त्रता संकुचन गर्ने सरकारको कुनै मनसाय छैन : मन्त्री तिमिल्सिना

भर्खरै

  • चोरी बढ्दा पनि प्रहरीले देखाएन चासो, बाणगंगामा श्रृंखलाबद्ध चोरीले स्थानीय त्रसित

  • मन्त्रिपरिषद्को निर्णय : सांसदले अब स्वकीय सचिव नियुक्त गर्न पाउने

  • रोजगारीको सुनिश्चितता बिनाका तालिम बन्द गरिने, नयाँ कार्यविधि ल्याइँदै : श्रममन्त्री यादव

  • सिंहदरबार अगाडि मोटरसाइकल पार्किङ गरी प्रदर्शन गर्ने क्रममा अनेरास्ववियुका अध्यक्षसहित ६ विद्यार्थी नेता पक्राउ

  • विज्ञापन बोर्डको अध्यक्ष पदका लागि दरखास्त आह्वान

  • सर्वोच्चद्वारा निजी मिडिया माथिको सरकारी विज्ञापन प्रतिबन्ध बदर

  • बनगाईमा यात्रुबाहक दुई बस एकआपसमा ठोक्किँदा करिव २ दर्जन घाइते

  • मिटरब्याज पीडितसँग वार्ताका लागि निजगढ पुगे गृहमन्त्री

  • आत्मदाह प्रयास गरेका विवेक मण्डलको उपचारको क्रममा मृत्यु

  • किसानको भरोसाको आधार बन्दै कृषि तथा पशु बहुउद्देश्यीय सहकारी


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
प्रबन्ध सम्पादक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  
 

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech