कपिलवस्तु, बाणगंगा
कपिलवस्तुको बाणगंगा नगरपालिका क्षेत्रका आधा दर्जन होटलहरूमा अवैध गतिविधि हुने गरेको रहस्य फेला परेको छ ।
कपिलवस्तु जिल्लाको मुख्य बजार मध्ये बाणगंगा नगरभित्रका आधा दर्जनबढी होटलहरुमा यौन भन्दा मौलाएको हो । जिल्लामा विकसित हुदै गएको प्रमुख ब्यापारिक केन्द्रमा पर्ने यस्ता होटलहरु खाँसै चहलपहल देखिदैन तर वर्षौदेखि यस्तै धन्दा गरेर टिकेको नजिकका छिमेकी तथा गा्रहक बनेर पुगेकाहरु बताउछन् ।
बजारको कुनै एक होटलमा एक पत्रकार पुगेका थिए । त्यहाँ उनका चिनजानका साथीहरु यौन पिपासु बनेर युवती खोज्न पुग्छन् । त्यसतर्फ पत्रकारको ध्यान मोडिन्छ । त्यँहा जाँदा होटल साहुजी र अन्य ग्राहक गोप्यमा यौनका कुरा गरिरहेको पत्रकारले सुन्छन । कोही बार्गेनिङ्गमै ब्यस्त हुन्छन । कोही भने युगल जोडी ओहोर दोहोर गरिरहेका हुन्छन ।
यिनै हर्कतले निश्चित हुन्छ कि यहाँ यौनधन्दा खुलेयाम हुने रहेछ ।
पत्रकारका संगै पुगेकाहरु युवा मध्ये कुनै एकजना युवाले ग्राहक बनेर होटल साहुलाई सोध्छन, कसरी हो ? कस्ता छन् कति हो साहुजी ? होटल सहुजीले १७ नं कोठामा गएर हेर्नुस भन्छन् । त्यहाँ पुग्दा २ युवतीहरु हुन्छन् । उनीहरुसंग मोल मोलाई हुन्छ ।
पैसाकै निम्ति होटलमा अरुको बिस्तारा बनेकी ती महिलाले भन्छिन १५ सय रूपैया मात्र । स्थानियको गुनासो आईरहेको बेला पत्रकारले ति युवाहरुलाई घट्ना वाहिर ल्याउन सधाउन अनुरोध गरे तर युवाहरु तयार भएनन् ।
एकपटक यौन सम्पर्क गराए बापत वास्तविक आफुले १ हजार पाउने र ५ सय रुपैया होटलले लाने गरेको नाम नबताउने सर्तमा ती महिलाले भनिन । आफ्नो यौन ईच्छालाई मेटाउन पुरुषहरु आउने गरेको ती महिलाले खुलासा गरिन । उमेर अनुसारको यहाँ फरक फरक रेट कायम रहेको यौनधन्दामा संलग्न ती महिलाले बताईन । यिनै यावत कारणले पनि पछिल्लो समय बाणगंगा नगर क्षेत्रका कतिपय होटलहरुमा यौन धन्दाको अखडा बन्दै गईरहेको पुष्टि भएको छ ।
यस्तै बाणगंगाको पिपरा क्षेत्रबाट लुम्बिनी दर्पणकर्मीलाई फोन आउँछ । एक स्थानीयले फोन सम्पर्कमा भन्छन्, म पिपराबाट बोल्दै छु, यहाँ एक होटलमा दिनहुँ यौन धन्दा भइरहन्छ, हामी छिमेकमा बस्न पनि लाज लाग्न थालिसक्यो । यस विषयलाई प्रकाशन गर्न पर्यो । त्यस पछि दर्पणकर्मीले यस विषयमा थप अध्ययन गर्ने क्रम सुरु गर्यो ।
यसपछि थप रहस्य खुल्दै गयो पिपरा र चार नम्बर मात्रै होइन, बाणगंगा अन्तरगतका गजेहडा, बोडगाँउ लगाएतका केही होटल हरुमा खुलेयाम यौन धन्दा हुने गरेको पाइएको हो । यसरी खुलेयाम यौन धन्दा हुँदै जाँदा समाजको सभ्यता माथी प्रश्न उठ्ने गरेको छ । बाणगंगाका होटलहरुमा खुलेयाम यौन धन्दा बढ्दै जाँदा स्थानीयहरु चिन्तित समेत बनेका छन । ब्यापारका नाममा खुलेयाम धन्दा हुँदापनि स्थानीय सरकार, प्रहरी प्रशासन, होटल ब्यबसायी संघ लगायतका निकायहरु मुखदर्शक बनेको एक स्थानीयले बताए ।
‘यहाँ खुलेआम यौन धन्दा हुन्छ, तर कुनै निकायले अनुगमनमा ध्यान दिएन उनले भने–कतै कमिसनको खेल त होईन ?’ यसरी होटलमा अनैतिक धन्दा हुँदा परिवार सहित गएर खाना खान समेत वातावरण नरहेको अर्का स्थानिय राम प्रसाद पौडेलले गुनासो गरे । समाजको सभ्यतालाई ख्याल नै नगरी पैसाकै निम्ति ब्यापारीले यौनधन्दा चलाएर समाजको चरित्र हत्या गरिरहेको पौडेलले आरोप लगाए । दिन दहाडै होटलमा खुलेयाम यौन धन्दा हुँदापनि नियमन गर्ने निकायहरु मुख दर्शक बन्नुले निकायकै मिलोमतो होकि भन्ने सङ्का उत्पन्न हुन थालेको छ ।
स्थानीयवासी र विभिन्न स्रोतहरूका अनुसार केही होटल तथा लजहरूमा “नियमित अनुगमन कमजोर भएको फाइदा उठाउँदै” अवैध गतिविधि हुने गरेको स्रोतको दाबी छ । यसबारे प्रहरी वा सम्बन्धित निकायबाट औपचारिक पुष्टि भने भएको छैन ।
स्थानीय समुदायका अनुसार होटलहरू आवास र खाना–पानको सेवामा सीमित हुनुपर्ने भए पनि केही स्थानमा “गोप्य गतिविधि हुने गरेको शंका” बढ्दै गएको छ।
प्रहरी र प्रशासनको भूमिका प्रश्नमा
स्थानीय तहका होटल दर्ता, नवीकरण र नियमित अनुगमन गर्ने जिम्मेवारी नगरपालिका र सम्बन्धित निकायको भए पनि व्यवहारमा प्रभावकारी अनुगमन नभएको गुनासो छ । जिल्लामा भने होटलको आवरणमा मानव बेचबिखन तथा यौन शोषणसँग सम्बन्धित घटनामा प्रहरी छापा र पक्राउका केसहरू सार्वजनिक भएका छन् ।
सीमावर्ती जिल्ला भएकाले संवेदनशीलता बढी
कपिलवस्तु भारतसँग सीमा जोडिएको जिल्ला भएकाले मानव बेचबिखन, ओसारपसार र अवैध गतिविधिको जोखिम तुलनात्मक रूपमा बढी हुने सुरक्षा विज्ञहरू बताउँछन्।
तर स्थानीय प्रशासनका लागि चुनौती भने नियमित अनुगमन, स्रोत अभाव र गोप्य गतिविधि पहिचान गर्ने क्षमता रहेको देखिन्छ ।




















