लुदस जितपुर
ईलाका प्रहरी कार्यालय पिपराको टोलीले बाणगंगा १० कोरिया चोक शान्ति चोक स्थित एक व्यापारीको गोदाममा एक हप्ता अगाडी अनुदानको रासायनिक मल फेला पार्यो ।
अनुदानको रासायनिक मल सुलेमान हार्डवयर मा ४०० बोरा रहेको भन्दै स्थानीय युवाहरुले प्रहरीलाई पट्क पट्क फोन सम्पर्क गरेको तर प्रहरी आउन नखोजेपछी सिडिओ कार्यालय मार्फतको दवावले प्रहरी आएको एक श्रोतले बतायो ।
गत साउन ५ गते प्रहरीले सुलेमान हार्डवेयरमा छापा हान्दा ४०० मध्ये ७० बोरा रासायनिक मल फेला पारेको थियो तर सो रासायनिक मल हाल सम्म सार्वजनिक भएको छैन् । यस विषयले घट्ना रहस्यमय बनेको छ । यस सन्दर्भमा ईलाका प्रहरी कार्यालय पिपराका प्रहरी निरिक्षक अर्जुन पौडल आफु आईसकेपछी राजश्व अनुशन्धानबाट उसैले किनेको डकुमेण्ट भएको हुदाँ कृषि सामाग्री कम्पनी तौलिहवाले समेत छानविन गर्दा लिलामी सकारि आएको भएको हुदाँ सोही गोदाममा छाडिएको बताए ।
यस अगाडी प्रहरीले सोही व्यापारीको गोदामबाट ठुलो परिमाणमा रासायनिक मल फेला पारेको थियो । चोक देखि ५ सय मिटरमै रहेको प्रहरीले पट्क पट्क रासायनिक मल तस्करी हुदाँ र स्थानीयले खबर गर्दा समेत प्रहरीले वेवास्ता गर्नु र अनुशन्धानमै रहेका व्यापारीको गोदाममा पट्क पट्क सोही प्रकृतिको रासायनिक मल फेला पर्नुले रहस्यमय बनेको छ । अनुदानको रासायनिक मल २६ सय युरिया र ४२ सयमा डिएपी विक्रि गरिरहेको पाईएको छ । जुन सरकारी मलमा खुलेयाम कालो बजारी हुदाँ समेत सम्बन्धित निकाय मौन बस्नु थप रहस्यमय बनेको छ ।




















